सभामुख र राष्ट्रिय सभाका अध्यक्षबीच भेटवार्ता

काठमाण्डु टुडे २०८२ चैत २६ गते १७:१९ मा प्रकाशित

काठमाण्डू, २६ चैत– प्रतिनिधि सभाका सभामुख डोलप्रसाद अर्याल र राष्ट्रिय सभा अध्यक्ष नारायण प्रसाद दाहालबीच भेट भएको छ । भेटमा अध्यक्ष दाहालले सभामुख अर्याललाई बधाई तथा कार्यकाल सफलताको शुभकामना दिए ।

दुवैबीच संसद् सञ्चालन र दुई वटा सभाको बीचको समन्वय लगायतका विषयमा समेत छलफल भएको सभामुखको सचिवालय स्रोतले जानकारी दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us