काठमाण्डु, १९ बैशाख – कानून, न्याय तथा संसदीय मामिलामन्त्री शेरबहादुर तामाङले सरकारले केही दिनभित्रै अनलाईन मिडियाहरुलाई व्यवस्थित र मर्यादित बनाउनको लागि सरकारले छिट्टै नयाँ निर्देशिका ल्याउने बताएका छन् । न्यूज लाईन्स् मिडिया प्रा.लि.को प्रथम वार्षिकोत्सवको अवसरमा बुधबार रिपोर्टर्स क्लब नेपालमा आयोजित एक कार्यक्रममा बोल्दै...
काठमाण्डु,१९ वैशाख – विद्यार्थी संगठनहरुले निजी विद्यालय सञ्चालकको प्रतिनिधिमूलक संस्था प्याब्सन र एनप्याब्सनको कार्यालयमा तालाबन्दी गरेका छन् । निजी विद्यालयले भर्ना र मासिक शुल्कमा गरिरहेको मनपरीलाई बढावा दिन प्याब्सन र एनप्याब्सन नै लागेको भन्दै अनेरास्ववियु, नेपाल विद्यार्थी संघ र अनेरास्ववियु क्रान्तिकारीले तालाबन्दी गरेका हुन्...
भक्तपर, १९ वैशाख मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठलाई गत ८ गते शनिबार आक्रमण गर्ने आक्रमणकारीलाई पक्राउ गर्न माग गर्दै आज जिल्ला प्रशासन कार्यालय भक्तपुरमा धर्ना दिँदै घेराउ गरिएको छ । युवा संघ नेपाल, अखिल नेपाल महिला संघ, अनेरास्ववियु, जनप्रतिनिधि र स्थानीय बासिन्दाले आक्रमणकारीलाई पक्राउ...
काठमाण्डु, १९ बैशाख –– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले र माओवादीबीच ६०–४० को आधारमा नभई समान हैसियतमा पार्टी एकता हुने बताएका छन् । समान हैसियतमा पार्टी एकता गर्न एमाले–माओवादीबीच समझदारी भइसकेको उनको भनाई थियो । आज पार्टी कार्यालय पेरिसडाँडामा बसेको सचिवालयको...
काठमाण्डु, १९ वैशाख – नेपाल र भारतमा बसोबास गर्ने लिम्बु धर्मावलम्बीहरुको दुईदिने धर्मसभा धरानमा सम्पन्न भएको छ । मन्धुम युमा साम्यो धर्मसभाले अबदेखि ‘किरात धर्म’ नमान्ने र नलेख्ने घोषणा गरेको छ । मुन्धुम सभाले गरेको यस्तो घोषणाबाट पूर्वी नेपाल र भारतका विभिन्न ठाउँमा बसोबास...
धनगढी, १९ वैशाख – प्रदेश नं ७ को मन्त्रिपरिषद्को आज बसेको बैठकले प्रदेश सभाका पदाधिकारी र सदस्यहरुको सेवासुविधासम्बन्धी विधेयकको मस्यौदालाई सहमति दिएको छ । मुख्य मन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय धनगढीमा बसेको बैठकले स्थानीय तहका पदाधिकारी र सदस्यहरुले पाउने सेवासुविधाका सम्बन्धमा बनेको विधेयकलाई स्वीकृति दिई...
काठमाण्डु, १९ वैशाख – बाँसबारीस्थित न्यूरो अस्पतालमा उपचाररत न्यूरोसर्जन डाक्टर उपेन्द्र देवकोटालाई नेकपा माओवादी केन्द्रका नेता पुष्पकमल दाहाल प्रचण्डले भेट गरेका छन् । दाहालले उपचाररत देवकोटाई भेटेर स्वास्थ्य स्थितिको बारेमा जानकारी लिएको अस्पताल प्रशासनले जनाएको छ । १० मिनेट अस्पतालमा बसेका दाहालले डा देवकोटाको...
काठमाण्डु, १९ वैशाख – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणअघि नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका एक नेता भारतमा पक्राउ परेका छन् । मोरङ घर भएका ६० वर्षीय सुरेश कुमार राई उर्फ सागर राईलाई कोलकाताको स्पेसल टास्क फोर्सको विशेष टिमले दिल्लीबाट पक्राउ गरेको...
काठमाण्डु, १८ वैशाख – सरकारले काठमाण्डु उपत्यका नजिकै वैकल्पिक विमानस्थल निर्माणका लागि उपयुक्त स्थान छनोट गर्न ६ सदस्यीय समिति गठन गरेको छ । बु्धबार संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री रवीन्द्र अधिकारीले मन्त्रीस्तरीय निर्णयबाट इन्जिनियर कमलकुमार केसीको संयोजकत्वमा ६ सदस्यीय समिति गठन गरेका हुन्...
बुटवल, १९ वैशाख – नेपाली कांग्रेसका नेता गगन थापाले पार्टी एकता हुन नसकेकोमा अरुलाई मुछ्ने काम नगर्न एमाले र माओवादी नेताहरुलाई चेतावनी दिएका छन् । गुल्मी जाने क्रममा बुधबार बुटवलमा पत्रकारहरुसँग कुरा गर्दै नेता थापाले एकताका लागि शुभकामना दिए । एमाले र माओवादीले आपसमा...
झापा, १९ वैशाख – प्रधानमन्त्री केपी शर्मा ओलीले देशरभर शुद्ध खानेपानी उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह जिल्ला झापा पुगेका प्रधानमन्त्री अोलीले बुधबार दमकमा आयोजित कार्यक्रममा पानीको हाहाकार भोगिरहेका जनलाई शुद्ध खानेपानी खुवाउने प्रतिबद्धता व्यक्त गरेका हुन् । प्रधानमन्त्री ओलीले दमक–रवि बहुवर्षीय...
काठमाण्डु, १९ वैशाख – सरकारले सिन्डिकेटविरुद्ध कडा कदमचालेपछि यातायातव्यवसायीले वार्ताबाट समस्या समाधानगर्न आफूहरु तयार रहेको बताएका छन् । यातायात व्यवसायीहरुको छाता संगठनहरु गणतान्त्रिक यातायात व्यवसायी संगठन र नेपाल लोकतान्त्रिक यातायात व्यवसायी संगठनले संयुक्त पत्रकार सम्मेलन गरेर १३ बुँदै मागलाई सुझाबका रुपमा प्रस्तुत गर्दै सहमतिका...