काठमाण्डू, १६ असोज- राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीका दिन बुधबार पुरोहितद्वय अर्जुन अधिकारी र देवराज अर्यालबाट ११ः५३ को शुभ साइतमा टीका लगाएका छन् ।
राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति पौडेलले टीका लागाएको राष्ट्रपति कार्यालयका सूचना अधिकारी अर्चना खड्काले जानकारी दिइन् ।