बुटवल – कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री चक्रपाणि खनालले जग्गाको कित्ताकाटमा लगाइएको प्रतिबन्ध फुकुवा गर्ने तयारी भइरहेको बताएका छन् । आज तिलोत्तमा नगरपालिपाकाको मणिग्राममा गाउँब्लक जग्गाको जग्गाधनी प्रमाण पूर्जा वितरण समारोहमा उनले भने, ‘कृषि भूमिको संरक्षण हुनेगरी कित्ताकाटमा लगाइएको प्रतिबन्ध फुकुवा गर्ने तयारी सरकारको...
काठमाण्डु, ३० असार – राष्ट्रिय जनता पार्टी (राजपा)को संसदीय दलको नेतामा नेता महन्थ ठाकुर सर्वसम्मत चयन भएका छन् । सिंहदरबारस्थित संसदीय दलमा आज बजेको राजपाको बैठकले सर्वसम्मतले राजपाका अध्यक्ष मण्डलका संयेजक महन्थ ठाकुरलाई संदीय दलको नेतामा छानेको राजपाका महामन्त्री तथा प्रदेश नं २ का...
काठमाण्डु, ३० असार – जुम्लामा आमरण अनसनरत डा. गोविन्द केसीलाई बलपूर्वक काठमाण्डु ल्याउन दुस्साहस नगर्न उनका समर्थकहरुले चेतावनी दिएका छन् । डा. केसीको माग पुरा गर्न माग गर्दै उनका समर्थकहरुले शनिबार राजधानीमा विशाल प्रदर्शन गरेका छन् । माइतीघर मण्डलाबाट सुरु भएको प्रदर्शन नयाँबानेश्वर पुगेर...
काठमाण्डु, ३० असार – गृहमन्त्री रामबहादुर थापाले देशभक्तिका लागि उत्तर कोरिया प्रेरणास्रोत भएको बताएका छन् । उत्तर कोरियाली राजदूत किम योङ हकसँग शुक्रबार शिष्टाचार भेटवार्ता गर्ने क्रममा गृहमन्त्री थापाले कोरियाली प्रायद्वीपमा सुरु भएको शान्तिप्रक्रियाबारे आशा व्यक्त गरेका थिए । ‘देशभक्तिको लागि उत्तर कोरिया सबैका...
काठमाण्डु, ३० असार – साहित्यकार तथा कलाकारको निधनपछि श्रद्धाञ्जलिका लागि कमलादीस्थित नेपाल प्रज्ञा–प्रतिष्ठानको परिसरमा पार्थिव शरीर राखिँदै आएकामा उक्त स्थानको विकल्पबारे बहस शुरु भएको छ । निधनपछि स्रष्टालाई राज्यको प्राज्ञिक निकायको डबलीमा राखेर सम्मान तथा श्रद्धाञ्जलि दिने परम्परा रहेकामा प्रतिष्ठानमा क्रियाशील तीन वटै कर्मचारी...
काठमाण्डु, ३० असार – प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वसांसद एवं पूर्वराज्यमन्त्री मो मुस्ताक आलमको उपचारका क्रममा गंगालाल हृदय केन्द्रमा शुक्रबार निधन भएकामा दुःख व्यक्त गरेका छन् । उनले दिवंगत आलमप्रति श्रद्धाञ्जलि अपर्ण गर्दै शोकसंतप्त परिवारमा समवेदना व्यक्त गरेका छन् ।...
काठमाण्डु, २९ असार– प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको चासोका विषयमा बहस गर्ने थलो संघीय संसद्लाई कोही मान्छेको स्वार्थ पूरा गर्ने गरी प्रयोग गर्न नहुने बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का ३ नं प्रदेशका सांसदहरुसँगको आजको भेटमा प्रधानमन्त्री ओलीले एउटा निहुँ झिकेर दुईजना...
काठमाण्डु, २९ असार – चीन र म्यानमारको औपचारिक भ्रमणको लागि असार १९ गते गएका प्रधानसेनापति राजेन्द्र क्षत्री भ्रमण सम्पन्न गरेर स्वादेश फर्केका छन् । स्वादेश फर्केका प्रधानसेनापति क्षत्रीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बलाधिकृत पूर्णचन्द्र थापाले स्वागत गरेका थिए । भ्रमणको क्रममा प्रधानसेनापति क्षत्रीले असार २०...
घोराही,२९ असार – प्रदेश नम्बर पाँचका आन्तरिक मामिला तथा कानुन मन्त्री कुलप्रसाद केसीले प्रदेशको स्थायी राजधानी कसैको दवावमा नतोकिने बताएका छन् । रिपोटर्स क्लव दाङले शुक्रबार घोराहीमा आयोजना गरेको पत्रकार भेटघाटमा मन्त्री केसीले बैज्ञानीक ढंगबाट नै स्थायी राजधानीको टुंगो लाग्ने भन्दै राँको नभई दिप...
काठमाण्डु, असार २९ – खानेपानी मन्त्री बीना मगरको निर्देशनमा भक्तपुरका बाढी प्रभावित क्षेत्रमा स्वच्छ खानेपानी वितरण गरिएको छ । बुधबार रातिदेखि भएको अविरल वर्षासँगै आएको बाढीले विशेष गरी भक्तपुरका मध्यपुर थिमी र सूर्यविनायक नगरपालिका क्षेत्रका जगाती, बाराही स्थान सृजनानगर राधेराधेसहित दक्षिण क्षेत्र डुबानमा परेपछि...
काठमाण्डु, २९ असार – जुम्लामा अनशनरत डा। गोविन्द केसीको जीवन रक्षा माग गर्दै राजधानीमा रहेको त्रिवि शिक्षण अस्पताल (टिचिङ अस्पताल) का चिकित्सकहरूले सडकमै ओपिडी सेवा दिन थालेका छन् । त्रिवि शिक्षण अस्पतालमा कार्यरत आवासीय चिकित्सकहरूको संस्था नेसनल रेजिडेन्ट डक्टर्स एसोसिएसन (एनआरडीए)ले आज (शुक्रबार) देखि...
काठमाण्डु, २९ असार – पत्रकार नारायण वाग्ले कान्तिपुर दैनिकको प्रधान–सम्पादकमा नियुक्त भएका छन् । कान्तिपुर व्यवस्थापनले शुक्रबार वाग्लेलाई प्रधान–सम्पादक नियुक्त गरेको हो। वाग्लेले १० वर्षअघि कान्तिपुरको प्रधान–सम्पादकबाट राजीनामा दिएका थिए। त्यसपछि उनी नागरिक दैनिकमा तीन वर्ष प्रधान–सम्पादक भए। पल्पसा क्याफे उपन्यासबाट मदन पुरस्कार जितेका...