काठमाण्डु, १० वैशाख– पूर्वराज्यमन्त्री तथा नयाँ शक्ति पार्टीकी नेत्री लीला भण्डारी एमाले प्रवेश गरेकी छन् । भण्डारीसँगै पूर्वराजदूत माया शर्मा, पूर्वसभासद् सुकदैया चौधरीलगायत १७५ नेता कार्यकर्ता एमालेमा प्रवेश गरेका हुन् । नवप्रवेशीलाई एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी कार्यालयमा सोमबार स्वागत गरे...
चितवन, १० वैशाख– गृहमन्त्री रामबहादुर थापाले ट्राफिक प्रहरीको एसिड प्रहारबाट घाइते भएकी महिलाको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् । सोमबार अपराह्न भरतपुर अस्पताल पुगेर उनले सो जानकारी लिएका हुन् । ट्राफिक प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक रामचन्द्र खनियाँले सोमबार भरतपुरस्थित त्रिचोक नजिकै एसिड प्रहार...
काठमाण्डु, १० वैशाख– रक्षामन्त्री ईश्वर पोखरेलले मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठमाथि आक्रमण गर्ने आक्रमणकारीलाई तत्काल पक्राउ गर्न प्रमुख जिल्ला अधिकारी र प्रहरी परिषरका प्रमुखलाई निर्देशन दिएका छन् । श्रेष्ठको स्वास्थ्य अबस्था बुझ्न मध्यपुरथिमिस्थित कोरियामैत्री अस्पताल पुगेका मन्त्री पोखरेलले प्रजिअ द्रोण पोखरेल र प्रहरी परिषरका...
काठमाण्डु, १० वैशाख – एकताको चरणमा रहेको नेकपा माओवादीका दर्जनौं कार्यकर्ता आजै नेकपा एमाले प्रवेश गरेका छन् । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नवप्रवेशी कार्याकर्तालाई नेकपा एमाले पार्टी कार्यालय धुम्बाराहीमा स्वागत गरेका छन् । नवप्रवेशी टोलीमा नयाँ शक्ति नेपालका कार्यकारिणी सदस्य...
कञ्चनपुर, १० वैशाख – अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियनका कार्यवाहक अध्यक्ष पद उपाध्यक्ष महेश बर्तौलाले सम्हालेका छन् । अनेरास्ववियू अध्यक्ष नविना लामाले व्यक्तिगत र पारिवारिक कारण आफूले पार्टीको नियमित कार्यसम्पादन तथा कामको अगुवाइ गर्न समय अभाव देखाउँदै सो पद उपाध्यक्ष बर्तौलालाई हस्तान्तरण गरेकी...
कञ्चनपुर, १० वैशाख – खानेपानी मन्त्री बिना मगरले तीन जना बालबालिकाको अभिभावकत्व ग्रहण गरेकी छन् । विद्यार्थी भर्ना राष्ट्रिय अभियान अन्तर्गत मन्त्री मगरले कञ्चनपुरका ३ बालबालिकाको शैक्षिक अभिभावकत्व ग्रहण गरेकी हुन् । मन्त्री मगरले बेलौरी नगरपालिका–१० शिवनगरस्थित शिद्धेश्वर माविमा सन्दिप चौधरीलाई ७ कक्षामा, बेलौरीकै...
चितवन, १० वैशाख – गृहमन्त्री रामबहादुर थापाले अहिलेको समय विकास र समृद्धिको रहेको बताएका छन् । रत्नगर उद्योग वाणिज्य संघ रत्ननगरको १९औँ साधारणसभाको आज टाँडीमा उद्घाटन गर्दै उनले राजनीतिक व्यवस्था परिवर्तन भइसकेको भन्दै अबको समय विकास र समृद्धिको रहेको बताए । विकास र समृद्धिका...
धनुषा, १० वैशाख – संघीय सरकारले तोकेबाहेक प्रदेश नं २ मा थप आठ दिन सार्वजनिक बिदा हुने भएको छ । प्रदेश नं २ मा मनाइने विभिन्न पर्व र दिवसमा सरकारले बिदा दिने निर्णय गरेको छ । प्रदेश सरकारको सो निर्णयबमोजिम वैशाख ११ गते जनकपुरमा...
धनुषा, १० वैशाख – नेपालका लागि भारतीय राजदुत मंजिवसिंह पुरीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी केही दिनभित्रै जनकपुरको भ्रमण गर्ने बताएका छन् । जानकी नवमीको अवसरमा रमायन सर्किटले आयोजना गरेको तीन दिवसीय मेलाको उदघाटन कार्यक्रमलाई सम्बोधन गर्दै राजदूत पुरीले मोदी चाँडै जनकपुर आएर सम्बोधन गर्ने...
काठमाण्डु, १० वैशाख – नयाँ शक्ति पार्टी, नेपालका संयोजक एवम् पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले भूकम्पपछिको पुनर्निर्माणको अनुदान रकमएकमुष्ट रुपमा उपलब्ध गराउन सरकारसँग माग गरेका छन् । संयोजक भट्टराईले किस्ताबन्दीमा अनुदान सहायता उपलब्ध गराएर सरकारले जनतालाई सास्ती दिइरहेको आरोप लगाए । उनले स्थानीय तहको सरकार...
काठमाण्डु, १० वैशाख – नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले मुलुकलाई समृद्ध बनाउने अवसरलाई सरकारले सदुपयोग गर्न नसके वाम गठबन्धन नेतृत्वको सरकारलाई पनि जनताले ढाल्ने बताएका छन् । सोमबार काठमाण्डुमा राउटे लोपोन्मुख सिमान्तकृत वर्ग उत्थान प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा बोल्दै गौतमले मुलुक निर्माण गर्ने अवसरलाई...
काठमाण्डु, १० वैशाख – पूर्वप्रधानमन्त्री एवं एमाले वरिष्ठ नेता माधवकुमार नेपालले भूकम्पपछिको पुनर्निर्माणको जिम्मा धुर्मुस–सुन्तलीलाई दिन प्रस्ताव गरेका छन् । सोमबार काठमाडौंमा पत्रकार किशोर पन्थीको पुस्तक ‘कम्पन’ को विमोचन कार्यक्रममा नेता नेपालले पीडित व्यक्तिहरुलाई पैसा दिएर घर निर्माण गर्नु भन्दा धुर्मुस–सुन्तलीलाई जिम्मा दिनुपर्ने बताएका...