काठमाण्डू, २५ चैत– स्वतन्त्र सांसद महावीर पुनले नातावाद, कृपावाद, चाप्लुसीवाद र चाकरीवादबाट बच्न सरकारलाई सुझाव दिएका छन । आज (बुधबार) बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै स्वतन्त्र सांसद पुनले सरकारलाई यस्तो सुझाव दिएका हुन ।
‘नेपालमा एउटा भाइरस छ । त्यो भाइरस भनेको नातावाद, कृपावाद, चाप्लुसीवाद र चाकरीवाद हो,’ प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले भने, ‘यो भाइरस खासगरी नेपाल एकीकरण भएपछि रणबहादुर शाह उहाँ नावालक राजा हुनुभयो ।
त्यो बेलादेखि सुरु भएको हो ।’ राणा शासन अन्त्य भयो, प्रजातन्त्र, गणतन्त्र आउँदा समेत यस्तो प्रवृति रहेको भन्दै उनले यस्तो भइरसबाट सरकार, राजनीतिक दल र सांसदहरू बच्नुपर्ने उनको आग्रह छ ।