काठमाण्डू, २२ असार– पूर्वाधारमन्त्री सुनील लम्सालले काम नगर्ने प्रदेशमन्त्रीलाई थुन्ने र मेयरलाई कारबाही गर्ने चेतावनी दिएका छन ।
हिजो (आइतबार) तनहुँको शुक्लागण्डकीमा स्थानीयहरुसँग कुरा गर्दै उनले काम नगर्ने प्रदेशकामन्त्रीलाई पनि थुन्ने चेतावनी दिएका हुन् । भौतीक मन्त्री लम्सालले भने, ‘यदि मेयरले जनताको काम गर्नुभएन, जनतालाई अपहेलना गर्नुभयो भने हामीलाई जानकारी दिनुहोस्। आवश्यक कारबाही गर्छौं ।
प्रदेशका मन्त्रीले पनि त्यस्तै गर्नुभयो भने थुन्छौं हामी’, उनले जसरी पनि काम गर्नु र हुनुपर्ने बताए । यसअघि उनले काम नगर्ने ठेकेदाहरूको खुट्टा भाँच्ने अभिव्यक्ति दिएका थिए ।
यो अभिव्यक्तिका कारण उनको निकै आलोचना भएको थियो । अहिले फेरि उनले प्रदेशका मन्त्री नै थुन्ने चेतावनी दिएका हुन् । उनले यस्तो चेतावनी दिएको भिडियो क्लिप अहिले सोसल मिडियामा छ्याप्पछ्याप्ती छ ।