समाचार

उद्धार तथा राहतमा जुट्न महामन्त्री थापाको आग्रह

२०८२ असोज १८ गते १७:४५

काठमाण्डू, १८ असोज– कांग्रेस महामन्त्री गगन थापाले विपद्को अवस्थामा सबै नागरिक, कांग्रेसका कार्यकर्ता तथा जनप्रतिनिधिहरूलाई जिम्मेवार भूमिकामा सक्रिय रहन आग्रह गरेका छन । कांग्रेस महामन्त्री थापाले शनिबार फेसबुकमार्फत भनेका छन्, ‘भारी वर्षाले सिर्जित विपद्को यो अवस्थामा म आम नेपाली नागरिक, नेपाली कांग्रेसका साथीहरू र...

बागमती किनारका बस्ती डुबानमा, सेना परिचालन

२०८२ असोज १८ गते १७:४०

काठमाण्डू, १८ असोज– आज (शनिबार) बिहानबाट भएको अविरल वर्षासँगै काठमाण्डूको विभिन्न स्थानका बस्तीहरू डुबानमा परेका छन्। विशेषगरी बागमती खोला किनारमा रहेका सुकुम्वासी बस्तीहरूमा पानी पसेपछि स्थानीयवासी विस्थापित हुन थालेका छन् । डुबानका कारण जोखिम बढेपछि नेपाल प्रहरी र सशस्त्र प्रहरीसँगै नेपाली सेनासमेत परिचालन गरी...

वायुसेवा सञ्चालकलाई गृहमन्त्रालयको पत्रः हेलिकप्टर तयारी अवस्थामा राख्नू

२०८२ असोज १८ गते १७:३४

काठमाण्डू, १८ असोज– गृह मन्त्रालयले वायु सेवा सञ्चालक संघलाई निजी हेलिकप्टरहरूलाई तत्काल प्रयोगका लागि तयारी अवस्थामा राख्न अनुरोध गर्दै पत्र लेखेको छ । आज (शनिबार) मन्त्रालयले वायु सेवा सञ्चालकहरूलाई पत्राचार गर्दै मन्त्रालयको लिखित तथा मौखिक अनुरोधमा परिचालन हुने गरी निजी हेलिकप्टरलाई तत्काल प्रयोगको लागि...

नदी छेउका बासिन्दालाई स्कुल कलेजमा राख्न शिक्षामन्त्री पुनको अनुरोध

२०८२ असोज १८ गते १७:२८

काठमाण्डू, १८ असोज– नव नियुक्त शिक्षा विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले नदी छेउछाउमा बसोवास गर्ने बासिन्दालाई स्कुल कलेजमा राख्न आग्रह गरेका छन । अविरल वर्षाका कारण नदी क्षेत्रका बासिन्दा जोखिममा परेकाले स्कुल कलेजलाई मन्त्री पुनले आग्रह गरेका हुन । मन्त्री पुनले भनेका छन, ‘बागमती...

बागमती किनारका स्थानीयले छाड्न थाले बस्ती

२०८२ असोज १८ गते १७:२१

काठमाण्डू, १८ असोज– आज (शनिबार) बिहानबाट भएको अविरल वर्षाले बागमती नदीमा आएको बाढी बस्तीमा पस्न थालेपछि बागमती किनारका स्थानीयहरू बस्ती छाड्न सुरु गरेका छन । काठमाण्डूको थापाथली, टेकु दोभान र बल्खुका स्थानीयहरु आफ्ना सामान बोकेर घर छोड्न सुरु गरेका हुन । गतवर्ष आएको बाढीका...

काठमाण्डूका जोखिमयुक्त बस्तीका बासिन्दालाई विद्यालयमा स्थानान्तरण गरिंदै

२०८२ असोज १८ गते १७:१५

काठमाण्डू, १८ असोज– काठमाण्डू महानगरपालिकाको शिक्षा विभागले सबै सामुदायिक तथा संस्थागत विद्यालयहरूलाई विपद् व्यवस्थापनका लागि तयारी अवस्थामा रहन निर्देशन दिएको छ । आज (शनिबार) बिहानबाट निरन्तर भईरहेको वर्षाका कारण काठमाण्डू महानगरपालिकाभित्रका खोलाहरूमा पानीको बहाव बढ्दै गएको र डुबानको सम्भावना बढेपछि यस्तो निर्देशन जारी गरेको...

सिरहामा प्रहरीकै अगाडि ५ दलित समुदायको घर भत्काएर लुटपाट र तोडफोड

२०८२ असोज १८ गते १६:२८

काठमाण्डू, १८ असोज– सिरहाको कल्याणपुर नगरपालिका– ८ अरङ गाउँका पाँच दलित परिवारको घर प्रहरीकै अगाडि भत्काएर लुटपाट र चोरी भएको छ । अरङको ठुलो पोखरीको उत्तरपट्टी डिलमा बसोबास गरिरहेका पाँच घर दलितहरूको घर शुक्रबार ५ बजेतिर प्रहरीकै अगाडि तोडफोड र लुटपाट भएको हो ।...

मनमती खोलाले कटान गर्दा घरहरू जोखिममा

२०८२ असोज १८ गते १६:१८

काठमाण्डू, १८ असोज– काठमाण्डूको सोल्टिमोड कोहिनुर हाउजिङ्ग नजिक रहेको मनमती खोलामा कटान गर्दा घरहरू जोखिममा परेका छन । मनमती खोलालाई करखुशी खोलाको नामले पनि चिनिन्छ । आज (शनिबार) विहानदेखि अविरल वर्षाले खोलाको बहाव बढ्दा कटान गरेको हो । खोलाले सडक कटान गर्दा यहाँका घरहरू...

  बागमती नदीले सतर्कता तह पार गर्‍यो

२०८२ असोज १८ गते १६:०१

काठमाण्डू, १८ असोज– ललितपुर जिल्लास्थित बागमती नदीले खोकना जलमापन केन्द्रमा जलसतह सतर्कता तह पार गरेको छ । सतर्कता तह पार गरेकोले नदी तटीय क्षेत्र र डुबान भइरहने होचा भू–भागमा रहनेलाई उच्च सतर्कता अपनाउन जल तथा मौसम विज्ञान बाढी पूर्वानुमान महाशाखाले आग्रह समेत गरेको छ...

राजमार्गमा अलपत्र यात्रुलाई खाद्यान्न उपलब्ध गराउन स्थानीय प्रशासनलाई निर्देशन

२०८२ असोज १८ गते १५:५३

काठमाण्डू, १८ असोज– सरकारले विभिन्न राजमार्गमा परेको अविरल वर्षा र पहिरोका कारण अलपत्र परेका यात्रुहरूलाई खाद्यान्न उपलब्ध गराउन स्थानीय सरकारलाई निर्देशन दिएको छ । जिल्ला प्रशासन कार्यालयमार्फत स्थानीय प्रशासनलाई खाद्यान्नको व्यवस्था मिलाउन निर्देशन दिइएको विपद् जोखिम न्युनीकरण तथा व्यवस्थापन प्राधिकरणका निर्देशक दिनेश प्रसाद भट्टले...

काठमाण्डूतिर सर्दैछ थप वर्षा गराउने प्रणाली

२०८२ असोज १८ गते १५:४९

काठमाण्डू, १८ असोज– आज (शनिबार) बिहानबाट नेपाल भित्रिने भनिएको भारी वर्षा गराउने प्रणाली पर्साको वीरगञ्ज आसपासको क्षेत्रबाट काठमाण्डू उपत्यकाभित्र प्रवेश गर्न सुरु गरेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाको आकडा अनुसार, पछिल्लो एक घण्टामा वीरगञ्ज आसपासका क्षेत्रमा सबैभन्दा धेरै वर्षा भएको छ ।...

आइतबार र सोमबार सार्वजनिक बिदा दिने सरकारको निर्णय

२०८२ असोज १८ गते १५:३९

काठमाण्डू, १८ असोज– देशभर आएको अविरल वर्षासँगैको प्रतिकूल अवस्थालाई मध्यनजर गर्दै सरकारले भोलि (आइतबार) र पर्सि (सोमबार) सार्वजनिक बिदा दिने निर्णय गरेको छ । देशभर आएको अविरल वर्षासँगैको प्रतिकूल अवस्थालाई मध्यनजर गर्दै थप दुई बिदा दिने निर्णय भएको गृह मन्त्रालय उच्च स्रोतले जानकारी दिएको...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us