संघीयता कार्यान्वयन निकै चुनौतीपूर्ण छः कँडेल

काठमाण्डु टुडे २०८२ चैत २८ गते १४:४१ मा प्रकाशित

सुर्खेत, २८ चैत– कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले संघीयता कार्यान्वयन निकै चुनौतीपूर्ण रहेको बताएका छन् ।
कर्णाली प्रदेश मुख्य न्यायाधिवक्ताको कार्यालयको आठौं स्थापना दिवसका अवसरमा शनिबार आयोजित कार्यक्रममा बोल्दै मुख्यमन्त्री कँडेलले यस्तो बताएका हुन् ।

उनले प्रदेश र स्थानीय तहका संवैधानिक अधिकार कार्यान्वयन गर्न कठिन भएको उनको गुनासो गरे ।
संघमा बनेको नयाँ सरकारको प्रदेश र स्थानीय तहप्रतिको मानसिकतामा पनि उनले शंका व्यक्त गरे ।

संघ सरकारको केन्द्रीकृत मानसिकताका कारण प्रदेश र स्थानीय सरकार सञ्चालनमा विभिन्न जटिलता उत्पन्न भएको पनि उनले बताए ।

‘संविधान कार्यान्वयन भएको एक दशक बितिसक्दा पनि जनचाहनाअनुसार संघीयताको प्रभावकारी कार्यान्वयन हुन सकेन,’ मुख्यमन्त्री कँडेलले भने ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us