काठमाण्डू, २७ चैत– पूर्वगृहमन्त्री एवं कांग्रेस नेता रमेश लेखकले जेनजी आन्दोलनका घटना छानबिन गर्न विशेष अदालतका पूर्वअध्यक्ष गौरीबहादुर कार्कीको संयोजकत्वमा गठित आयोगको प्रतिवेदनलाई ‘पूर्वाग्रही’ भनेका छन् । लेखकको भनाइमा सोही ‘पूर्वाग्रही प्रतिवेदन’का आधारमा उनीमाथि फौजदारी अभियोग लगाइएको हो । सर्वोच्च अदालतको परमादेशका आधारमा १३...
काठमाण्डू, २७ चैत– राष्ट्रपति रामचन्द्र पौडेलले निजी क्षेत्रलाई केवल कर तिर्ने निकायको रूपमा मात्र नभई देशको ‘आर्थिक इन्जिन’का रूपमा हेर्नुपर्ने बताएका छन । आज (शुक्रबार) नेपाल चेम्बर अफ कमर्सको हीरक जयन्ती (७५ औँ वर्ष) को अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले यस्तो बताएका...
काठमाण्डू, २७ चैत– पोखरामा चैत २५ गते साँझ बीच बजारमै विभत्स घटनाले धेरैलाई विक्षिप्तमात्रै बनाएन, सुरक्षा संयन्त्र माथिसमेत प्रश्न खडा गरिदियो । शिवालय चोकबाट सभागृह चोकतर्फ हिँडिरहेकी महिलाको कन्चटमा धारिलो हतियार प्रहार गरी एक समूह फरार भयो । खुकुरी प्रहारले रन्थनिँदै सडकमै ढलेकी महिलाको...
काठमाण्डू, २७ चैत– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको बैठक बस्दै छ । बैठक आज (शुक्रबार) दिउँसो एक बजे रास्वपा संसदीय दलको कार्यालय, सिंहदरबारमा बस्ने एक नेताले जानकारी दिएका छन । बैठकमा आज हुन लागेको उपसभामुखको निर्वाचन र विविध विषयमा छलफल हुने रास्वपाले जनाएको...
काठमाण्डू, २६ चैत– प्रतिनिधि सभाका सभामुख डोलप्रसाद अर्याल र राष्ट्रिय सभा अध्यक्ष नारायण प्रसाद दाहालबीच भेट भएको छ । भेटमा अध्यक्ष दाहालले सभामुख अर्याललाई बधाई तथा कार्यकाल सफलताको शुभकामना दिए । दुवैबीच संसद् सञ्चालन र दुई वटा सभाको बीचको समन्वय लगायतका विषयमा समेत छलफल...
काठमाण्डू, २६ चैत– संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने भएको छ । चैत २४ गतेको मन्त्रिपरिषद्को सिफारिसअनुसार राष्ट्रपति रामचन्द्र पौडेलले दुवै सदनको अधिवेशन अन्त्य गरेका हुन । राष्ट्रपति कार्यालयका अनुसार अधिवेशन अन्त्य शुक्रबार राति १२ बजेदेखि लागू हुनेछ । ‘राष्ट्रपति रामचन्द्र पौडेलज्यूले...
काठमाण्डू, २६ चैत– अख्तियार दुरुपयोग अन्सन्धान आयोगले विद्युतीय चुरोट भेपमा लुकाएर सुन तस्करी गरेको अभियोगमा पूर्वसभामुख कृष्णबहादुर महराविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियारले महरा, उनका छोरा राहुल र सहसचिव अरुण पोखरेल, चार जना विदेशी नागरिकसमेतलाई विशेष अदालतमा मुद्दा दायर गरेको हो ।...
काठमाण्डू, २६ चैत– सत्ता घटक दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्वास्थ्य तथा जनसंख्यामन्त्री निशा मेहतालाई सचेत गराएको छ । श्रममन्त्री दीपककुमार साहले आफ्नो श्रीमतीलाई स्वास्थ्य बीमा बोर्डमा सदस्य बनाउँदा उनले विभागीय मन्त्रीले ध्यान नपुर्याएको भन्दै सभापति रवि लामिछानेले सचेत बनाएका छन् । ‘यस्तो...
काठमाण्डू, २६ चैत– प्रधानमन्त्री बालेन्द्र शाहले श्रम, रोजगार तथा सामाजिक सुरक्षाममन्त्री दीपककुमार साहलाई पदमुक्त गरेका छन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सिफारिसमा प्रधानमन्त्री शाहले मन्त्री साहलाई पदमुक्त गरेका हुन । यसअघि, रास्वपा सभापति रवि लामिछानेले साहलाई पदमुक्त गर्नका लागि प्रधानमन्त्रीलाई पत्र पठाएका थिए...
काठमाण्डू, २६ चैत– प्रधानमन्त्री वालेन्द्र शाहले श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री दीपककुमार साहलाई पदबाट हटाउने तयारी सुरु गरेका छन । साहको विगतदेखि नै विवादित छवि रहेको र अहिले मन्त्री बनेपछि पनि शंकास्पद काममा संलग्न भएको छनक पाएपछि प्रधानमन्त्रीले हटाउने तयारी गरेको प्रधानमन्त्रीको सचिवालय उच्च...
काठमाण्डू, २६ चैत– विद्युतीय चुरोट भेपमा लुकाएर सुन तस्करी गरेको अभियोगमा अख्तियार दुरुपयोग अन्सन्धान आयोगले पूर्वसभामुख कृष्णबहादुर महराविरुद्ध भ्रष्टाचार मुद्दा दायर गर्दै छ । मुद्दाको फाइल लिएर अहिले अख्तियारका कर्मचारीहरू विशेष अदालतमा पुगेका छन् । अहिले विवरण रुजु गर्ने काम भइरहेको विशेष अदालत स्रोतले...
काठमाण्डू, २६ चैत– प्रहरीले सिराहा नगरपालिका–१५ बुधौराबाट लागुऔषध ब्राउन सुगरसहित तीन जना युवकलाई पक्राउ गरेको छ । भारतबाट नेपालतर्फ आउँदै गरेको अवस्थामा प्रहरी चौकी खिरौनाबाट खटिएको गस्ती टोलीले उनीहरूलाई पक्राउ गरीउको प्रहरीले जनाएको छ । पक्राउ पर्नेहरूमा सिरहाको धनगढीमाई नगरपालिका– ३ बस्ने १९ वर्षीय...