समाचार

अरनिको राजमार्गमा चल्न थाल्यो यातायात

२०८२ असोज १९ गते १४:००

काठमाण्डू, १९ असोज– अरनिको राजमार्ग तथा दोलखाको चरिकोटबाट काठमाण्डू जोड्ने सडकमा यातायात चल्न सुरु गरेको छ । काभ्रे तथा सिन्धुपाल्चोकमा गएका ससना पहिरो पन्छाएर यातायात सुचारु गरिएको सडक डिभिजन कार्यालय भक्तपुरकी सूचना अधिकारी बिन्दू अधिकारीले जानकारी दिएकी छन । अहिले सिन्धुपाल्चोक दोलखा, काभे्रलगायत जिल्लाबाट...

जोखिम टरिसकेको छैन, सतर्क रहौँः प्रचण्ड

२०८२ असोज १९ गते १३:२४

काठमाण्डू, १९ असोज– पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अविरल वर्षाका कारण बाढी, डुबान र पहिरोबाट ठुलो जनधनको क्षतिप्रति दुःख व्यक्त गरेका छन् । माओवादी अध्यक्ष प्रचण्डले आज (आइतबार) सामाजिक सञ्जाल फेसबुकमार्फत प्रचण्डले इलाममा पहिरोमा परि ज्यान गुमाएका र सयौँ...

दुई दिनमा ४० जनाको मृत्यु, ११ जना बेपत्ता

२०८२ असोज १९ गते १३:१६

काठमाण्डू, १९ असोज– असोज १८ र १९ गते देशका विभिन्न स्थानमा भएका दुर्घटनामा ४० जनाको मृत्यु भएको छ । दुई दिनको अविरल वर्षाका कारण बाढी पहिरो, चट्याङ, गाडी दुर्घटना तथा खोलाले बगाउँदा ४० जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार सबैभन्दा बढी...

बाढी–पहिरोमा परेर इलाममा मृत्यु हुनेको संख्या २८ पुग्यो

२०८२ असोज १९ गते १३:१२

काठमाण्डू, १९ असोज– गत शुक्रबारदेखि भएको अविरल वर्षापछिको बाढी तथा पहिरोमा परेर इलाममा २८ जनाको मृत्यु भएको छ । सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाले इलामका विभिन्न स्थानमा गरेर २८ जनाको मृत्यु भएको जानकारी दिएका छन । यस्तै अन्य दुई जना घाइते भएको पनि उनले...

दोलखामा जीपबाट खसेर घाइते भएका सरोजको उपचारका क्रममा मृत्यु

२०८२ असोज १९ गते १२:५५

काठमाण्डू, १९ असोज– दोलाखामा जीपको ढालाबाट खसेर घाईते भएका एक जनाको उपचारको क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा बैतेश्वर–३ बस्ने ३० वर्षीसरोज दाहाल रहेको जिल्ला प्रहरी कार्यलय दोलखाले जानकारी दिएको छ । दोलखाको कालिन्चोक ९ सुन्द्रावतीस्थित चरिकोट सिंगटी सडक खण्डमा चरिकोटबाट लापिलाङ जादै...

इलाममा पहिरोबाट घाइते भएकालाई हेलिकप्टरबाट उद्धार

२०८२ असोज १९ गते १२:५०

काठमाण्डू, १९ असोज– इलाममा पहिरोबाट घाइते भएकाहरूलाई हेलिकप्टरमार्फत उद्धार गरीएको छ । गत शुक्रबारदेखि भएको अविरल बर्षासँगै आएको बाढीपहिरोमा परी घाइते भएकाहरूलाई नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको हो । इलाम नगरपालिका, सूर्योदय नगरपालिका, देउमाई नगरपालिका, माङसेबुङ गाउँपालिका र फाकफोकथुम गाउँपालिकामा मानवीय क्षति बढी भएको...

दाउरा टिप्न खोज्दा बागमती नदीमा डुबेर ७५ वर्षीय वृद्धाको मृत्यु

२०८२ असोज १९ गते १२:४३

काठमाण्डू, १९ असोज– रौतहटमा बाढीले बगाएर ल्याएका दाउरा टिप्न खोज्दा बागमती नदीमा डुबेर एक वृद्धा महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा रौतहटको माधवनारायण नगरपालिका–८ निवासी ७५ वर्षीया पन्मा देवी राय रहेकी जिल्ला प्रहरी कार्यलय रौतहटले जानकारी दिएको छ । इलाका प्रहरी कार्यालय पिपरारजवडाका...

स्कुटरले ठक्कर दिँदा ट्राफिक प्रहरी घाइते

२०८२ असोज १९ गते १२:०१

काठमाण्डू, १९ असोज– काठमाण्डूको तिनकुनेमा स्कुटरले ठक्कर दिँदा एक जना ट्राफिक प्रहरी घाइते भएका छन् । तिनकुने सडक–खण्डको गैरीगाउँबाट कोटेश्वर तर्फ जाँदै गरेको बा.प्र. ०२–०५० प ४६०५ नम्बरको स्कुटरले ड्यूटीमा खटिएका प्रहरी जवान नवीन तामाङलाई ठक्कर दिएको थियो । घाइते २३ वर्षका तामाङको सिभिल...

सुकुना र काली खोलाको बाढीले पूर्वपश्चिम राजमार्ग अवरुद्ध

२०८२ असोज १९ गते ११:४०

काठमाण्डू, १९ असोज– गत शुक्रबारदेखि निरन्तर भएको वर्षासँगै आएको बाढीले पूर्वपश्चिम राजमार्गको झापा खण्ड अवरुद्ध भएको छ । शिवसत्ताक्षी नगरपालिका र झापा गाउँपालिकामा बाढीले चार सय बढी विस्थापित भएका छन् । काली खोलामा आएको बाढीले मेचीनगर नगरपालिका–६ र सुकुना खोलामा आएको बाढीले सिवसत्ताक्षी नगरपालिका–१०...

७ वटा नदीहरुको बाढी खतराको तहमा

२०८२ असोज १९ गते ११:१४

काठमाण्डू, १९ असोज– बाढी पूर्वानुमान महाशाखाले काठमाण्डू उपत्यका र पूर्वका विभिन्न ७ वटा खोला तथा नदीहरुमा पानीको सतह खतराको तहभन्दा माथि पुगेको जानकारी गराएको छ । बाढी पूर्वानुमान महाशाखाको विवरण अनुसार, खोकनास्थित बाग्मती नदीमा पानीको सतह खतराको तहभन्दा माथि पुगेको छ । काठमाण्डू उपत्यकामा...

काठमाण्डूबाट पश्चिमतर्फको यातायात खोल्ने तयारी

२०८२ असोज १९ गते ११:०६

काठमाण्डू, १९ असोज– शनिबार बिहान देखी अविरलरुपमा परिरहेको पानी पर्न रोकिएसँगै सरकारले काठमाण्डू उपत्यका भित्रिने र बाहिरिने सडक मार्ग खोल्ने तयारी गरेको छ । बीपी राजमार्गबाहेक अन्य राजमार्गहरुमा गाडी चलाउन दिने तयारी गरिएको हो । जल तथा मौसम विज्ञान विभागले पनि पश्चिमतर्फ यातायात सञ्चालन...

इलाममा पहिरोमा परी कम्तिमा १८ जनाको मृत्यु

२०८२ असोज १९ गते ९:४४

इलाम, १९ असोज– भारी वर्षासँगै गएको पहिरोमा पुरिएर इलाममा १८ जनाको ज्यान गएको छ । इलाम प्रहरीका अनुसार जिल्लाका फरकफरक स्थनामा पहिरोमा परी १८ जनाले ज्यान गुमाएका हुन् । कोशी प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी दीपक पोखरेलले ६ स्थानमा गएको पहिरोमा १८ जनाको मृत्यु...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us