समाचार

योगेश भट्टराईको कविता- बादल मडारियो, हामी हेरेको हेर्यै

२०८२ चैत २६ गते १२:१७

काठमाण्डू, २६ चैत– एमालेका कार्यवाहक अध्यक्ष रामबहादुर थापा बादलले संसदमा दिएको अभिव्यक्तिका कारण आन्तरिक विवाद साम्य नभइरहेका बेला एमाले उपमहासचिव योगेश भट्टराईले व्यंग्यात्मक शैलीमा कविता लेखेका छन । कवितामा ‘बादल’, ‘जबज’ र ‘मदन’ शब्द समेत समेटेर उनले ‘हेरेको हेर्यै’ भएको टिप्पणी गरेका छन् ।...

पूर्वगृहमन्त्री रमेश लेखक पनि छुटे

२०८२ चैत २६ गते १२:१०

काठमाण्डू, २६ चैत– प्रहरीले पूर्वगृहमन्त्री रमेश लेखकलाई पनि रिहा गरेको छ । हिरासतमा रहेका लेखकलाई स्वास्थ्य परीक्षणपश्चात छाडिएको एसपी पवन भट्टराईले जानकारी दिएका छन । उनीसँगै पक्राउ गरिएका पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई टिचिङ अस्पतालमै प्रहरीले परिवारको जिम्मामा छाडिसकेको छ ।...

पूर्वप्रधानमन्त्री ओलीलाई हाजिरी जमानीमा परिवारको जिम्मा लगाइयो

२०८२ चैत २६ गते १२:०२

काठमाण्डू, २६ चैत– पूर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रहरीले रिहा गरेको छ । उनलाई अस्पतालमै परिवारको जिम्मा लगाइएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन कुमार भट्टराईले जानकारी दिएका छन । बाँकी निर्णय उनको स्वास्थ्य अवस्था हेरेर चिकित्सकले गर्ने प्रहरीको भनाइ छ...

१३ दिनपछि छुटे ओली

२०८२ चैत २६ गते ११:५९

काठमाण्डू, २६ चैत– पूर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रहरीले रिहा गरेको छ । उनलाई अस्पतालमै परिवारको जिम्मा लगाइएको जिल्ला प्रहरी परिसर काठमाण्डूका एसपी पवन कुमार भट्टराईले जानकारी दिएका छन । बाँकी निर्णय उनको स्वास्थ्य अवस्था हेरेर चिकित्सकले गर्ने प्रहरीको भनाइ छ...

मेरो जीवन खुल्ला पुस्तक हो, सम्पत्तिबारे भ्रामक प्रचार गरियोः देउवा

२०८२ चैत २५ गते २१:४४

काठमाण्डू, २५ चैत- पूर्वप्रधानमन्त्री एवं कांग्रेस पूर्वसभापति शेरबहादुर देउवाले आफू र आफ्नो परिवारको सम्पत्तिबारे भ्रामक र झुठा प्रचारबाजी भएको भन्दै आपत्ति जनाएका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत बुधबार साँझ देउवाले भ्रष्टाचारविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अवधारणा ल्याउने व्यक्ति आफू भएको उल्लेख गरेका छन् ।...

लीमा अधिकारीले पहिलोपटक संसदमा सम्बोधन गर्दै के भनिन् ?

२०८२ चैत २५ गते १९:५९

काठमाण्डू, २५ चैत–राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद लीमा अधिकारीले बन्द उद्योग सञ्चालनमा ल्याउन सरकारको ध्यानाकर्षण गराएकी छन् । प्रतिनिधिसभा बैठकमा बुधबार उनले गोरखाली रबर उद्योग, बुटवल धागो कारखानालगायत बन्द र जीर्ण अवस्थाका उद्योग सञ्चालनमा ल्याउन सरकारलाई भनेकी हुन् । सरकारले हालै बन्द उद्योग सञ्चालनमा...

संविधान संशोधन कार्यदलमा प्रतिनिधि पठाउन कांग्रेसले राख्यो ४ शर्त

२०८२ चैत २५ गते १६:५७

काठमाण्डू, २५ चैत– कांग्रेसले संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलमा प्रतिनिधि पठाउनुअघि कार्यदलको कार्यक्षेत्र, विधि र उद्देश्यबारे स्पष्टता आवश्यक रहेको बताएको छ । पार्टीले आज (बुधबार) प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पत्र पठाउँदै यस्तो धारणा सार्वजनिक गरेको हो । सरकारले कांग्रेसलाई मन्त्रिपरिषद्को निर्णयअनुसार संविधान संशोधन...

विष्णु पौडेललाई रामबहादुर थापा बादलको जवाफः मैले सदनमा बोलेको कुरा पार्टीको लाइन हो

२०८२ चैत २५ गते १६:४८

काठमाण्डू, २५ चैत– एमालेका कार्यवाहक अध्यक्ष एवं संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ ले पार्टीभित्रको अन्तरसंघर्षबारे आफ्नै पार्टीका उपाध्यक्ष विष्णुप्रसाद पौडेललक्षित कटाक्ष गरेका छन । आज (बुधबार) एमाले कास्कीले पोखरामा गरेको बृहत् कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता बादलले संसदीय दल नेताको हैसियतमा संसदमा गरेको...

प्रतिनिधि सभामा रास्वपा र एमालेबिच नोकझोक

२०८२ चैत २५ गते १६:४०

काठमाण्डू, २५ चैत– आज (बुधबार) बसेको प्रतिनिधि सभामा सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र प्रतिपक्षी दल नेकपा एमालेबिच नोकझोक सुरु भएको छ । प्रतिनिधि सभाको बुधबारको बैठकमा रास्वपा सांसद पुरुषोत्तम यादवले व्यक्ति गरेको धारणालाई लिएर नोकझोक सुरु भएको हो । सांसद यादवले पूर्वप्रधानमन्त्री...

वीर अस्पतालका लेखा अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा दायर

२०८२ चैत २५ गते १६:२६

काठमाण्डू, २५ चैत– घुस रकमसहित पक्राउ परेका वीर अस्पतालका लेखा अधिकृत ढुण्डीराज दाहालविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा ९१० बमोजिमको कसुर भएको दाबी गर्दै बुधबार दाहालविरुद्ध विशेष अदालतमा...

राजदूत र कूटनीतिक नियोगका प्रमुखसँग प्रधानमन्त्रीको ब्रिफिङ

२०८२ चैत २५ गते १६:२३

काठमाण्डू, २५ चैत– प्रधानमन्त्री बालेन्द्र शाहले नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोगका प्रमुखहरूसँग आज सामूहिक भेटवार्ता र संवाद गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा शाहले उनीहरूसँग सामूहिक भेट र संवाद गरेको प्रधानमन्त्रीको सचिवालय उच्च स्रोतले जानकारी दिएको छ । सो भेटमा...

नातावाद, कृपावाद र चाकरीवादबाट बच्न सरकारलाई महावीर पुनको सुझाव

२०८२ चैत २५ गते १६:१३

काठमाण्डू, २५ चैत– स्वतन्त्र सांसद महावीर पुनले नातावाद, कृपावाद, चाप्लुसीवाद र चाकरीवादबाट बच्न सरकारलाई सुझाव दिएका छन । आज (बुधबार) बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै स्वतन्त्र सांसद पुनले सरकारलाई यस्तो सुझाव दिएका हुन । ‘नेपालमा एउटा भाइरस छ । त्यो भाइरस भनेको नातावाद, कृपावाद,...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us