समाचार

हवाई यात्रुको चाप बढेपछि भरतपुर विमानस्थलबाटै बस सेवा

२०८२ असोज १९ गते १६:१२

काठमाण्डू, १९ असोज– हवाई यात्रुको चाप बढेपछि स्थानीय प्रशासनको पहलमा भरतपुर विमानस्थलबाटै काठमाण्डूका लागि बसको व्यवस्था गरिएको छ । विमानस्थलमा टिकट नपाएर अलपत्र परेका यात्रुलाई बसमार्फत् काठमाण्डू पठाइने व्यवस्था मिलाइएको हो । शनिबार हवाई सेवा अवरुद्ध बनेपछि शनिबारका लागि टिकट लिएका यात्रु र आजका...

३–४ दिनभित्रै बीपी राजमार्ग सुचारु गर्ने तयारीमा छौंः मन्त्री घिसिङ

२०८२ असोज १९ गते १५:४४

काठमाण्डू, १९ असोज– ऊर्जा, जलस्रोत तथा सिंचाइ, भौतिक पूर्वाधार तथा यातायात, शहरी विकासमन्त्री कुलमान घिसिङले बीपी राजमार्ग (भकुण्डेवेसी–नेपालथोक खण्ड) छिटो भन्दा छिटो सुचारु हुने बताएका छन । अविरल वर्षाका कारण अवरुद्ध बीपी राजमार्ग यथाशक्य छिटो सञ्चालन गर्ने सरकारको तयारी रहेको उनले बताए । आज...

रौतहटको महेशपुरमा २४ घण्टामा सबैभन्दा बढी ३५८ मिलिमिटर वर्षा, ५ स्थानमा ३०० मिलिमिटर नाघ्यो

२०८२ असोज १९ गते १५:३३

काठमाण्डू, १९ असोज– पछिल्लो २४ घण्टाको अवधिमा रौतहटको महेशपुरमा सबैभन्दा बढी वर्षा भएको छ । शनिबार बिहानदेखि आइतबार बिहानसम्म २४ घण्टाको अवधिमा रौतहटको महेशपुरमा सबैभन्दा बढी ३५८ मिलिमिटर वर्षा भएको हो । जल तथा मौसम विज्ञान विभागका अनुसार अत्यधिक वर्षा भएका मधेश, कोशी र...

केन्द्रीय कमिटी बैठक राख्न ठाउँ खोज्दै एमाले

२०८२ असोज १९ गते १५:२३

काठमाण्डू, १९ असोज– एमालेले आगामी २७ देखि २९ असोज सम्म तीनदिन बस्नेगरी केन्द्रीय कमिटिको बैठक बोलाएको छ । तीन दिन बस्नेगरी बोलाइएको केन्द्रीय कमिटी बैठक बस्ने स्थानको भने टुंगो नलागेको एमाले स्रोतले जानकारी दिएको छ । गत २३ र २४ भदौमा भएको जेन–जी समुहको...

सरकारको सतर्कताले मानवीय क्षति कम भयोः मन्त्री घिसिङ

२०८२ असोज १९ गते १५:१४

काठमाण्डू, १९ असोज– ऊर्जा, भौतिक पुर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले सबैको सतर्कताले मानवीय क्षति कम भएको तर्क गरेका छन । आज (आइतबार) पत्रकार सम्मेलनको आयोजना गर्दै मन्त्री घिसिङले यस्तो बताएका हुन । मन्त्री घिसिङले वर्षातका कारण आएको बाढीका कारण मानवीय क्षति नभएको बताएका हुन्...

भुटानी शरणार्थी प्रकरणका फरार अभियुक्त शर्मा पक्राउ

२०८२ असोज १९ गते १५:१०

काठमाण्डू, १९ असोज– नक्कली भुटानी शरणार्थी प्रकरणका फरार प्रतिवादी सन्देश शर्मालाई प्रहरीले पक्राउ गरेको छ । शर्मालाई काठमाण्डू उपत्यका अपराध अनसन्धान कार्यालयको टोलीले आइतबार पक्राउ गरेको हो । शर्मालाई ललितपुरको बख्खुडोलबाट पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ । दाङको तुलसीपुर–१६ स्थायी घर रहेका उनलाई...

माओवादीले बोलायो सचिवालय बैठक

२०८२ असोज १९ गते १४:४९

काठमाण्डू, १९ असोज– नेकपा माओवादी केन्द्रले केन्द्रीय सचिवालयको बैठक बोलाएको छ । महाधिवेशन आयोजक समितिका संयोजक पुष्पकमल दाहाल प्रचण्डको सचिवालयका अनुसार विपद्पछिको अवस्थाबारे छलफल गर्ने पहिलो कार्यसूची रहेको छ । प्रचण्डका प्रमुख स्वकीय सचिव गोविन्द्र आचार्यका अनुसार पार्टीको सचिवालय बैठक सोमबार दिउँसो एक बजे...

सगरमाथा पदमार्गमा पहिरो, सुरक्षित रहन पदयात्रीलाई आग्रह

२०८२ असोज १९ गते १४:४१

काठमाण्डू, १९ असोज– सगरमाथा क्षेत्रमा नाम्चे र जोरसल्ले बीचको पदमार्ग पहिरोका कारण क्षतिग्रस्त भएको छ । नेपाल ट्रेकिङ एजेन्सिज् एसोसिएसन (टान) ले उक्त खण्डमा यात्रा गर्ने पदयात्रीहरूलाई सावधानी अपनाउन र वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ । टानले पदयात्रीहरूलाई मुख्य पदमार्ग अवरुद्ध भएकाले...

प्रकोपको जोखिम टरेको छैन, अझै सावधानी अनिवार्यः पूर्वप्रधानमन्त्री खनाल

२०८२ असोज १९ गते १४:३६

काठमाण्डू, १९ असोज– पूर्वप्रधानमन्त्री नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालल प्रकोपको जोखिम अझै बाँकी रहेको बताएका छन । आज (आइतबार) सामाजिक सञ्जालमा एक स्टयाटस लेख्दै सम्मानित नेता खनालले यस्तो बताएका हुन  । ‘अझै पनि प्राकृतिक प्रकोपको जोखिम टरेको छैन, त्यसैले उच्च सतर्कता र...

टिकटक बनाउन पुलबाट खोलामा हाम फालेका युवक बेपत्ता

२०८२ असोज १९ गते १४:२४

काठमाण्डू, १९ असोज– बारा प्रसौनि गाउँपालिका–२ दुधौरा पुलपुलबाट दुधौरा खोलामा टिकटक बनाउने क्रममा एक युवक बेपत्ता भएका छन । स्थानीय शम्भु गोसाइका छोरा २१ वर्षीय बिकी गोसाई बेपत्ता भएको जिल्ला प्रहरी कार्यलय बाराले जानकारी दिएको छ । आज बिहान साढे ८ बजेतिर पुलबाट बिकी...

सभामुखले गरे सरकारको प्रशंसा, विपद्‌मा खेलेको भूमिकामा दिए धन्यवाद

२०८२ असोज १९ गते १४:१३

काठमाण्डू, १९ असोज– प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले विपद्मा खेलेको भूमिकालाई लिएर सरकारलाई धन्यवाद व्यक्त गरेका छन । आज (आइतबार) सन्देश जारी गर्दै उनले असोज १६ गतेदेखि देशका विभिन्न स्थानहरूमा आएको बाढीरपहिरोले जनधनको ठूलो क्षति पुर्‍याएकोमा आफू अत्यन्त दुःखी र मर्माहत भएको बताएका हुन...

दुई दिनमा देशभर ४९ को मृत्यु, इलाममा मात्रै ३७ जना

२०८२ असोज १९ गते १४:०५

काठमाण्डू, १९ असोज– गत शुक्रबारबाट निरन्तर आएको वर्षाका कारण आएको पहिरो र बाढीमा परेर देशभर हालसम्म ज्यान गुमाउनको संख्या ४९ पुगेको छ । नेपाल प्रहरीले दिएको पछिल्लो विवरण अनुसार, देशभर ज्यान गुमाउनेको संख्या ४९ पुगेको हो । यो विवरण दिउँसो साढे १ बजेसम्म संकलन...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us