काठमाडौं- पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई भारत जाने भएका छन् ।
उनी चैत २९ गते आइतबार भारतस्थित आईटीएम विश्वविद्यालय मा आयोजना हुने ‘डा. राममनोहर लोहिया स्मृति व्याख्यान’ कार्यक्रममा सहभागी हुन प्रस्थान गर्ने कार्यक्रम रहेको छ ।
सो कार्यक्रममा उनी प्रमुख वक्ताका रूपमा मन्तव्य दिने तय भएको छ ।
भट्टराईसँगै हिसिला यमि पनि कार्यक्रममा सहभागी हुने बताइएको छ ।
राममनोहर लोहिया को स्मृतिमा आयोजना हुने उक्त व्याख्यान भीमराव अम्बेडकर को जन्मजयन्तीको अवसर पारेर विगत ११ वर्षदेखि निरन्तर रूपमा हुँदै आएको आयोजकले जनाएको छ ।
यस वर्षको कार्यक्रम वैशाख १ गते आयोजना हुने तय गरिएको छ ।