काठमाण्डू, २६ चैत– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका नेता ज्ञानबहादुर शाहीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सँगको सहमतिमै आफ्नो पार्टीले उपसभामुखमा उम्मेदवारी दिएको बताएका छन् ।
बिहीबार उपसभामुखमा राप्रपा सांसद सरस्वती लामाको उम्मेदवारी दर्तापछि सिंहदरबारमा सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै शाहीले यस्तो बताएका हुन । उनले भने, ‘हामीले सबैसँग कुरा गरेर उम्मेदवारी दर्ता गराएको हो ।
स्वयं रास्वपा सभापति रवि लामिछानेसँग पनि छलफल गरेको हो’, उनले भने, ‘रवि लामिछानेले फोन गरेको हो ।’ रास्वपाले श्रम संस्कृतिका उम्मेदवारलाई सघाउने सुनिएको छ नि ? भन्ने प्रश्नमा शाहीले भने, ‘उहाँहरूले त्यो राजनीति गर्नुहुन्छ भने गरुन्, मैले सत्य बोल्नुपर्छ ।’
उनले राजनीतिमा तलमाथि हुने कुरा सामान्य भएको समेत बताएका छन ।