काठमाण्डू, २० फागुन– ललितपुरको टीकाथलीमा पानीका लागि बोरिङ गर्ने क्रममा निस्केको आगोको ज्वाला नियन्त्रणमा आएको छ । आज मंगलबार ललितपुरमा बोरिङको पाइप गाडेको स्थानबाटै आगोको ज्वाला दन्किएपछि स्थानीय र सुरक्षाकर्मीको टोलीले लामो समयको प्रयासपछि नियन्त्रणमा लिएको जिल्ला प्रहरी परिसर ललितपुरले जानकारी दिएको छ ।...
काठमाण्डू, २० फागुन– मधेश भवनभित्र रहेको आवासमा मधेश शहीद प्रतिष्ठानका सदस्य मृत अवस्थामा भेटिएका छन । सदस्य नरेश यादव आज बिहान आफ्नै ओछ्यानमा मृत अवस्थामा भेटिएका हुन । बिहान ७ बजे आफ्नै ओछ्यानमा यादव मृत फेला परेका हुन् । उनले त्यहाँ बान्ता गरेको भेटिएको...
काठमाण्डू, २० फागुन– पाल्पामा बुवा र दिदीको कुटपिटपछि एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा बगनासकाली गाउँपालिका–२, पोखराथोकका ३९ वर्षीय यज्ञबहादुर कुमाल रहेको जिल्ला प्रहरी कार्यलय पाल्पाले जानकारी दिएको छ । यही फागुन १५ गते घरायसी विषयमा तीन जनाबीच झगडा भएको थियो ।...
काठमाण्डू, २० फागुन– पूर्व प्रधानमन्त्री एवं प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कांग्रेस९एमाले गठबन्धनको सरकार जति रहन्छ आफ्नो पार्टीलाई त्यति फाइदा हुने दाबी गरेका छन । आज मंगलबार कैलालीको टिकापुरमा हुने थारु राष्ट्रिय मुक्ति मोर्चाको राष्ट्रिय सम्मेलन उद्घाटन गर्न जाने क्रममा...
काठमाण्डू, २० फागुन– पूर्व मन्त्री एवं कांग्रेस नेता अर्जुननरसिंह केसीले संविधान संशोधनका लागि सर्वदलीय समिति बनाएर सहमति खोज्नुपर्ने धारणा व्यक्त गरेका छन । उनले संसद भित्र रहेका दलहरु मात्र नभइ संसद बाहिर रहेका दल समेतलाई समेटेर सर्वदलीय समितिमा व्यापक छलफल गरेर निष्कर्षमा पुग्नुपर्ने पनि...
काठमाण्डू, २० फागुन– ललितपुरको टिकाथलीमा पानीका लागि बोरिङ गर्ने क्रममा आगोको ज्वाला निस्किएको छ । बोरिङको पाइप गाडेको स्थानबाटै आगोको ज्वाला दन्किरहेको जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता नरहरि रेग्मीले जानकारी दिएका छन । स्थानीयले हिलो र पानी छ्यापेर आगो निभाउने प्रयास गरिरहेका छन् ।...
काठमाण्डू, २० फागुन- मेलम्ची खानेपानी आयोजनाको पाइप फुटेर काठमाण्डूको थापाथली डुबानमा परेको छ । थापाथली चोक नजिकै मंगलबार बिहानै मेलम्चीको पाइप फुटेको हो । थापाथलीबाट प्रसुती गृहतिर जाने जाने सडकमा पाइप फुटेर बाढी आउँदा थापाथली क्षेत्र डुबानमा परेको छ । बाढीले सडक भासिएको छ...
काठमाण्डू, १९ फागुन- मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले समाजलाई अनुशासित र चरित्रवान बनाउन नैतिक शिक्षा र सिकाइ पद्धति सुधार गर्नुपर्ने बताएका छन् । सोमबार राष्ट्रपति कार्यालयमा आयोजित नरकान्त योग राष्ट्रिय पुरस्कार तथा भैरव सदाचार राष्ट्रिय पुरस्कार समर्पण कार्यक्रममा उनले यस्तो बताए । उनले अरूलाई घोचपेच...
काठमाण्डू, १९ फागुन- पूर्वराष्ट्रपति विद्या भण्डारीले एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी ओलीलाई कम्युनिस्ट ध्रुवीकरणको दिशामा योगदान गर्न सुझाव दिएकी छन् । केपी शर्मा ओली सपना, संघर्ष र संकल्प नामक पुस्तक लोकार्पण कार्यक्रममा सोमबार भण्डारीले कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध बनाउन भूमिका खेल्न ओलीलाई सुझाएकी हुन् ।...
काठमाण्डू, १९ फागुन- अत्यास लाग्दो लोडसेडिङ अन्त्य गरेका कारण जनताबीच लोकप्रिय छवि बनाएका नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई सरकारले भने शून्य नम्बर दिएको छ । जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले चालु आर्थिक वर्ष ०८०\०८१ मा खड्कालाई कार्यसम्पादन मूल्यांकनमा शून्य नम्बर दिएका...
काठमाण्डू, १९ फागुन– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गुट र फुटलाई परास्त गरेर कम्युनिस्ट आन्दोलनलाई पुनः एकताबद्ध गर्न प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीबाट योगदान पुग्ने आशा व्यक्त गरेकी छिन् । आज (सोमबार) काठमाण्डूमा ‘केपी शर्मा ओलीः सपना, संघर्ष र संकल्प’ नाम पुस्तक लोकार्पण...
काठमाण्डू, १९ फागुन– नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका बेचन झाको मुद्दामा सर्वोच्च अदालतले मिसिल झिकाउने आदेश गरेको छ । आज (सोमबार) तिलप्रसाद श्रेष्ठ र महेश शर्मा पौडेलको इजलासले मिसिल झिकाउने आदेश दिएको हो । गएको असार ५ गते नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न...