समाचार

उम्मेदवारका एकाघरका परिवारको बैंक खातामा निर्वाचन आयोगको निगरानी

२०८२ फागुन १५ गते १२:००

काठमाण्डू, १५ फागुन– निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनका उम्मेदवारका एकाघरका परिवारको बैंक खाता निगरानी शुरु गरेको छ । निर्वाचन सम्बन्धी सम्पूर्ण खर्च बैंकिङ प्रणालीमार्फत गर्नेगरी बैंक खाता खोल्न राजनीतिक दल र उम्मेदवारलाई पटक–पटक ध्यानाकर्षण गराउँदा पनि अधिकांश उम्मेदवारले बैंकिङ कारोबार भन्दा बाहिर खर्च...

संखुवासभा र ताप्लेजुङको सीमा क्षेत्रमा ४.७ म्याग्निच्युडको भूकम्प

२०८२ फागुन १५ गते १०:५०

काठमाण्डू, १५ फागुन– संखुवासभा र ताप्लेजुङको सीमा क्षेत्रमा आज बिहान भूकम्प गएको छ । बिहान ३ बजेर १८ मिनेटमा ४.७ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरले जानकारी दिएको छ । भूकम्पको केन्द्रविन्दु संखुवासभाको टोप्के गोला आसपास रहेको भूकम्प मापन तथा...

सिरहामा टिपरमा करेन्ट लाग्दा चालकको मृत्यु

२०८२ फागुन १५ गते १०:४४

काठमाण्डू, १५ फागुन– सिरहाको गोलबजार नगरपालिका–२ गुरुधाममा टिपर सफा गर्ने क्रममा करेन्ट लाग्दा एक जनाको मृत्यु भएको छ । स्थानीय टिपर चालक मनिक लाल साहका ४३ वर्षीय छोरा सन्तोष साहको शुक्रबार बिहान मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । इलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी...

नेकपा (बहुमत)का महासचिव धर्मेन्द्र बास्तोलालाई थुनामुक्त गर्न सर्वोच्चको आदेश

२०८२ फागुन १४ गते १७:५०

काठमाण्डू, १४ फागुन– सर्वोच्च अदालतले नेकपा (बहुमत) का महासचिव धर्मेन्द्रराज बास्तोलालाई थुनामुक्त गर्न आदेश दिएको छ । आज (बिहिबार) न्यायाधीशद्वय कुमार रेग्मी र नित्यानन्द पाण्डेयको संयुक्त इजलासले रिहाइ गर्न आदेश दिएको हो । यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन बहिष्कारको गतिविधिमा संलग्न...

चुनाव बहिष्कारको पर्चा बाँडेको आरोपमा क्रान्तिकारी कम्युनिस्ट पार्टीका २ नेता पक्राउ

२०८२ फागुन १४ गते १७:३०

काठमाण्डू, १४ फागुन– प्रहरीले निर्वाचन बहिष्कार सम्बन्धी पर्चा बाँडेको आरोपमा क्रान्तिकारी कम्युनिस्ट पार्टीका २ जना नेतालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा क्रान्तिकारी कम्युनिस्ट पार्टीका जिल्ला इन्चार्ज टिकाराम पौडेल र सचिव वीरबहादुर पुन रहेको जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रमुख प्रहरी नायव उपरीक्षक नरहरी अधिकारीले...

तालमेल होला भनेर रन्जितलाई तनाव भएको रहेछ, हामी आफ्नै खुट्टामा उभिने होः प्रचण्ड

२०८२ फागुन १४ गते १७:२४

काठमाण्डू, १४ फागुन– पूर्व प्रधानमन्त्री एवं नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले कुनै पनि निर्वाचन क्षेत्रमा कुनै दलसँग चुनावी तालमेल नगर्ने बताएका छन । आज (बिहिबार) नेकपाको मुख्यालयमा आयोजित पत्रकार सम्मेलनमार्फत उनले आफ्नै खुट्टामा उभिने पनि बताएका छन । खासगरी झापा–५ का उम्मेदवार...

मेरो अभिव्यक्ति बंग्याइयो, कांग्रेस–एमाले भदौ २३ यताका सहयात्री होइनन्ः प्रचण्ड

२०८२ फागुन १४ गते १६:५५

काठमाण्डू, १४ फागुन– पूर्व प्रधानमन्त्री एवं नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले आफ्नो अभिव्यक्ति बांगोटिंगो बनाएर प्रचार गरिएको भन्दै आपत्ति व्यक्त गरेका छन । आज (बिहिबार) पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित पत्रकार सम्मेलनमार्फत संयोजक प्रचण्डले यस्तो बताएका हुन । विस्तृत शान्ति सम्झौतादेखि संविधानसभाको...

जाँचबुझ आयोगको समय पटकपटक सार्नु गलत होः प्रचण्ड

२०८२ फागुन १४ गते १६:४१

काठमाण्डू, १४ फागुन– पूर्व प्रधानमन्त्री एवं नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले जेनजी आन्दोलनबारे छानबिन गर्न बनेको उच्चस्तरीय छानबिन आयोगको समय थप हुनु गलत भएको बताएका छन । आज (बिहीबार) नेकपाको मुख्यालय पेरिसडाँडामा आयोजित पत्रकार सम्मेलनमा सञ्चारकर्मीले राखेका जिज्ञासाको जवाफ दिँदै संयोजक प्रचण्डले...

चुनावी तालमेलको निष्कर्षमा पुगेका छैनौँः एमाले महासचि पोखरेल

२०८२ फागुन १४ गते १६:१९

काठमाण्डू, १४ फागुन– पुराना दलबीच केही स्थानमा चुनावी तालमेल हुनसक्ने चर्चा चलिरहेकै बेला एमालेका महासचिव शंकर पोखरेलले भने त्यसबारे निष्कर्षमा पुगिनसकेको खुलासा गरेका छन । आज (बिहिबार) दाङको घोराहीमा आफ्नो चुनावी घोषणापत्र सार्वजनिक कार्यक्रममा बोल्दै एमाले महासचिव पोखरेलले यस्तो खुलासा गरेका हुन । ‘सञ्चारमाध्यममा...

पाँच वर्ष अर्को प्रयोग नगरौँः गगन थापा

२०८२ फागुन १४ गते १६:०८

काठमाण्डू, १४ फागुन– कांग्रेस सभापति गगन थापाले पाँच वर्ष अर्को प्रयोग नगर्न कर्णालीवासीसँग आग्रह गरेका छन । आज (बिहिबार) सुर्खेतमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै कांग्रेस सभापति थापाले यस्तो बताएका हुन । उनले कर्णालीको विकासको फेरिहिस्त आफूसँग रहेको दाबी गर्दै नयाँ प्रयोग नगर्न आग्रह...

०७४ यताका वर्ष दुर्भाग्यपूर्ण, ०८-८७ स्वर्णिम काल बनाउँछौँः सभापति थापा

२०८२ फागुन १४ गते १५:४६

काठमाण्डू, १४ फागुन– कांग्रेस सभापति गगन थापाले ०७४ देखि यताका आठ वर्ष नेपालको राजनीतिमा दुर्भाग्यपूर्ण अवधि रहेको तर्क गरेका छन । आज (बिहिबार) कर्णाली प्रदेशको चुनावी सभालाई सम्बोधन गर्दै सभापति थापाले ०७२ को संविधान कार्यान्वयन गर्नुपर्ने यी वर्ष नेपालमा सरकार बनाउने र ढलाउनेमै गुज्रिएको...

सुर्खेतमा एमाले र बालेनप्रति गगनको कटाक्ष

२०८२ फागुन १४ गते १५:४०

काठमाण्डू, १४ फागुन– कांग्रेस सभापति गगनकुमार थापाले २३ र २४ भदौमा भएको जेनजी आन्दोलनको विषयमा एमालेको अभिव्यक्तिप्रति आपत्ति व्यक्त गरेका छन । आज (बिहिबार) कर्णाली प्रदेशको सुर्खेतमा आयोजित पार्टीको चुनावी सभालाई सम्बोधन गर्दै कांग्रस सभापति थापाले यस्तो बताएका हुन । उनले जेनजी आन्दोलनको विषयमा...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us