काठमाण्डू, १९ फागुन– कञ्चनपुरमा निर्वाचन प्रहरीसहित दुई जनाको मृत्यु भएको छ । पुनर्बास नगरपालिकामा खटिएका निर्वाचन प्रहरीको आज उपचारका क्रममा मृत्यु भएको हो । लालझाडी गाउँपालिका–३ बल्मी घर भई पुनर्बास नगरपालिका–९ सिताबस्तीस्थित जीवनशक्ति आधारभूत मतदानस्थलमा खटिएका निर्वाचन प्रहरी ३५ वर्षीय मानसिंह रानाको मृत्यु भएको...
काठमाण्डू, १९ फागुन– प्रहरीले निर्वाचन बिथोल्ने गतिविधि गरेको आरोपमा १४२ जना पक्राउ गरेको छ । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा डीआईजी अबि नारायण काफ्लेका अनुसार देशभरिबाट १४२ जनालाई पक्राउ गरिएको हो । हिजो सोमबार मात्रै ९ जना पक्राउ परेका छन् । पक्राउ परेका मध्ये...
काठमाण्डू, १९ फागुन– प्रहरीले भक्तपुरको सूर्यविनायक नगरपालिका–८ भुम्डोलबाट इन्सास राइफल र गोलीसहित एक जनालाई पक्राउ गरेको छ । सशस्त्र प्रहरीको इन्टेलिजेन्स ब्युरोको विशेष टोलीले गोरखाको पालुङटार नगरपालिका–९ घर भएका ३१ वर्षीय आयन सेढाइलाई पक्राउ गरीएको प्रहरीले जानकारी दिएको छ । भुम्डोल बस्दै आएका उनीबाट...
काठमाण्डू, १९ फागुन– यती एयरलाइन्सले २१ फागुनमा तय प्रतिनिधिसभा निर्वाचनका दिन निर्धारित सबै उडान स्थगित गरेको छ । कम्पनीले सूचना जारी गर्दै २१ फागुनमा उडान नहुने जानकारी गराएको हो । निर्वाचन आयोगले भने यसपालि आन्तरिक उडान निरन्तर राख्ने निर्णय गरेको छ । सोहीकारण कम्पनीहरूले...
काठमाण्डू, १९ फागुन– काठमाण्डूको बागबजारमा धारिलो हतियार प्रहारबाट एक जना व्यक्ति घाइते भएका छन । जिल्ला प्रहरी परिसर काठमाण्डूका एसपी पवन भट्टराईका अनुसार, सोमबार साँझ बागबजारमा झडप हुँदा ती व्यक्तिले धारिलो हतियार प्रहार गरेका हुन् । उनलाई प्रहरीले नियन्त्रणमा लिएको समेत उनले जानकारी दिएका...
काठमाण्डू, १९ फागुन– प्रभु साह नेतृत्वको आमजनता पार्टीका समानुपातिक उम्मेदवार लालबाबु मन्सुरीमाथि चुनावी प्रचार प्रसारको क्रममा आक्रमण भएको छ । आक्रमणबाट उनको नाकको हड्डी टुटेको बताइएको छ । सोमवार साँझ रौतहट–३ गुजरा नगरपालिका ६ बेदौउली गाउँमा मन्सुरीमाथि आक्रमण भएको हो । आक्रमणबाट घाइते मन्सुरीको...
काठमाण्डू, १९ फागुन– २१ फागुन (बिहिबार) हुने प्रतिनिधि सभा सदस्यको निर्वाचन बिथोल्ने गतिविधि गरेको आरोपमा प्रहरीले ज्योतिष रुद्रनाथ अधिकारीलाई पक्राउ गरेको छ । अधिकारीलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाण्डूका एसपी पवन भट्टराईले जानकारी दिएका छन । सामाजिक सञ्जाल युट्युबमार्फत उनले ‘निर्वाचन हुँदैन’ भनेर...
काठमाण्डू, १९ फागुन– प्रहरीले रौतहटको गढीमाई नगरपालिका–९ स्थित चिल्मिलियाबाट सशस्त्र प्रहरीले लुटपाटमा संलग्न दुई जनालाई गरेको छ । लुटपाट गर्न खोजेको आरोपमा मंगलबार दुई जनालाई पक्राउ गरिएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता (डीएसपी) शैलेन्द्र थापाले जानकारी दिएका छन । पक्राउ पर्नेमा २१ वर्षीय सोमनकुमार सहनी...
काठमाण्डू, १९ फागुन– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको आधिकारिक फेसबुक पेजमा अनधिकृत पहुँच (ह्याक) को प्रयास भएको छ । बाह्य व्यक्तिहरूले पेज ह्याक गर्ने प्रयास गरेपछि सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै मेटा (फेसबुक)ले उक्त पेजलाई हालका लागि लक गरिदिएको छ । रास्वपा सचिवालयले...
काठमाण्डू, १९ फागुन– काठमाण्डूको नयाँबानेश्वरमा टिपरको ठक्करबाट मृत्यु हुने व्यक्ति सरकारी कर्मचारी रहेको खुलेको छ । मृत्यु हुनेमा सुनसरीको इनरुवा नगरपालिका– ५ स्थायी घर भई हाल भक्तपुरको लोकन्थली बस्ने ४८ वर्षका बद्रि कोइराला रहेको जिल्ला प्रहरी परिसर काठमाण्डूका एसपी पवन भट्टराईले जानकारी दिएका छन...
काठमाण्डू, १९ फागुन– काठमाण्डूको नयाँबानेश्वरमा टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ। आज (मंगलबार) बिहान भएको दुर्घटनाको थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।...
काठमाण्डू, १९ फागुन– दुर्गा प्रसाईं समूहले काठमाण्डूमा दुई वटा गाडीमा आगजनी गरेको छ । सुकेधारा र नैकापमा दुई वटा गाडीमा आगजनी भएको प्रहरीले जनाएको छ । सुकेधारा बा७च १४०१ र नैकापमा बी–ए–ए २८३६ नम्बरको गाडीमा आगजनी भएको काठमाण्डू प्रहरी परिसरका प्रवक्ता एसपी पवन भट्टराईले...