रौतहट, २० असोज- भारी वर्षाका कारण रौतहटको राजपुर नगरपालिका–२ स्थित महेशपुर डुबानमा परेको छ । महेशपुरका करिब ५० घरमा पानी पसेको वडाध्यक्ष सोनालाल पण्डित कुम्हरले जानकारी दिए । भारी वर्षाका कारण वडाका तीन सयभन्दा बढी घरमा क्षति पुगेको उनले बताए । पानीले धानबालीमा पनि...
काठमाण्डू, १९ असोज–जल तथा मौसम विज्ञान विभागले वर्षा गराउने न्यूनचापीय मौसम प्रणाली मुलुकबाट बाहिरिएको जनाएको छ । विभागले आज अपराह्न विज्ञप्ति जारी गरेर यो जानकारी दिएको हो । वर्षा गराउने न्यूनचापीय मौसम प्रणाली नेपालबाट बाहिरिएर मनसुन कमजोर भई मौसममा सुधार आइसकेको भए तापनि मनसुन...
काठमाण्डू, १९ असोज– जल तथा मौसम विज्ञान विभागले मुलुकका अधिकांश स्थानमा परेको भारी वर्षादेखि अतिभारी वर्षाका कारण हालसम्म देशभरका पाँच जलमापन केन्द्रमा जलसतहले खतराको तह पार गरेको छ । पूर्वका अन्य चार जलमापन केन्द्रमा भने जलसतहले सतर्कता तह पार गरेको विभागले जनाएको छ ।...
काठमाण्डू, १९ असोज– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले प्राकृतिक विपद्मा पानीजन्य रोग देखिने भएकाले सचेत रहन आग्रह गरेको छ । मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले प्राकृतिक विपद्मा तत्काल चोटपटक लाग्ने र अन्य भौतिक क्षति देखापरे पनि त्यसपछि पानीजन्य रोग देखिने भएकाले त्यसबाट बच्न आग्रह गरेका...
इलाम, १९ असोज– इलाममा अविरल वर्षासँगै गएरातिको पहिरोमा परी ज्यान गुमाउनेको सङ्ख्या ३७ पुगेको छ । पछिल्लो विवरणअनुसार यसअघि बेपत्ता भएका तीन जनाको शव प्राप्त भएसँगै ज्यान गुमाउनेको सङ्ख्या ३७ पुगेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक एकनारायण कोइरालाले जानकारी दिए । पहिरोमा परी ज्यान...
काठमाण्डू, १९ असोज– ऊर्जा, जलश्रोत तथा सिंचाई, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङले केही ज्योतिषीले वर्षातबारे दिएको गलत सूचनाको भर पर्दा लाङटाङमा ट्रेकिङ गएका चार जना खोलाले बगाएर बेपत्ता भएको बताएका छन् । आइतबार सिंहदरबारस्थित मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले ज्योतिषका...
काठमाण्डू, १९ असोज– ऊर्जा, जलश्रोत तथा सिंचाई, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङले सरकारको सतर्कताका कारण बाढीपहिरोबाट मानवीय क्षति कम भएको बताएका छन् । आइतबार सिंहदरबारस्थित मन्त्रालयमा पत्रकार सम्मेलन गरी उनले सरकारले आफ्नो दायित्व प्रभावकारी रुपमा निर्वाह गरेकाले ठूलो मानवीय क्षति...
काठमाण्डू, १९ असोज– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालमा बाढीपहिरोबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै सक्दो सहयोग गर्न तयार रहेको जनाएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सामाजिक सञ्जाल एक्समार्फत आइतबार नेपाललाई आवश्यक सहयोग गर्न प्रतिबद्ध रहेको बताएका हुन् । दुःखको यो घडीमा भारत...
काठमाण्डू, १९ असोज– रौतहटको चन्द्रपुर नगरपालिका–९ चेतनगर बजारमा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ । शनिबार राति पानी तान्ने मोटर चलाउने क्रममा करेन्ट लाग्दा स्थानीय दिनेश साहकी २८ वर्षीया श्रीमती मिंकु देवी साहको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय रौतहटले जानकारी दिएको छ ।...
काठमाण्डू, १९ असोज– छिमेकी देश भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालमा शुक्रबार र शनिबार परेको अविरल वर्षापछि भएको क्षतिप्रति दुः ख व्यक्त गरेका छन । आज (आइतबार) सामाजिक सञ्जालमार्फत मोदीले नेपालमा भएको जनधनको क्षति पीडादायी भएको भन्दै कुनै पनि सहयोग गर्न भारत सरकार प्रतिबद्ध भएको...
काठमाण्डू, १९ असोज– पहिरोले अधिक मानवीय क्षति भएको इलाममा बितेका २४ घण्टामा ३२२ मिलिमिटर वर्षा भएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार इलामका सबै केन्द्रमा २०० मिलिमिटरभन्दा बढी वर्षा भएको छ । कन्याम र माई पोखरीमा २७६ मिलिमिटर वर्षा भएको छ ।...
काठमाण्डू, १९ असोज– काठमाण्डूको मुख्य नाका नागढुंगाबाट रात्रिबसहरु साँझ ५ बजेभित्र बाहिरिइसक्नुपर्ने भएको छ वर्षा रोकिएसँगै नागढुंगा नाकाबाट बाहिरिने रात्रिकालिन बसहरू चल्न दिने निर्णय गरिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी नरेश सुवेदीले जानकारी दिएका छन । तर नागढुंगाबाट रात्रिबसहरु ५ बजेभित्र बाहिरिइसक्नुपर्ने उनले जानकारी...