समाचार

परिक्रमावादीको होइन, पराक्रमवादीको कांग्रेस बनाऔंः अर्जुननरसिंह केसी

२०८२ पुष २७ गते १७:५४

काठमाण्डू, २७ पुस– कांग्रेस नेता अर्जुननरसिंह केसीले पार्टीलाई पराक्रमवादीहरूको बनाउनु पर्ने तर्क गरेका छन । आज (आइतबार)बाट सुरु भएको कांग्रेसको दोस्रो विशेष महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै कांग्रेस नेता केसीले यस्तो बताएका हुन । नेता केसीले भने, ‘अब परिक्रमावादीहरूको कांग्रेस होइन, पराक्रमवादीको कांग्रेस बनाउनुपर्नेछ...

शेखर कोइरालाको सपना साकार पार्न यहाँ आएको हुँः केदार कार्की

२०८२ पुष २७ गते १७:४७

काठमाण्डू, २७ पुस– कांग्रेस नेता केदार कार्कीले डा.शेखर कोइरालाको सपना साकार पार्न विशेष महाधिवेशनमा आफू सहभागी भएको बताएका छन । उनले भनेका छन, ‘डा.शेखरलाई सम्मान गर्न चाहन्छु, उहाँको आवाजलाई साकार गर्न पनि म यहाँ आएको छ, किनकि उहाँले भन्नुभयो अहिलेको नेतृत्वले लिएको टिकट लिन्न...

भृकुटीमण्डपमा विशेष महाधिवेशन चलिरहँदा देउवाले आफूनिकटलाई निवासमा बोलाए

२०८२ पुष २७ गते १७:३७

काठमाण्डू, २७ पुस– विशेष महाधिवेशनको उद्घाटन समारोह चलिरहँदा कांग्रेस सभापति शेरबहादुर देउवाले आफूनिकट नेताहरूलाई आफ्नो निवास महाराजगञ्जमा बोलाएका छन । काठमाण्डूको भृकुटीमण्डप विशेष महाधिवेशनको उद्घाटन समारोह चलिरहँदा देउवाले आफूनिकट नेताहरूलाई आफ्नो निवासमा बोलाएको उनीनिकट एक नेताले जानकारी दिएका छन । उनले भने, ‘सभापतिले निकटका...

विशेष महाधिवेशन पक्षधरलाई पार्टी फुटाउन लाग्यो भन्न पाइँदैनः प्रदीप पौडेल

२०८२ पुष २७ गते १७:३४

काठमाण्डू, २७ पुस– कांग्रेस केन्द्रीय सदस्य प्रदीप पौडेलले नियमित महाधिवेशनका लागि नेतृत्वले ध्यान दिन नसक्दा विशेष महाधिवेशन गर्नुपरेको तर्क गरेका छन । आज (आइतबार) बाट काठमाण्डूमा सुरु भएको विशेष महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्ने क्रममा केन्द्रीय सदस्य पौडेलले यस्तो बताएका हुन । उनले भने,...

चन्द्र भण्डारीको प्रश्नः हाम्रा नेतालाई जोगाउन हेलिकप्टर चढाउनुपर्‍यो, यही हो प्रजातन्त्र ?

२०८२ पुष २७ गते १७:२९

काठमाण्डू, २७ पुस– कांग्रेस नेता चन्द्र भण्डारीले देश सञ्चालनमा गम्भीर परिवर्तनको आवश्यकता रहेको बताएका छन । पद बाँडफाँट र व्यक्तिगत स्वार्थमा केन्द्रित भएर देश बन्न नसक्ने स्पष्ट पार्दै उनले व्यक्ति विचारबाट चल्दा मात्र देश बन्ने उनले बताए । आज (आइतबार) देखि सुरु भएको पार्टीको...

रेशम चौधरीले पार्टीका उम्मेदवारलाई बोलाए काठमाण्डू

२०८२ पुष २७ गते १७:२२

पार्टीका अध्यक्ष कविर सोपले हस्ताक्षर गरेको पत्रानुसार आगामी फागुन २१ गते हुने निर्वाचनमा नागरिक उन्मुक्ति पार्टी नेपालको तर्फबाट प्रत्यक्ष उम्मेदवारी दिनुहुने सम्पूर्ण उम्मेदवारलाई माघ ३ गते पार्टीको केन्द्रीय कार्यालयमा उपस्थित हुन आग्रह गरीएको छ । पार्टीको आगामी चुनावी रणनीति तय गर्न तथा उम्मेदवारी मनोनय...

देउवालाई सुनिल शर्माले भनेः रोइलो छाडेर बन्दसत्र उद्घाटनमा आउनुस्

२०८२ पुष २७ गते १६:२३

काठमाण्डू, २७ पुस– कांग्रेसका नेता एवं विघटित प्रतिनिधिसभा सदस्य सुनिल शर्माले विशेष महाधिवेशनको बन्द सत्रमा उद्घाटन गर्नका लागि आउन आग्रह गरेका छन । आज (आइबतार) काठमाण्डूको भृकुटीमण्डपमा आयोजित विशेष महाधिवेशनलाई सम्बोधन गर्ने क्रममा कांग्रेस नेता शर्माले यस्तो आग्रह गरेका हुन । उमेरका कारणले पनि...

४९ प्रतिशतले गरे कांग्रेस विशेष महाधिवेशनको पक्षमा नाम दर्ता

२०८२ पुष २७ गते १६:१७

काठमाण्डू, २७ पुस– कांग्रेसको विशेष महाधिवेशनको पक्षमा अहिलेसम्म ४९ प्रतिशत बढीले हस्ताक्षर गरेका छन । विशेष महाधिवेशनको उद्घाटन सत्रका सञ्चालकले ४९ दशमलब ३४ प्रतिशतले महाधिवेशन प्रतिनिधिले रजिस्ट्रेन गरिसकेको जानकारी दिएका छन । कांग्रेसमा ४७४३ जना महाधिवेशन प्रतिनिधि रहेका छन । कांग्रेसका ५४ प्रतिशत महाधिवेशन...

राष्ट्रिय सभा निर्वाचनः सुनिल थापा निर्विरोध निर्वाचित भएको घोषणा

२०८२ पुष २७ गते १६:०९

काठमाण्डू, २७ पुस– कोशी प्रदेशबाट नेपाली कांग्रेसका उम्मेदवार सुनिलबहादुर थापा राष्ट्रीयसभा सदस्य निर्विरोध निर्वाचित भएको घोषणा गरीएको छ । राष्ट्रिय सभा निर्वाचनका लागि कोशी प्रदेशबाट अन्य समूहमा थापाको एकल उम्मेदवारी परेको थियो । नेकपाका उम्मेदवार हेमराज घिमिरे उम्मेदवारी दर्ता गर्न समयमै आउन पाएनन् ।...

सभापति र कार्यबाहक पनि विशेष महाधिवेशनमा सामेल हुनुपर्छः कांग्रेस नेता घिमिरे

२०८२ पुष २७ गते १६:०५

काठमाण्डू, २७ पुस– कांग्रेसको विशेष महाधिवेशनको मागकर्ताको अगुवामध्येका एक नेता गुरुराज घिमिरेले पार्टी सभापति र कार्यवाहक सभापतिलाई पनि कार्यक्रममा सहभागी हुन आग्रह गरेका छन । विशेष महाधिवेशनको उद्घाटन सत्रमा स्वागत मन्तव्य व्यक्त गर्दै घिमिरेले पार्टी सभापति र कार्यवाहक सभापतिलाई महाधिवेशनमा सामेल भएर एकताको सन्देश...

गगन–विश्वलाई भविष्यका तारा भन्दै गोपालमानः इतिहासको ब्याज खाएर अब चल्दैन

२०८२ पुष २७ गते १६:००

काठमाण्डू, २७ पुस– कांग्रेसका पूर्व उपसभापति गोपालमान श्रेष्ठले पार्टीमा अब इतिहासको ब्याज खाएर बस्न पाउने अवस्था नहेको भन्दै नेताहरूप्रति कटाक्ष गरेका छन । पार्टीको दोस्रो विशेष महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै पूर्व उपसभापति श्रेष्ठले यस्तो बताएका हुन । उनले देशको अवस्था जटिल रहेको भन्दै...

शेखरनिकट केदार कार्की पनि विशेष महाधिवेशनको पक्षमा

२०८२ पुष २७ गते १५:५४

काठमाण्डू, २७ पुस– कोशी प्रदेशका पूर्व मुख्यमन्त्री एवं कांग्रेसका नेता केदार कार्की पनि पार्टीको विशेष महाधिवेशनको पक्षमा खुलेका छन् । उनले (आज) आइतबार सामाजिक सञ्जाल फेसबुकमार्फत देश र पार्टी जोगाउन विशेष महाधिवेशन अपरिहार्य भएको बताएका हुन् । उनी नेता डा. शेखर कोइरालानिकट नेता हुन्...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us