मधेश भवनभित्र मधेश शहीद प्रतिष्ठानका सदस्य मृत भेटिए

काठमाण्डु टुडे २०८१ फागुन २० गते १३:०२ मा प्रकाशित

काठमाण्डू, २० फागुन– मधेश भवनभित्र रहेको आवासमा मधेश शहीद प्रतिष्ठानका सदस्य मृत अवस्थामा भेटिएका छन । सदस्य नरेश यादव आज बिहान आफ्नै ओछ्यानमा मृत अवस्थामा भेटिएका हुन ।

बिहान ७ बजे आफ्नै ओछ्यानमा यादव मृत फेला परेका हुन् । उनले त्यहाँ बान्ता गरेको भेटिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डिएसपी वरुणबहादुर सिंहले जानकारी दिए ।

मृत्युको कारण भने नखुलेको डिएसपी सिंहले जानकारी दिएका छन । उनको शव बिहानै पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल जनकपुरमा लगिएको छ । घटना बारेमा थप अनुसन्धान भइरहेको र पोस्टमार्टम रिपोर्टपश्चात उनको मृत्युको कारण खुल्ने प्रहरीले जानकारी दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us