काठमाण्डु, २४ जेठ – राष्ट्रिय जनता पार्टी (राजपा) प्रदेश–२ को सरकारबाट फिर्ता हुने भन्ने महासचिव मनिषकुमार सुमनले गरेको दावीको अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरले खण्डन गरेका छन् । विहीबार अपरान्ह विज्ञप्ती जारी गर्दै ठाकुरले सुमनको भनाईको खण्डन गरेका हुन् । ‘केन्द्रमा नेकपाको सरकारमा संघीय...
काठमाण्डु, २४ जेठ – गृह मन्त्रालयले नेपाल प्रहरी र सशस्त्र प्रहरी बलमा एआईजीको संख्या घटाउने भएको छ । गृहमन्त्रालय स्रोतले दिएको जानकारीअनुसार मन्त्रालयले एआईजीको संख्या घटाउने प्रस्ताव तयार गरेर मन्त्रिपरिषद्लाई सिफारिश गरेको छ । मन्त्रिपरिषदको शुक्रबार बस्ने वैठकले एआईजी संख्या घटाउने निर्णय गर्ने गृहमन्त्रालयका...
सुर्खेत, २४ जेठ – कर्णाली प्रदेशको संसद बैठक अवरुद्ध भएको छ । विपक्षी दल नेपाली कांग्रेसले बिहीबारको बैठक अवरुद्ध गरेको हो । कांग्रेसका सांसदले बजेट पारित भएको लामो समयसम्म पनि रातो किताब नपाएको भन्दै बैठक अवरुद्ध गरेका हुन् । कांग्रेस संसदीय दलका नेता जीवनबहादुर...
काठमाण्डु, २४ जेठ – उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले बचत संकलनले मात्र मुलुकको दिगो विकास लक्ष्य पूरा नहुने बताएको छ । उपप्रधानमन्त्री पोखरेलले बचत तथा ऋण सहकारी संस्थाको तेस्रो ‘शिखर गोष्ठी’ को आज काठमाण्डुमा उद्घाटन गर्दै संकलन भएका रकमलाई उत्पादकत्व वृद्धिमा लगानी गरी रोजगारी...
काठमाण्डु, २४ जेठ – प्रधानन्यायाधीशको नियुक्ति हुनुपर्ने माग राख्दै सर्वोच्च अदालतमा दायर दुई वटा रिट खारेज भएका छन् । बिहीबार न्यायाधीश चोलेन्द्रसम्शेर जबराको इजलासले रिट खारेजको निर्णय गरेको हो । लामो समयदेखि अदालतमा प्रधानन्यायाधीश रिक्त रहेको भन्दै अधिवक्ता सन्तोष भण्डारी, लक्ष्मीप्रसाद पोखरेलले रिट दायर...
काठमाण्डु, २४ जेठ – निर्वाचन आयोगले नेकपा एमाले र नेकपा माओवादी केन्द्रको नाम राखेर अरु दलहरुले तत्काल दल दर्ता गर्न नपाउने भएका छन् । तत्कालिन पार्टीका नाम, झण्डा र चुनावचिन्ह अन्य कुनै दलले प्रयोग गर्न नपाउने आयोगले प्रष्ट पारेको छ । नेपाल कम्युनिस्ट पार्टी...
काठमाण्डु, २४ जेठ – प्रतिनिधिसभाका सभामुख र उपसभामुखले राजीनामा दिनुपर्ने प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले माग गरेको छ । नेपाल कम्युनिष्ट पार्टी निर्वाचन आयोगमा विधिवत रुपले दर्ता भएकाले एउटै पार्टीबाट दुई जना बस्न नहुने भन्दै प्रतिपक्षि दलले राजीनामाको माग गरेको हो । संविधानको धारा...
काठमाण्डु, २४ जेठ – नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले दिलबहादुर घर्ती (लम्जुङ), शिवप्रसाद हुमागार्इं (काभ्रे) र शीला शर्मा खड्का (दाङ) लाई पार्टीको केन्द्रीय कार्यसमितिको सदस्य पदमा मनोनयन गरेका छन् । सभापति देउवाले आज उनीहरुलाई काँग्रेसको विधान २०१७ (संशोधित र परिमार्जित) को धारा (२१) (ठ)...
काठमाण्डु, २४ जेठ – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले साना तथा मझौला उद्योगको व्यवसाय विस्तार गर्न सके ठूला उद्योगको विकासमा सहयोग पुग्ने बतोएको छ । साना तथा मझौला व्यवसायी महासंघ नेपालको १५औँ स्थापना दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा अध्यक्ष दाहालले...
काठमाण्डु, २४ जेठ – पूर्व सांसद एवं माओवादी नेता बालकृष्ण ढुंगेललाई ओखलढुंगामा सम्मान गरिएको छ । द्वन्द्वकालको व्यक्ति हत्याको मुद्दामा जेल सजायँ भोगेर गणतन्त्र दिवसको अवसरमा जेठ १५ गते छुटेका ढुंगेललाई समर्थकले ओखलढुंगाका विभिन्न गाउँमा सम्मान कार्यक्रम आयोजना गरेका हुन् । ढुंगेल सम्मान कार्यक्रममा...
काठमाण्डु, २४ जेठ – नेपाल कम्युनिस्ट पार्टी (ने क पा)निर्वाचन आयोगमा दर्ता भएको छ । बिहीबार उक्त पार्टी निर्वाचन आयोगमा औपचारिक रुपमा दर्ता भएको हो । उक्त पार्टीको नाम ‘नेपाल कम्युनिस्ट पार्टी (ने क पा)’ रहने निर्वाचन आयोगले यसअघि नै जानकारी दिइसकेको थियो ।...
काठमाण्डु, २४ जेठ – संघीय समाजवादी फोरम नेपालले तत्काल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सँग पार्टी एकीकरणको कुनै सम्भावना नरहेको स्पष्ट पारेको छ । केन्द्र सरकारका उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री भई सामेल भएका संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले आज विज्ञप्ति जारी...