काठमाण्डु, १० वैशाख – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बैशाख २८ गते दुई दिने राजकीय भ्रमणमा नेपाल आउने निश्चित भएको छ । दिल्लीले प्रस्ताव गरेको तिथि प्रधानमन्त्री केपी शर्मा ओलीले अनुमोदन गरेपछि मोदी सोही दिने नेपाल आउने पक्का भएको बालुवाटार स्रोतले जनाएको छ । आफ्नो...
बुटवल, १० वैशाख – प्रदेश नम्बर ५ का सामाजिक विकास मन्त्री सुदर्शन बरालले आफ्नी छोरीलाई सामुदायिक विद्यालयमा भर्ना गरेका छन् । मन्त्री बरालले छोरी मुनालाई बुटवलको कालिका मानवज्ञान माविमा कक्षा ६ मा भर्ना गरेका हुन् । सो अवसरमा बोल्दै मन्त्री बरालले सामुदायिक विद्यालयको गुणस्तर...
काठमाण्डु, १० वैशाख – नेकपा माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुसालले केही विषयहरु टुङ्गिनासाथ एमालेसँग पार्टी एकता हुने दाबी गरेकी छिन् । प्रवक्ता भुसालले जनयुद्ध, चुनाव चिन्ह र संगठनबारे विवाद नमिलेको बताइन् । राजनीतिक प्रतिवेदनमा जनयुद्धको भूमिका उल्लेख भइसकेको भन्दै उनले भनिन्, ‘जनयुद्धले नेपालको परिवर्तनमा...
काठमाण्डु, १० वैशाख – नेपाली कांग्रेसको जारी केन्द्रीय समिति बैठकमा विगतका गल्ती सुधार्दै पार्टीलाई एकढिक्का बनाउने बहस चलिरहेको छ । तर, यही समयमा कांग्रेसको भातृ संगठन नेविसंघमा भने आन्तरिक विवाद उत्कर्षमा पुगेको छ । नेविसंघ अध्यक्ष नैनसिंह महरको कार्यशैलीबाट असन्तुष्ट पक्षले पार्टी सभापति शेरबहादुर...
जनकपुर, १० वैशाख — मुख्यमन्त्री लालबाबु राउतले सिंहदरबारमा बस्नेहरूले जनताको अधिकार आफ्नै मुठीमा राख्न चाहेको आरोप लगाएका छन् । प्रदेशलाई अधिकार नदिइएका कारण आमनागरिकले सुशासनको अनुभूति गर्न नसकेको उनको आरोप छ । स्थानीय तह कर्मचारी मिलन केन्द्र प्रदेश २ को प्रादेशिक भेलालाई आइतबार सम्बोधन गर्दै उनले...
इनरुवा, १० वैशाख – संघीयता कार्यान्वयनका लागि विकास र समृद्धि आवश्यक रहेको संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले बताए । सुनसरीको हरिनगरा गाउँपालिका–३ गौतमपुर र ४ बीचको कालोपत्रे सडक निर्माण शिलान्यास कार्यक्रममा आइतबार अध्यक्ष यादवले सो कुरा बताएका हुन् । यादवले मुलुक लामो...
काठमाण्डु, ९ वैशाख – सर्वोच्च अदालतका कामु प्रधानन्यायाधीश दीपकराज जोशी न्यायालयको गरिमालाई भुलेर राजनितिक दलका नेताहरुको घरदैलोमा धाउन थालेका छन् । तात्कालीन प्रधानन्यायाधीश गोपाल पराजुलीलाई न्यायपरिषदको सचिवले पदमुक्त गरेपछि दीपकराज जोशी कायम मुकायम प्रधानन्यायाधीश बनेका हुन् । संवैधानिक परिषदले प्रधानन्यायाधीश बनाउने निर्णय गर्नमा ढिलाइ...
काठमाण्डु, १० वैशाख – नेकपा माओवादी केन्द्रबाट अलग भएका गोपाल किराँतीले आफ्नो नेतृत्वमा राष्ट्रिय भेला आयोजक समिति गठन गरेका छन् । साथै नेताहरुको कार्यविभाजन गर्दै सातवटै प्रदेशको संयोजक पनि तोकिएको छ । लेनिन दिवस तथा नेपाल कम्युनिष्ट पार्टी स्थापना दिवसको अवसरमा किराती पक्षको बैठक...
काठमाण्डु, १० वैशाख – पञ्चेश्वर बहुउद्देश्यीय आयोजनालाई अगाडि बढाउने लक्ष्यका साथ नेपाल र भारतका जलस्रोत अधिकारीको संयुक्त बैठक आजदेखि काठमाण्डुमा सुरु हुँदैछ । पञ्चेश्वर विकास प्राधिकरणको नीति तथा कार्यक्रम तथा आर्थिक विषयलाई एकरुपता दिइ आयोजना अगाडि बढाउने लक्ष्यका साथ संयुक्त बैठकको आयोजना हुन लागेको...
इनरुवा, १० वैशाख– संघीयता कार्यान्वयनका लागि विकास र समृद्धि आवश्यक रहेको संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले बताएका छन् । सुनसरीको हरिनगरा गाउँपालिका–३ गौतमपुर र ४ बीचको कालोपत्रे सडक निर्माण शिलान्यास कार्यक्रममा अध्यक्ष यादवले सो कुरा बताएका हुन् । यादवले मुलुक लामो द्वन्द्व...
काठमाण्डु, ९ वैशाख– देशको स्वाभिमानको रक्षा र जनताको सेवा गर्ने भन्दै माओवादी पूर्वजनमुक्ति सेना पार्टी, नेपाल गठन गरिएको छ । रञ्जीत गुरुङको अध्यक्षतामा ९५ सदस्यीय कार्यसमिति गठन गरिएको सो पार्टीद्वारा आज जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । स्वाभिमानको रक्षा गर्न आम उत्पीडित, शोषण, अन्याय...
काठमाण्डु, ९ वैशाख– एमाले–माओवादी एकताबारे आशंका बढेका बेला एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी ओलीले पार्टी एकता अब नटर्ने उदघोष गरेका छन् । लेनिन जयन्तीका अवसरमा आइतबार राजधानीको सभागृहमा दुवै पार्टीद्वारा संयुक्त रुपमा आयोजित कार्यक्रममा उनले पार्टी एकताको विकल्प नभएको बताए । दुवै पार्टीका अगाडि...