समाचार

नदीमा नागरिक गुहार मागिरहेका थिए, आकाशमा मन्त्रीको हेलिकप्टर उडिरहेको थियोः ज्ञानबहादुर शाही

२०८३ असार २२ गते १२:५६

काठमाण्डू, २२ असार– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का संसदीय दलका नेता ज्ञानबहादुर शाहीले कर्णालीमा भएका नागरिकले विपद्को बेला राज्यको उपस्थिति महसुस गर्न नपाएको भन्दै संसद्‌मा आपत्ति व्यक्त गरेका छन । आज (सोमबार) बसेको प्रतिनिधिसभाको बैठकमा विशेष समय लिएर बोल्दै सांसद शाहीले यस्तो बताएका हुन ।...

गुल्मीमा गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु, ३ जना घाइते

२०८३ असार २२ गते १२:४३

काठमाण्डू, २२ असार– गुल्मीको रेसुङ्गा नगरपालिका–८ गजुरास्थित तम्घास–रेसुङ्गा सडकखण्डमा आज बिहान भएको गाडी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । तीन जना घाइते भएका छन । रेसुङ्गा पोखरीबाट तम्घासतर्फ आउँदै गरेको लु–१ ज १५२८ नम्बरको सफारी जिप राति साढे २ बजे दुर्घना हुँदा ४...

पूर्वाधारमन्त्री लम्सालको धम्कीः ‘काम नगर्ने प्रदेशमन्त्री थुन्छौं, मेयरलाई कारबाही गर्छौं’

२०८३ असार २२ गते १२:०९

काठमाण्डू, २२ असार– पूर्वाधारमन्त्री सुनील लम्सालले काम नगर्ने प्रदेशमन्त्रीलाई थुन्ने र मेयरलाई कारबाही गर्ने चेतावनी दिएका छन । हिजो (आइतबार) तनहुँको शुक्लागण्डकीमा स्थानीयहरुसँग कुरा गर्दै उनले काम नगर्ने प्रदेशकामन्त्रीलाई पनि थुन्ने चेतावनी दिएका हुन् । भौतीक मन्त्री लम्सालले भने, ‘यदि मेयरले जनताको काम गर्नुभएन,...

सरकारलाई लाइफ भन्दा लाइकको चिन्ता छ, भर्चुअल तालीमा रमाउँदैछः गगन थापा

२०८३ असार २१ गते १७:४२

काठमाण्डू, २१ असार– कांग्रेस सभापति गगन थापाले सरकारको सय दिनको मुल्यांकन गर्दै अहिलेको सरकारलाई जनताको लाइफ भन्दा आफ्नो पक्षमा लाइक आउने कुरा प्राथमिकतामा रहेको बताएका छन । आज (आइतबार) आयोजित कार्यक्रममा सभापति थापाले सरकार भर्चुअल तालीमा रमाइरहेको बताएका छन । उनले जनताको जीवनमा प्रत्यक्ष...

डोल्पा जिप दुर्घटना: एक जनाको मृत्यु, १३ घाइते

२०८३ असार २१ गते १७:३१

काठमाण्डू, २१ असार– डोल्पाको जगदुल्ला गाउँपालिका–४ मौरेलेखमा बोलेरो जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य १३ जना घाइते भएका छन । आज (आइतबार) दिउँसो करिब १:५० बजे जगदुल्ला गाउँपालिका–४ माझगाउँबाट जुम्लातर्फ जाँदै गरेको कर्णाली प्रदेश ००१ ज ००५२ नम्बरको बोलेरो जिप...

कांग्रेसले थप्यो सदस्यता वितरणको समय

२०८३ असार २१ गते १७:२३

काठमाण्डू, २१ असार– कांग्रेसले नयाँ क्रियाशील सदस्यता वितरण गर्ने मिति फेरि थप गरेको छ । कांग्रेस महामन्त्री प्रदीप पौडेलले नयाँ क्रियाशील सदस्यता वितरणको समय साउन ३ गतेसम्म थप गर्ने निर्णय भएको जानकारी गराए । ‘कांग्रेसको नयाँ क्रियाशील सदस्यता वितरण गर्ने समय साउन ३ गतेसम्म...

सरकार संविधान मास्नेतिर अघि बढ्दैछ, एकचोटी जुर्मुराउनपर्ने अवस्था छः प्रचण्ड

२०८३ असार २१ गते १६:१६

काठमाण्डू, २१ असार– पूर्व प्रधानमन्त्री एवं प्रतिपक्ष दल नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहालले सरकार संविधान र संघीय लोकतान्त्रिक गणतन्त्र मास्ने दिशातर्फ अघि बढिरहेको आरोप लगाएका छन । आज (आइतबार) नेपाली कम्युनिष्ट पार्टी (नेकपा) उपत्यका प्रदेश समितिले आइतबार काठमाण्डूमा आयोजना गरेको एक कार्यक्रममा...

राष्ट्र बैंकमा मौद्रिक नीति समितिको भूमिका प्रभावकारी बनाइनुपर्छः सांसद् अधिकारी

२०८३ असार २१ गते १६:११

काठमाण्डू, २१ असार– सरकार नेतृत्वकर्ता राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद् लिमा अधिकारी आचार्यले नेपाल राष्ट्र बैंकले ‘मौद्रिक नीति समिति’ (एमपीसी) को अवधारणा प्रभावकारी कार्यान्वयनमा ल्याइनुपर्नेमा जोड दिएकी छन् । आज (आइतबार) प्रतिनिधिसभाअन्तर्गतको अर्थ समिति बैठकमा आगामी आर्थिक वर्ष ०८३–०८४ को मौद्रिक नीतिसम्बन्धी छलफलका क्रममा...

इरानी प्रशिक्षक डा. बेहरुले दिए नेपालका फोटो पत्रकारलाई तालिम

२०८३ असार २१ गते १६:००

काठमाण्डू, २१ असार– फोटो पत्रकार (पिजे) क्लवले आयोजना गरेको सुरक्षा तथा जोखिम व्यवस्थापन सम्बन्धी तालिम सम्पन्न भएको छ । सञ्चारग्रामस्थित नेपाल पत्रकार महासंघको सभाहलमा सञ्चालित तालिममा विभिन्न सञ्चारमाध्यममा कार्यरत ३० बढी फोटो पत्रकारको सहभागी थिए । सूचना तथा सञ्चार मन्त्रालयको सहयोगमा भएको तालिममा अनुभवी...

विश्व राजनीतिमा वामपन्थी प्रभाव बढ्दै गएको छः माधव नेपाल

२०८३ असार २१ गते १५:४०

काठमाण्डू, २१ असार– पूर्व प्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी नेकपाका सहसंयोजक माधव कुमार नेपालले विश्व राजनीतिमा वामपन्थी प्रभाव बढ्दै गएको दाबी गरेका छन । आज (आइतबार) काठमाण्डूमा पार्टीको उपत्यका प्रदेश समिति एकता समायोजन कार्यक्रमलाई सम्बोधन गर्दै सहसंयोजक नेपालले यस्तो बताएका हुन । उनले विश्व...

डोल्पाको जगदुल्लामा जिप दुर्घटना

२०८३ असार २१ गते १५:२६

काठमाण्डू, २१ असार– डोल्पाको जगदुल्लामा जिप दुर्घटना भएको छ । आज आइतबार जगदुल्ला गाउँपालिकाबाट जुम्लातिर जाँदै गरेको जिप डोल्पा–जुम्ला सिमाना मौरे लेखमा दुर्घटनामा परेको जानकारी पाएसँगै घटनास्थलतर्फ प्रहरीको टोली गइसकेको जिल्ला प्रहरी कार्यालय डोल्पाले जानकारी दिएको छ । दुर्घटनाबारे जानकारी पाए पनि थप विवरण...

प्रतिनिधिसभाबाट पारित नियमावलीविरुद्ध अदालत जाँदै कांग्रेस

२०८३ असार २१ गते १५:२३

काठमाण्डू, २१ असार– प्रतिपक्ष दल नेपाली कांग्रेस प्रतिनिधिसभाबाट पारित भएको ‘प्रतिनिधिसभा नियमावलीमा राखिएका प्रावधान’को विरुद्धमा सर्वोच्च अदालत जाने तयारी गरेको छ । प्रतिपक्षी दलहरूको विरोधका बीच संसद् नियमावलीमा रहेका प्रावधानलाई सत्ता घटक दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले बहुमतबाट पारित गरेको थियो । संविधान संशोधनको...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us