यती एयरलाइन्स निर्वाचनका दिन नउड्ने

काठमाण्डु टुडे २०८२ फागुन १९ गते १२:४४ मा प्रकाशित

काठमाण्डू, १९ फागुन– यती एयरलाइन्सले २१ फागुनमा तय प्रतिनिधिसभा निर्वाचनका दिन निर्धारित सबै उडान स्थगित गरेको छ । कम्पनीले सूचना जारी गर्दै २१ फागुनमा उडान नहुने जानकारी गराएको हो ।

निर्वाचन आयोगले भने यसपालि आन्तरिक उडान निरन्तर राख्ने निर्णय गरेको छ । सोहीकारण कम्पनीहरूले चाहेमा उडान निरन्तर हुने बताइएको छ । यती एयरलाइन्सका अनुसार २२ फागुनदेखि भने उडान नियमित हुनेछ ।

काठमाण्डूमा हवाई यात्रुका लागि सटल बस सुविधा उपलब्ध हुनेछ । तर, यस दिन अन्य विमानस्थलमा भने त्यस्तो सुविधा नहुँदा यात्रा सहज भने छैन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us