राजनीति

प्रधानमन्त्रीले दोसल्ला ओढाएर भित्र्याएका कामचोर ठेकेदार पक्राउ

२०७५ जेठ २३ गते १७:४५

काठमाण्डु, २३ जेठ – तत्कालिन नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले दोसल्ला ओढाएर पार्टीमा भित्र्याएका एक नेता कामचोर ठेकेरदारको आरोपमा पक्राउ परेका छन् । सुनौती खिम्तीका ठेकेदार धर्मराज भण्डारी ‘भिमसेन’लाई प्रहरीले पक्राउ गरेको सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले पुष्टि गरेका छन्...

सांसदकाे तालिमका विषयमा कानूनमन्त्रीले मुख खाेले

२०७५ जेठ २३ गते १७:३०

काठमाण्डु, २३ जेठ – कानून, न्याय तथा संसदीय मामिलामन्त्री शेरबहादुर तामाङले दाताको खर्चमा सांसदहरूलाई तालिम दिइएको समाचार झूटा भएको जिकिर गरेका छन् । राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सो कुराको जिकिर गरेका हुन् । उनले भने,‘आइएनजिओको खर्चमा सांसदहरूलाई तालिम दिइएको भन्ने कुरा आएका...

मन्त्रालय मातहतमा अब ५४ वटामात्र विभाग

२०७५ जेठ २३ गते १७:१४

काठमाण्डु, २३ जेठ – संघीय संरचनामा केन्द्रीय मन्त्रालय मातहतमा ५४ वटामात्र विभाग हुने भएका छन् । यसअघि ६४ वटा विभाग हुने गरेकामा अब ५४ वटामात्र विभाग हुने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय प्रवक्ता सुरेश अधिकारीले जानकारी दिए । अहिले रहेका २१ मन्त्रालयको काम...

शान्ति र समृद्धि नै मूल लक्ष्यः मुख्यमन्त्री राई

२०७५ जेठ २३ गते १६:५३

इटहरी, २३ जेठ – प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले शान्ति र समृद्धि प्राप्ति नै अबको मूल उद्देश्य रहेकाले त्यसका लागि सबैले अझ मिहेनतपूर्वक काम गर्नुपर्नेमा जोड दिएको छ । डिभाइन ट्रेनिङ सेन्टर इटहरीले आज इटहरीमा आयोजना गरेको विशेष सम्मान समारोहमा बोल्दै उनले आर्थिक...

काँग्रेस सांसद पाण्डे नेतामा मनोनीत

२०७५ जेठ २३ गते १६:४३

काठमाण्डु, २३ जेठ – राष्ट्रियसभामा नेपाली काँग्रेस संसदीय दलको नेतामा सुरेन्द्रराज पाण्डे मनोनयन भएको छ । काँग्रेस सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवाले आज सांसद पाण्डेलाई राष्ट्रियसभाका लागि संसदीय दलको नेतामा मनोनयन गरेको हो । पार्टी संसदीय दलको विधान (संशोधन तथा परिमार्जनसहित, २०७४)...

यी ९ देशका राजदूत फिर्ता आउँदै, देउवाकी सासू पनि अयोग्य !

२०७५ जेठ २३ गते १६:४१

काठमाण्डु, २३ जेठ – सरकारले झण्डै एक दर्जन राजदूतहरुलाई फिर्ता बोलाउने भएको छ । कार्यदक्षतामा समस्या देखिएको भन्दै सरकारले ९ वटा देशबाट राजदूत फिर्ता लिन लागेको हो । फिर्ता गर्न लागिएकोमा अधिकांश काँग्रेस, राप्रपा र तत्कालिन फोरम लोकतान्त्रिकबाट राजदूत भएकाहरु छन् । राजदूत फिर्ता...

विप्लवमाथि गृहमन्त्रीको यस्तो ‘एक्सन’

२०७५ जेठ २३ गते १६:०८

काठमाण्डु, २३ जेठ – गृहमन्त्री रामबहादुर थापा बादल देशलाई विखण्डनतर्फ लैजाने तत्वहरुविरुद्ध कडा रुपमा प्रस्तुत हुन थालेका छन् । गृहमन्त्रालयको बागडोर सम्हालेको १ सय दिन पूरा भएको उपलक्ष्यमा गृहमन्त्रीले यस्ता तत्वविरुद्ध कडा रुपमा प्रस्तुत हुने बताए । आफ्ना पूर्वसहकर्मीसमेत रहेका नेत्रविक्रम चन्द नेतृत्वको नेकपालाई...

सिद्धबाबाको पहिरो हेरेपछि रघुबीरले भनेः जनतालाई सास्तीबाट मुक्त गराउँछु

२०७५ जेठ २३ गते १५:११

काठमाण्डु, २३ जेठ – भौतिक, पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री रघुबीर महासेठले सिद्धार्थ राजमार्गको बुटवल पाल्पा सडकखण्डको सिद्धबाबा मन्दिर आसपासको क्षेत्रमा पटक–पटक पहिरो गएर सडक अवरुद्ध हुने अवस्था अब आउन नदिने बताएका छन् । मन्त्रालयका सचिव, बिभागका निर्देशक सहितको प्राबिधिक टोलीसहित आज सिद्धबाबा क्षेत्रको...

लालबाबु भन्छन्ः दलितको समृद्धि विना प्रदेशको समृद्धि असम्भव

२०७५ जेठ २३ गते १४:३८

जनकपुर, २३ जेठ – प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले दलितको अधिकार हातमा हात बाँधेर प्राप्त नहुने बताएका छन् । दलितले आफनो अधिकारका लागि हात उठाएर अघि बढ्ने समय आएको छ, मुख्यमन्त्री राउतले भने,‘सदियौदेखि दलितमाथि हुँदै आएको विभेद अझै कायमै छ । प्रदेश...

ककनीमा बन्ने भयो प्रकाश दाहालको स्तम्भ

२०७५ जेठ २३ गते १४:२६

काठमाण्डु, २३ जेठ – नुवाकोटको पर्यटकीय स्थल ककनीमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल पच्रण्डका छोरा स्वर्गीय प्रकाश दाहालको स्तम्भ निर्माण गरिने भएको छ । स्तम्भको विश्व वातावरण दिवस–२०१८ को अवसरमा मंगलबार प्रकाश पत्नीसमेत रहेकी खानेपानीमन्त्री बिना मगर र नेपाल पर्वतारोहण संघका अध्यक्ष सन्तवीर लामाले संयुक्त...

ठेकेदारलाई ठिक पार्न मैदानमा उत्रिए गृहमन्त्री बादल

२०७५ जेठ २३ गते १४:०९

काठमाण्डु, २३ जेठ – गृहमन्त्री रामबहादुर थापा बादलले समयमै काम गर्न नगर्ने सबै ठेकेदारहरुलाई कार्वाही गर्ने चेतावनी दिएका छन् । गृहमन्त्रालयको जिम्मेवारी सम्हालेको एक सय दिन पूरा भएको अवसरमा पत्रकार सम्मेलन आयोजना गरेर मन्त्री थापाले यस्तो बताएका हुन् । ‘प्रचण्डका घरधनी शारदाप्रसाद अधिकारीले धेरै...

काे हुन् गृहमन्त्रीले भनेका सुनवाला माछा ?

२०७५ जेठ २३ गते १३:४४

काठमाण्डु, २३ जेठ – गृहमन्त्री रामबहादुर थापाले सरकारले सुशासनका लागि ठोस कदम चालिरहेको बताएका छन् । आफूले जिम्मेवारी सम्हालेको १०० दिन पूरा भएको अवसरमा पत्रकार सम्मेलन आयोजना गरेर मन्त्री थापाले यस्तो बताएका हुन् । ‘विकास र समृद्धिका लागि राजनीतिक स्थायित्व र सुशासन आवश्यक पर्छ...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us