काठमाण्डू, १३ फागुन– सरकारले वि.सं. ०८३ सालमा दिइने सार्वजनिक बिदा निर्धारण गर्ने निर्णय गरेको छ । हिजो (मंगलबार)बसेको मन्त्रिपरिषद् बैठकले ०८३ साल वैशाख १ गतेदेखि चैत मसान्तसम्म दिइने सार्वजनिक बिदा निर्धारण गर्ने निर्णय गरेको सरकारका प्रवक्ता समेत रहेका गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिएका छन...
काठमाण्डू, १३ फागुन– मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१९ बस्तीपुरमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ट्रकको ठक्करबाट मृत्यु हुनेमा मकवानपुरको राक्सिराङ गाउँपालिका–१ का २२ वर्षीय सन्जित स्याङतान र १८ वर्षीय अमोश थिङ रहेको प्रहरीले जानकारी दिएको छ । नेवारपानीबाट हेटौंडा...
काठमाण्डू, १३ फागुन– सरकारले आगामि २१ फागुनमा हुने प्रतिनिधि सभाको निर्वाचनको क्रममा घाइते भएका सुरक्षाकर्मी तथा निर्वाचन प्रहरीको निस्शुल्क उपचार गर्ने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले निर्वाचनका क्रममा घाइते भएका सुरक्षाकर्मीको उपचारका क्रममा लाग्ने खर्च सरकारले ब्यहोर्ने निर्णय गरेको प्रवक्ता एवं...
काठमाण्डू, १३ फागुन– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले गलत व्यक्तिलाई भोट नदिन अनुरोध गरेका छन । आज (बुधबार) सिरहाको मिर्चैयामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै रास्वपा सभापति लामिछानेले यस्तो बताएका हुन । उनले चुनावको बेलामा कसैले पैसा दिन्छ भने लिँदा केही नहुने तर...
काठमाण्डू, १३ फागुन– यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ७५ जिल्लामा निर्वाचन सामग्रीसहित मतपत्र पुर्याइएको छ । काठमाण्डू र भक्तपुरबाहेक सबै जिल्लामा मतपत्रसहितका सामग्री पुर्याइएको निर्वाचन आयोगले जानकारी दिएको छ । ‘पहिलो हुने निर्वाचित हुने’ र ‘समानुपातिक निर्वाचन प्रणाली’तर्फका मतपत्र ७५...
काठमाण्डू, १३ फागुन– पूर्व प्रधानमन्त्री एमाले उपमहासचिव योगेशकुमार भट्टराईले संविधान संशोधनका एजेण्डामाथि पनि छलफल गर्न मतदाताहरुसँग अनुरोध गरेका छन । आज (बुधबार) भिडियो सन्देश मार्फत् भट्टराईले यस्तो अनुरोध गरेका हुन । एमाले उपमहासचिव भट्टराईले संविधानमा संशोधन गर्नुपर्ने पाँच एजेण्डा प्रस्तुत गर्दै छलफलका निम्ति आग्रह...
काठमाण्डू, १३ फागुन– नेकपा एमालेका पूर्व समानुपातिक सांसद जानकी देवी राम नेकपा एमाले परित्याग गर्दै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा प्रवेश गरेकी छन । २ फागुनमा एमाले त्यागेको घोषणा गरेकी रामलाई आज सिरहा–३ का उम्मेदवार तथा पार्टीका केन्द्रीय कमिटी सदस्य विश्वनाथ साहले नेकपामा स्वागत...
काठमाण्डू, १३ फागुन– पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले कानून निर्माणको विषयलाई अड्कलबाजीको विषय बनाउन नहुने बताएका छन । कुष्ठरोगको क्षेत्रमा गरिएको एक अध्ययन प्रतिवेदन सार्वजनिक तथा नेपाल ल सोसाइटीद्वारा आयोजित छलफल कार्यक्रममा बोल्दै पूर्वप्रधानन्यायाधीश श्रेष्ठले कानून निर्माणमा सम्बन्धित पक्षको सहभागिता नहुँदा त्यो कार्यान्वयनका लागि योग्य हुने...
काठमाण्डू, १३ फागुन– नेपाल आयल निगमले आसन्न निर्वाचनलाई मध्यनजर गर्दै देशभर खाना पकाउने एलपी ग्यासको आपूर्ति व्यवस्थालाई थप सुदृढ बनाएको छ । निर्वाचनको समयमा हुन सक्ने सम्भावित मागलाई सम्बोधन गर्न निगमले ग्यास आयातको परिमाणमा उल्लेख्य वृद्धि गरेको कार्यकारी निर्देशक चण्डिकाप्रसाद भट्टले जानकारी दिएका छन...
काठमाण्डू, १२ फागुन– पूर्व उपप्रधान एवं गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले ०४६ यताका सबै भ्रष्टाचार काण्डको छानबिन हुने बताएका छन । आज (मंगलबार) इटहरीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै लामिछानेले यस्तो बताएका छन । ‘०४६ सालपछिका सबै काण्डको छानबिन...
काठमाण्डू, १२ फागुन– मोरङको विराटनगर महानगरपालिका–१० स्थित शान्तिचोकमा एक घरबाट लाखौँ मूल्यको धनमाल चोर भएको छ । स्थानीय सीता श्रेष्ठको घरलाई निशाना बनाउँदै चोरले करिब १२ लाख रूपैयाँ बराबरको सुन तथा चाँदीका गरगहना र अन्य धनमाल चोरी गरेको हो । आज (सोमबार) भएको उक्त...
काठमाण्डू, १२ फागुन– गृहमन्त्रालयमा केन्द्रीय सुरक्षा समितिको बैठक सुरु भएको छ । बैठक आसन्न फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन केन्द्रित रहेको गृहमन्त्रालय उच्च स्रोतले जानकारी दिएको छ । केन्द्रीय सुरक्षा समितिका अध्यक्ष एवं गृहमन्त्री ओमप्रकाश अर्यालको अध्यक्षतामा जारी बैठकमा चारवटै सुरक्षा निकायका उच्च...