भक्तपुरको भुम्डोलबाट इन्सास राइफल र गोलीसहित एक जना पक्राउ

काठमाण्डु टुडे २०८२ फागुन १९ गते १३:३८ मा प्रकाशित

काठमाण्डू, १९ फागुन– प्रहरीले भक्तपुरको सूर्यविनायक नगरपालिका–८ भुम्डोलबाट इन्सास राइफल र गोलीसहित एक जनालाई पक्राउ गरेको छ ।

सशस्त्र प्रहरीको इन्टेलिजेन्स ब्युरोको विशेष टोलीले गोरखाको पालुङटार नगरपालिका–९ घर भएका ३१ वर्षीय आयन सेढाइलाई पक्राउ गरीएको प्रहरीले जानकारी दिएको छ ।

भुम्डोल बस्दै आएका उनीबाट राइफल र एसएलआरको ४ राउण्ड गोली, प्लाष्टिक राउण्ड २ वटा, सट गनमा लाग्ने राउण्ड १ वटा, खुकुरी एक थान तथा सोको दाप २ थान, बन्चरो १ र सिरिन्ज ५ वटा बरामद भएको छ ।

उनलाई आवश्यक कारबाहीको लागि नेपाल प्रहरीमा बुझाइएको सशस्त्र प्रहरीका प्रवक्ता तथा डीआईजी विष्णुप्रसाद भट्टले जानकारी दिएका छन । उक्त राईफल तथा हतियारमा लाग्ने गोली जेनजी आन्दोलनमा लुटिएको हुनसक्ने आशंका गरिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us