राजनीति

सम्बोधन गर्न सभागृह पुगेका अ‍ोली प्रचण्ड वार्तामा, कारण यस्तो

२०७५ वैशाख ९ गते १४:५३

काठमाण्डु, ९ वैशाख – पार्टी एकताको सन्देश दिन एमाले र माओवादीले आयोजना गरेको संयुक्त सभा अझै सुरु हुन सकेको छैन । ब्यानरमा लेनिनको फोटो नराखेको भन्दै लफडा भएपछि कार्यक्रम सुरु हुन नसकेको हो । सभामा सम्बोधन गर्न प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी शर्मा...

कर्णालीको नीति तथा कार्यक्रम प्रदेश प्रमुखसमक्ष पेश

२०७५ वैशाख ९ गते १४:५०

सुर्खेत, ९ वैशाख – कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सरकारका नीति तथा कार्यक्रम प्रदेश प्रमुख दुर्गाकेशर खनालसमक्ष आज पेश गरेका छन् । बिहान ११ः३० बजे प्रदेश प्रमुखको कार्यालयमा सरकारको नीति तथा कार्यक्रम पेश गरिएको मुख्यमन्त्रीका प्रेस सल्लाहकार ध्रुव बुढाथोकीले जानकारी दिए । मन्त्रिपरिषद् बैठकद्वारा...

प्रदेश नं ७ः विधेयक तर्जुमा गर्न स्वीकृति

२०७५ वैशाख ९ गते १४:४३

धनगढी, ९ वैशाख – प्रदेश नं ७ को मन्त्रिपरिषद्को आज बसेको बैठकले प्रदेश आकष्मिक कोषसम्बन्धी विधेयक तर्जुमा गर्न सैद्धान्तिक सहमति दिएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय धनगढीमा बसेको बैठकले गाउँसभा, नगरसभा र जिल्लासभाका सन्दर्भमा विधेयक तर्जुमा गर्न सहमति दिएको सरकारका प्रवक्ता प्रकाशबहादुर शाहले...

उर्जामन्त्रीको घोषणाः दश वर्षमा १० हजार मेगावाट विद्युत उत्पादन हुन्छ

२०७५ वैशाख ९ गते १४:२९

सिन्धुपाल्चोक, ९ वैशाख – उर्जामन्त्री बर्षमान पुनले आगामी दश वर्षभित्र १० हजार मेगावाट विद्युत उत्पादन गर्ने बताएका छन् । सानोसिरुवारीमा सौर्य लिफ्ट खानेपानीको उद्घाटन गर्न आएका ऊर्जामन्त्री पुनले आगामी दश वर्षभित्र १० हजार मेगावाट विद्युत उत्पादन गर्ने योजनाका साथ सरकार अघि बढेको बताएका हुन्...

स्वच्छ खानेपानीका लागि दीर्घकालीन र अल्पकालीन योजना बनाउँदै मन्त्री बिना

२०७५ वैशाख ९ गते १४:२४

चितवन, ९ वैशाख – खानेपानीमन्त्री बिना मगरले स्वच्छ खानेपानीको पहुँचका लागि दीर्घकालीन र अल्पकालीन योजना बनाएर काम गरिने बताएकी छन् । खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयको अनुगमनपछि उनले अहिलेसम्म राष्ट्रिय गौरवका योजना धेरै नहुँदा समस्या आएको बताइन् । तराईका २२ जिल्लामा पानीको समस्या समाधानका...

प्रधानमन्त्री भन्छन्ः सार्कको असमझदारी हटाउन मोदीसँग कुरा गरेको छु

२०७५ वैशाख ९ गते १४:२३

काठमाण्डु, ९ वैशाख – प्रधानमन्त्री केपी शर्मा ओलीले दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क) मा देखिएको असमझदारी हटाउन पहल भइरहेको बताएका छन् । हाल सार्कको अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले सार्कमा देखिएको असमझदारी हटाउन आफूले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र पाकिस्तानका प्रधानमन्त्री साहिद खकान अब्बासीसँग...

यसकारण गुमाएछ कांग्रेसले आफ्नो लोकप्रियता, कुलबहादुर गुरुङले गरे भण्डाफोर

२०७५ वैशाख ९ गते १४:१९

काठमाण्डु, ९ वैशाख – नेपाली कांग्रेसका केन्द्रीय सदस्य कुलबहादुर गुरुङले पार्टीले बीपीको विचार र चिन्ता छाडेकाले कांग्रेसको हालत यस्तो भएको बताएका छन् । आज पार्टी मुख्यालय सानेपा पार्टीको केन्द्रीय समितिलाई पार्टी हारको कारणबारे आफ्नो विचार प्रस्तुत गर्दै गुरुङले उक्त भनाइ राखेका हुन् । ‘अहिले...

सिन्डिकेट खारेज भएपछि नारायणी यातायात ब्यवसायी संघले निकाल्यो नयाँ विकल्प

२०७५ वैशाख ९ गते १४:१७

काठमाण्डु, ९ वैशाख – सिन्डिकेट खारेज गर्ने सरकारी निर्णयसँगै नेपालकै ठूलो यातायात ब्यवसायी संघ नारायणी यातायात ब्यवसायी संघले नयाँ विकल्प अघि सारेको छ । सिन्डिकेट खारेज गरेपनि संस्था खारेज नगर्न संघले सरकारको ध्यानाकर्षण गराएको छ । संघका महासचिव सरोज खनालले आफूहरु सिन्डिकेट खारेज गर्ने...

ब्यानरबाट ओली र प्रचण्डको फोटो हटाइयो

२०७५ वैशाख ९ गते १३:२७

काठमाण्डु, ९ वैशाख – कार्यकर्ता उग्ररुपमा प्रस्तुत भएपछि वाम एकता दिवसको कार्यक्रममा राखिएको मुख्य ब्यानर झिकिएको छ । ठूलो संख्यामा रहेका कार्यकर्ताहरुले ब्यानरमा मार्क्स र लेनिनको फोटो नदेखिएपछि नाराबाजीमा उत्रेका थिए । विरोधका कारण ब्यानर नै निकालिएको हो । १२ बजे सुरु हुने भने...

प्रदेश समितिका लागि आज पनि मनोनयन

२०७५ वैशाख ९ गते १३:१६

काठमाण्डु, ९ वैशाख – नेपाल पत्रकार महासंघको प्रदेश समितिको निर्वाचनका लागि आज पनि उम्मेदवार मनोनयन हुँदैछ । यसअघि गत शुक्रबार मनोनयन गरिएकामा आज पुनः उम्मेदवारको मनोनयनका लागि म्याद थपिएको हो । अहिले १० बजेबाट दिउँसो ४ बजेसम्म उम्मेदवारको मनोनयनका लागि समय तोकिएको केन्द्रीय निर्वाचन...

लेनिन दिवसका दिन ओली र प्रचण्डको फोटो राखेपछि…

२०७५ वैशाख ९ गते १३:१५

काठमाण्डु, ९ वैशाख – लेनिन जयन्तीको अवसर पारेर एमाले र माओवादीले आइतबार संयुक्त सभा गर्दैछन् । पार्टी एकता गर्न लागेका दुई दलले संयुक्त रुपमा गर्न लागेको कार्यक्रमलाई शीर्ष नेताहरुले सम्बोधन गर्नेछन् । तर, कार्यक्रम सुरु नहुँदै विवाद भएको छ । लेनिन दिवसको अवसरमा आयोजित...

बाँकी कानून ५ महिनाभित्र बनाउन सरकारलाई ‘चुनौती’

२०७५ वैशाख ९ गते १२:२४

काठमाण्डु, ९ बैशाख – संविधान कार्यान्वयनसम्बन्धी अत्यावश्यक एक सयभन्दा बढी कानून अझै बन्न नसकेकोमा चिन्ता व्यक्त भएका छन् । संविधान जारी भएको तीन वर्षभित्र त्यस्ता कानून बनाइसक्ने भनिएकोमा अब त्यसका लागि पाँच महिना जति मात्रै बाँकी छ । कानूनमन्त्रीले आउँदो बर्खे अधिवेशनले ती कानून...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us