राजनीति

घर बहाल कर फिर्ता माग्दै चिरिबाबुले अर्थमन्त्रीलाई पत्र काटे, के गर्छन् खतिवडा ?

२०७५ वैशाख १९ गते ११:४१

काठमाण्डु, १९ वैशाख – ललितपुर महानगरपालिकाले संघीय सरकारले चालु आर्थिक वर्षमा आफ्ना क्षेत्रबाट उठाइएका सबै घर बहाल कर फिर्ता गर्न माग गरेको छ । मन्त्रिपरिषदको निर्णयलगत्तै ललितपुर महानगरपालिकाले साउनदेखि हालसम्म आफ्नो क्षेत्रबाट उठाइएको घर बहाल कर फिर्ता गर्न अर्थमन्त्री डा. युवराज खतिवडालाई पत्र काटेको...

गृहजिल्ला पुगेर देउवाले दिए मुख्यमन्त्रीलाई यस्ता सुझाब

२०७५ वैशाख १९ गते ११:३७

काठमाण्डु, १९ बेशाख – प्रदेश ७ को भ्रमणमा रहेका पूर्वप्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा र मुख्यमन्त्री त्रिलोचन भट्टबीच प्रदेशको समृद्धिका विषयमा छलफल भएको छ । भेटघाटका क्रममा पूर्वप्रधानमन्त्री देउवाले प्रदेशको समृद्धिका लागि मुख्यमन्त्री भट्टलाई पाँच सुझाब दिएका छन् ।मुख्यमन्त्री भट्ट मंगलबार बिहान धनगढीस्थित...

पार्टी एकताको प्रगतिबारे प्रचण्डले सचिवालयलाई ब्रिफिङ गर्दै

२०७५ वैशाख १९ गते ११:१६

काठमाण्डु, १९ वैशाख – पार्टी एकता लगायतका विषयमा छलफल गर्नका लागि नेकपा माओवादी केन्द्रको सचिवालय बैठक बस्दै छ । आज बिहान ११ बजेका लागि बोलाइएको बैठकमा एमालेसँग पार्टी एकताको विषयमा छलफल हुने बताइएको छ । माओवादी नेता देवेन्द्र पौडेलका अनुसार पार्टी एकताको विषयमा भएका...

नेपाल आउने तयारी गरेका नरेन्द्र मोदीले भारतीय नागरिकलाई यसरी ढाँटे

२०७५ वैशाख १९ गते १०:४९

काठमाण्डु, १९ वैशाख – दुई दिने (वैशाख २८ गते)नेपाल भ्रमणको तयारी गरिरहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले देशभरका गाउँँमा विद्युत्को पहुँच पुगेको दाबी गरेका छन् । ‘अन्ततः हामीले एउटा प्रतिबद्धता पूरा गरेका छौँ, जसका कारण लाखौँ भारतीयको जीवनस्तर सदाका लागि परिवर्तन भएको छ,’ प्रधानमन्त्री मोदीले...

पार्टी एकताबारे एमाले–माओवादीले आजै गर्दैछन् फाइनल ‘डिसिजन’

२०७५ वैशाख १९ गते १०:४०

काठमाण्डु, १९ वैशाख – दुई पार्टीबीचको एकताको विषयमा छलफल गर्न एमाले र माओवादी केन्द्रको छुट्टाछुट्टै बैठक बुधबार बस्दै छ । एमाले स्थायी समितिको बैठक दिउँसो बस्ने छ । प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओली झापाबाट फर्किएपछि एमाले स्थायी समिति वैठक बस्ने छ...

भ्रष्टाचार बढ्नुमा राजनीतिक दल र कर्मचारीतन्त्र दोषी

२०७५ वैशाख १९ गते ८:३४

काठमाण्डु, १९ वैशाख– भ्रष्टाचार बढ्नुमा राजनीतिक दल र कर्मचारीतन्त्र दोषी देखिएको विभिन्न राजनीतिक दलका नेताले बताएका छन् । नेपाल विद्यार्थी क्लबले यहाँ आयोजना गरेको ‘नेपालमा भ्रष्टाचार नै छैन ?’ विषयक अन्तरक्रिया कार्यक्रममा उनले राजनीतिक दल र कर्मचारीतन्त्रबाट हुने भ्रष्टाचार रोक्ने हो भने भ्रष्टाचार धेरै...

सरकारमा जानेबारे उपेन्द्र यादवले खोले मुख

२०७५ वैशाख १९ गते ८:२५

काठमाण्डु, १९ वैशाख– राष्ट्रिय लोकतान्त्रिक टे«ड युनियन महासंघ स्वतन्त्र र समाजवादी टे«ड युनियन महासंघ नेपालबीच एकता भएको छ । संघीय समाजवादी फोरमका भातृसंगठन समाजवादी टे«ड युनियन र स्वतन्त्र रहेको राष्ट्रिय लोकतान्त्रिक टे«ड युनियनबीच आज श्रमिक दिवसको दिन एकताभई समाजवादी लोकतान्त्रिक टे«ड युनियन महासंघ बनेको...

कसले ल्यायो राजनीतिक अस्थिरता ? गृहमन्त्री यसो भन्छन्

२०७५ वैशाख १८ गते १७:५३

काठमाण्डु, १८ वैशाख – गृहमन्त्री एवम् नेकपा माओवादी केन्द्रका वरिष्ठ नेता रामबहादुर थापाले विभिन्न धर्म र जातको नाममा तथा समानान्तर सरकारको नाममा राजनीतिक अस्थिरता ल्याउने षडयन्त्र भइरहेको बताएका छन् । मंगलबार प्रदेश ३ को राजधानी हेटौंडामा स्थानीय सञ्चारकर्मीमाझ उनले त्यस्ता षडयन्त्रलाई निस्तेज पार्न सरकार...

जिफन्टको कार्यक्रममा कड्किए रक्षामन्त्री, भन्छन्ः यस्तो कुरा अब चल्दैन

२०७५ वैशाख १८ गते १७:२८

काठमाण्डु, १८ वैशाख – नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले पार्टी एकतापछि मेरो अवस्था के हुन्छ भन्ने सोचाइ दुर्भाग्यपूर्ण हुने बताएका छन् । मंगलबार नेपाल ट्रेड युनियन महासंघ जिफन्टको कार्यक्रममा उनले भोलि आफू कहाँ सुरक्षित हुने भनेर सोच्नु उपयुक्त नहुने बताएका हुन् । ‘आफूलाई केन्द्र...

एकतापछिको पार्टी प्रचण्डको कब्जामा, योगेश भट्टराईले गरे यस्तो खुलासा

२०७५ वैशाख १८ गते १७:२०

काठमाण्डु, १८ वैशाख – नेकपा एमालेका सचिव योगेश भट्टराईले एमाले–माओवादी केन्द्रबीचको एकता हुनेबित्तिकै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पहिलो शुभकामना आउने स्पष्ट पारेका छन् । उनले भने,‘एमाले र माओवादीबीच एकता हुँदा भारतीय प्रधानमन्त्री मोदी र चिनीयाँ राष्ट्रपति सि जिनफिङको शुभकामना आउँछ।’ एमाले–माओवादी एकताप्रति मोदीको सद्भाव...

कम्युनिष्टलाई रामचन्द्रको चुनौतीः कसरी गर्छन हेरौंला

२०७५ वैशाख १८ गते १७:०६

दमौली, १८ वैशाख – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपाली कांग्रेसको सिद्धान्तले चुनाव जिते पनि पार्टीले चुनाव हारेको टिप्पणी गर्दै यसमा नेतृत्वको कमजोरी भएको बताएका छन् । एक सय २९ औं अन्तर्राष्ट्रिय मजदुर दिवसका अवसरमा नेपाल ट्रेड युनियन कांग्रेसले गृहजिल्ला तनहुँको दमौलीमा आयोजना...

देवेन्द्र पौडेल भन्छन्ः ५०–५० मा पार्टी एकता हुँदैन

२०७५ वैशाख १८ गते १६:५४

काठमाण्डु, १८ वैशाख – नेकपा माओवादी केन्द्रका नेता एवम् प्रतिनिधिसभा सदस्य देवेन्द्र पौडेलले यही वैशाखभित्रै पार्टी एकता हुने स्पष्ट पारेका छन् । सोमबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता पौडेलले यस्तो बताएका हुन् । उनले भने,‘पार्टी एकता हुन्छ, ढुक्क हुन सबैलाई आग्रह...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us