रामेछापमा निर्वाचन सामग्री बोकेको गाडी दुर्घटना, प्रहरी असईको मृत्यु

काठमाण्डु टुडे २०८२ फागुन १८ गते १८:२० मा प्रकाशित

रामेछाप, १८ फागुन– निर्वाचन सामग्री बोकेको गाडी दुर्घटना हुँदा रामेछापमा एक प्रहरीको मृत्यु भएको छ ।

सदरमुकाममन्थलीबाट कालिकादेवी मावि र देउराली मावि मतदान केन्द्रका लागि कर्मचारीसहित निर्वाचन सामग्री बोकेर गएको रामेछाप नगरपालिका–२ सिरूबारीस्थित सडकबाट दुई सय मिटर तल खसेर दुर्घटना भएको हो ।

दुर्घटनामा प्रहरी सहायक निरीक्षक (असई) पर्शुराम यादवको मृत्यु भएको रामेछाप प्रहरीले जनाएको छ । दुर्घटनामा अरु ७ जना घाइते भएका छन् ।

सशस्त्र प्रहरीको विपद् उद्धार वेश खुर्कोटबाट गएको टोलीले घटनास्थलमा उद्धार गरेको थियो । घाइतेलाई उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल मन्थली पठाइएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us