समाचार

बुद्ध एयरले गर्‍यो आजका सबै उडान रद्द

२०८२ असोज १८ गते १५:२७

काठमाण्डू, १८ असोज– बुद्ध एयरले मौसममा आएको प्रतिकूल अवस्थाका कारण आजका सबै उडान रद्द गरेको छ । बुद्ध एयरले एक सूचना जारी गर्दै आजका सबै उडान बन्द गरेको जानकारी गराएको छ । उडान रिसेड्युल तथा रिफण्डका लागि आ–आफ्ना ट्राभल एजेन्सी, पोर्टल वा हाम्रो कल...

पाँचथर दुर्घटनामा ६ जनाको मृत्यु, ६ घाइते

२०८२ असोज १८ गते १४:३२

काठमाण्डू, १८ असोज– पाँचथरको कुम्मायक गाउँपालिका वडानम्बर २ र ३ को सिमानामा पर्ने कात्तिके डाँडामा भएको सवारी दुर्घटनामा ६ जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् । ताप्लेजुङबाट इटहरी जाँदै गरेको बोलेरो गाडी आज बिहान तमोर करिडोरमा दुर्घटनामा परेको जिल्ला प्रहरी...

४० जिल्लामा बाढीको उच्च जोखिम

२०८२ असोज १८ गते १४:२५

काठमाण्डू, १८ असोज– बंगालको खाडीमा विकसित प्रणालीको असरले नेपालमा पनि परिरहेको छ । कुनै कुनै ठाउँमा भारीदेखि अति भारी वर्षाको समेत सम्भावना रहेकाले असोज २० गतेसम्म उच्च सतर्कता अपनाउन मौसमविदहरुले सबैलाई आग्रह गरेका छन । जल तथा मौसम विज्ञान विभागका अनुसार अविरल वर्षाका कारण...

कार्यालय प्रमुखहरूलाई अनिवार्य रुपमा कार्यस्थल पुग्न निर्देशन

२०८२ असोज १८ गते १४:१९

काठमाण्डू, १८ असोज– सरकारले कार्यालय प्रमुखहरूलाई अनिवार्य रुपमा कार्यस्थलमा पुग्न निर्देशन गरेको छ । नेपाल सरकार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सूचना निकालेर कार्यलय प्रमुखलाई अनिवार्य रुपमा कार्यलयस्थलमा पुग्न आग्रह गरेको हो । जल तथा मौसम विज्ञान विभागका अनुसार यही असोज २० गतेसम्म...

सप्तरीका छुट्टाछुट्टै दुर्घटनामा ३ जनाको मृत्यु

२०८२ असोज १८ गते १४:११

काठमाण्डू, १८ असोज– सप्तरीमा छुट्टाछुट्टै दुर्घटनामा परी आज तीन जनाको मृत्यु भएको छ । हुलाकी सडक खण्डअन्तर्गत जिल्लाको खड्क नगरपालिका–११ बनौलीमा दुई मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा दुवै मोटरसाइकलका चालकको मृत्यु भएको हो । बोदेबर्साइनबाट राजविराजतर्फ आउँदै गरेको मधेस प्रदेश ०१–००५ प ६८३२ नम्बरको...

धरानबाट फिदिम जाँदै गरेको जिप कात्तिकेबाट भीरमा खस्यो

२०८२ असोज १८ गते १२:५६

सुनसरी,१८ असोज– धरानबाट फिदिम जाँदै गरेको बोलेरो जिप तमोर करिडोरअन्तर्गत पर्ने कात्तिके भन्ने स्थानमा दुर्घटना भएको छ । जिप सडकबाट करिब ५ सय मिटर तल खसेको प्रहरीले जनाएको छ । लगातारको वर्षाका कारण सडक चिप्लो भएका बेला दुर्घटना भएको आशंका गरिएको छ । पाँचथर...

नेता कार्यकर्तालाई प्रचण्डको निर्देशनः जनतासँगै रहेर बाढी प्रभावित क्षेत्रमा उद्धारमा जुट्नु

२०८२ असोज १८ गते १२:५२

काठमाण्डू, १८ असोज– माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल प्रचण्डले वर्षातका कारण बाढी, पहिरो, डुबान र भूक्षयको जोखिम रहेकाले उद्धर तथा रातहमा जुट्न कार्यकर्तालाई निर्देशन दिएका छन् । प्रचण्डले सामाजिक सञ्जालमार्फत पार्टीका सबै नेता तथा कार्यकर्ताहरुलाई जनतासँगै रहेर जोखिमविरुद्ध सक्रियतापूर्वक जुट्न निर्देशन दिएका हुन् ।...

मधेसमा सुरु भयो भारी वर्षा

२०८२ असोज १८ गते १२:४३

काठमाण्डू, १८ असोज–मधेस प्रदेशका विभिन्न जिल्लामा भारी वर्षा सुरु भएको छ । पछिल्ला केही घणटमा घन्टाहरूमा सर्लाही, धनुषा, बारा, रौतहट लगायत स्थानमा लगातार पानी परिरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार पछिल्लो एक घन्टामात्रै सर्लाहीको मनुस्मारामा १५।२ मिलिमिटर, धनुषाको तुलसीमा...

पानी पर्ने प्रणाली पूर्वतर्फ सर्दै गएको छः मौसम विभाग

२०८२ असोज १८ गते १२:३३

काठमाण्डू, १८ असोज–हाल सक्रिय रहेको पानी पर्ने प्रणाली क्रमशः पूर्वउत्तर दिशातर्फ सर्दै गएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । प्रणालीको यही गतिका कारण विशेष गरी कोशी, मधेस र बागमती प्रदेशहरूमा आगामी केही घन्टा अझै तीव्र वर्षा हुने सम्भावना प्रबल देखिएको विभागको भनाइ...

नगढुंगाबाट बाहिरन लागेका गाडी काठमाण्डू फर्काइयो

२०८२ असोज १८ गते ८:४९

काठमाण्डू, १८ असोज– नगढुंगा भएर काठमाण्डूबाट बाहिरिने यात्रुलाई फर्काउन थालिएको छ । प्रहरीले नागढुंगामा काठमाण्डू फर्कन माइकिङ गरिरहेको छ । गएरातिदेखिकै वर्षाका कारण नागढुंगा–मुग्लिन सडक खण्डका धेरै ठाउँमा पहिरो खसेर पृथ्वी राजमार्ग अवरुद्ध भएको छ । प्रहरीले यात्रा गर्ने अवस्था नरहेकाले फर्किएर सुरक्षित हुन...

काठमाण्डूबाट पूर्व र पूर्वबाट काठमाण्डू आउँदै गरेका सवारी काभ्रेमा रोकिए

२०८२ असोज १८ गते ८:३९

काठमाण्डू, १८ असोज– अविरल वर्षातका कारण काठमाण्डूबाट पूर्वका लागि छुटेका र पूर्वबाट काठमाण्डू आउँदै गरेका सवारी साधन बीच बाटोमै रोकिएका छन् । काठमाण्डूबाट गएका गाडी काभ्रेभन्ज्याङ र उताबाट काठमाण्डू आइहरेका गाडी मंगलटारमा रोकिएको ऊर्जा, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङको सचिवालयले...

काठमाण्डूसहित कहाँकहाँ भइरहेको छ वर्षा ?

२०८२ असोज १८ गते ८:२८

काठमाण्डू, १८ असोज– जल तथा मौसम विज्ञान विभागले काठमाण्डू उपत्यकासहित बागमती, मधेस, लुम्बिनी र गण्डकी प्रदेशका शनिबार बिहानैदेखि भारी वर्षा भइरहेको जनाएको छ । काठमाण्डू उपत्यकामा भने शुक्रबार रातिदेखि नै पानी परिरहेको छ । बारा, पर्सा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा लगायत जिल्लामा मध्यम वर्षा...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us