समाचार

रौतहटको महेशपुरमा सर्वाधिक ३ सय ५२ मिलिमिटर वर्षा

२०८२ असोज १९ गते ८:५७

काठमाण्डू, १९ असोज- जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै वर्षा रौतहटमा भएको जनाएको छ । महाशाखाका अनुसार २४ घण्टामा रौतहटको महेशपुरमा ३ सय ५२ मिलिमिटर वर्षा मापन भएको हो । यस्तै सदरमुकाम गौरमा ३ सय ३४ मिलिमिटर...

इलाममा पहिरोमा पुरिएर दुई बालबालिकाको मृत्यु

२०८२ असोज १९ गते ८:३२

काठमाण्डू, १८ असोज– इलाममा पहिरोमा पुरिएर एकै परिवारका दुई जनाको मृत्यु भएको छ । इलाम नगरपालिका ६ घोसस्थित डम्बरबहादुर पाख्रिनको घर पहिरोले पुरिँदा दुई बालबालिकाको मृत्यु भएको हो । सोही घरमा पुरिएर अरु तीन जना बेपत्ता भएका छन् । इलाम नगरपालिका, मानेभन्ज्याङ, देउमाई नगरपालिकामा...

काठमाण्डू उपत्यकामा ठूलो पानी पर्दैनः मौसम विभाग

२०८२ असोज १९ गते ८:१५

काठमाण्डू, १८ असोज– जल तथा मौसम विज्ञान विभागले काठमाण्डू उपत्यकामा ठूलो पानी पर्ने सम्भावना नरहेको जनाएको छ । पानी पार्ने प्रणाली पूर्वक्षेत्रतर्फ सरेकाले काठमाण्डूमा भारी वर्षाको सम्भावना नरहेको विभागको भनाइ छ । शुक्रबार रातिदेखि वर्षा सुरु भएकामा शनिबार दिउँसो र राति उपत्यकासहित आसपास क्षेत्रमा...

उदयपुरमा बाढीले माइक्रो बस बगायो, एक महिला बेपत्ता

२०८२ असोज १९ गते ८:०५

उदयपुर, १८ असोज– उदयपुरमा बाढीले माइक्रो बस बगाउँदा एक महिला बेपत्ता भएकी छन् । बेलका नगरपालिका–४ लालबजारमा माइक्रोबस बगाउँदा महिला बेपत्ता भएको प्रहरीले जनाएको छ । करिब ४५ वर्षीया ती महिलाको पहिचान खुल्न बाँकी छ । माइक्रो मोरङको रंगेलीबाट गएराति काठमाण्डूका लागि छुटेको थियो...

भक्तपुरबाट लाङटाङ घुम्न गएका चार जनालाई रसुवामा खोलाले बगायो

२०८२ असोज १८ गते २१:२६

रसुवा, १८ असोज– अबिरल वर्षासँगै स्थानीय खोलामा आएको बाढीले रसुवामा चार जनालाई बगाएको छ । गोसाईंकुण्ड गाउँपालिका–४ स्थित बेरिङ खोलाले बगाएर चार जना बेपत्ता भएका रसुवा प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बगेर बेवपत्ता हुनेहरु भक्तपुरबाट लाङटाङ घुम्न गएका थिए । १६ जनाको टोली...

चट्याङ लागेर दुई किशोरको मृत्यु

२०८२ असोज १८ गते २१:२०

रौतहट, १८ असोज– रौतहटको कटहरिया नगरपालिका २ मा चट्याङ लागेर दुई किशोरको ज्यान गएको छ । स्थानीय हथियायी टोलमा बस्ने १६ वर्षीय सेहराज लहरी र १६ वर्षकै नविन यादवको शनिबार साँझ चट्याङ लागेर मृत्यु भएको रौतहट प्रहरीले जनाएको छ । शव पोष्टमार्टमका लागि अस्पताल...

डुबानमा पर्ने भएपछि सशस्त्र प्रहरीले बल्खुबाट एक सय सुकुम्बासी परिवारलाई स्थानान्तरण गरायो

२०८२ असोज १८ गते २१:११

काठमाण्डू, १८ असोज- काठमाण्डू महानगरपालिका–१४ बल्खुस्थित बागमती खोलामा पानीको बहाब बढेपछि नदी किनारमा बसोबास गरिरहेका एक सय सुकुम्वासी परिवारलाई स्थानान्तरण गरिएको छ । बल्खु कुलेश्वर नदी छेउछाउमा रहेको बस्तीमा पानी पसेपछि सशस्त्र प्रहरी बलले ती परिवारलाई जनविकास माध्यमिक विद्यालय बल्खुमा स्थानान्तरण गरेको हो ।...

मौसमसम्बन्धी गलत भविष्यबाणी गर्ने ज्योतिष अधिकारीले माफी मागे

२०८२ असोज १८ गते २१:०६

काठमाण्डू, १८ असोज– मौसम सम्बन्धमा आफूले गरेको गरेको भविष्यबाणी गलत भएपछि ज्योतिष हरिहर अधिकारीले माफी मागेका छन् । उनले शनिबार सामाजिक सञ्जालमार्फत आफ्नो भविष्यबाणी नमिलेपछि आफी मागेका हुन् । जल तथा मौसम विज्ञान विभागले १७ देखि २० असोजसम्म विभिन्न प्रदेशमा भारीदेखि अतिभारी वर्षात हुने...

सिन्धुलीका तीन ठाउँमा पहिरो खस्दा मध्यपहाडी लोकमार्ग अवरुद्ध

२०८२ असोज १८ गते २०:४०

सिन्धुली, १८ असोज– निरन्तर वर्षासँगै सिन्धुलीका फरकफरक तीन स्थानमा पहिरो खस्दा मध्यपहाडी लोकमार्ग पूर्ण रुपमा अवरुद्ध भएको छ । फिक्कल गाउँपालिका–६ नागस्थान, गोलन्जोर गाउँपालिका–६ अक्करे भिर र दुम्जामा पहिरो खस्दा सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुलीले पहिरो पन्छाउने कार्य...

देशबासीलाई प्रधानमन्त्री कार्कीको आश्वासनः तपाईं एक्लो हुनुहुन्न, सरकार साथमा छ

२०८२ असोज १८ गते २०:३४

काठमाण्डू, १८ असोज– प्रधानमन्त्री सुशीला कार्कीले भारी वर्षासँगै बाढी, पहिरो र डुबानको जोखिम बढेका बेला देशबासीलाई सम्बोधन गरेकी छन् । शनिबार साँझ एक भिडियो सन्देश जारी गर्दै प्रधानमन्त्री कार्कीले विपदको समयमा जनताको साथमा सरकार रहेको बताइन् । नागरिकलाई सुरक्षित र सावधानी अपनाएर बस्न उनले...

कुलेश्वरको सुकुम्बासी बस्तीका एक सय घरधुरीलाई जनविकास माविमा सारियो

२०८२ असोज १८ गते १८:०६

काठमाण्डू, १८ असोज– बागमती नदीको बहाव बढेर बस्तीमा पानी पसेपछि कुलेश्वर नजिकको सुकुम्बासी बस्तीका एक सय घरधुरीलाई जनविकास मावि बल्खुमा सारीएको छ । आज (शनिबार) काठमाण्डू महानगरपालिका–१४ स्थित बल्खु बागमती खोलामा पानीको बहाब बढेर बस्तीमा पानी पसेको थियो । प्रहरीले उनीहरुलाई उद्दार गरेको छ...

उद्धारका लागि ललितपुरमा २५ जनाको विशेष टिम तयारी अवस्थामा

२०८२ असोज १८ गते १७:५५

काठमाण्डू, १८ असोज– ललितपुरस्थित नदीरखोला किनाराका बासिन्दालाई सुरक्षित ठाउँमा सारिएको छ । शुक्रवार रातिदेखि परेको अविरल वर्षाको कारण पानीको बहाव बढेसँगै किनाराका बासिन्दालाई सुरक्षित ठाउँमा सारिएको जिल्ला प्रहरी परिसर ललितपुरका एसएसपी होविन्द्र बोगटीले जानकारी दिएका छन । मनोहरा, कर्मनाशा तथा नख्खु खोला र बागमती...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us