राजनीति

काँग्रेसले संसद चल्न दिएन, चिकित्सा शिक्षा विधेयक अलपत्र

२०७५ असार ३२ गते १३:४०

काठमाण्डु, ३२ असार – प्रमुख विपक्षी दल नेपाली कांग्रेसले संसद अवरुद्ध गरेको छ । चिकित्सा शिक्षा विधेयक अघि बढाउन खोजेपछि कांग्रेसले संसद बैठक अवरुद्ध गरेको हो । सोमबारको बैठक सुरु हुनासाथ कांग्रेस सांसदहरुले उठेर विरोध गरे । लगतै सभामुखले सांसद मीन विश्वकर्मालाई बोल्न समय...

प्रदेश नं ५ प्रदेशसभाले पूर्णता पायो

२०७५ असार ३२ गते ११:३३

बुटवल, ३२ असार – प्रदेश नं ५ को प्रदेशसभाले पूर्णता पाएको छ । प्रदेशसभामा राष्ट्रिय जनता पार्टी समानुपातिकतर्फकी प्रदेशसभा सदस्य कल्पना पाण्डेको झण्डै छ महिनापछि प्रदेशसभामा प्रवेशसँगै प्रदेशसभाले पूर्णता पाएको हो । उनले आइतबार प्रदेशसभा सदस्यको शपथ लिएका छन् । प्रदेशका मन्त्रीहरू, उपसभामुख, प्रमुख...

सरकारलाई रचनात्मक सहयोग गर्न गच्छदार तयार

२०७५ असार ३२ गते ९:५३

इनरुवा, ३२ असार – नेपाली काँग्रेस संसदीय दलका उपनेता विजयकुमार गच्छदारले काँग्रेसले लोकतान्त्रिक पद्धतिलाई सम्मान गर्दै प्रतिपक्षमा रहेर पनि सरकारलाई रचनात्मक सहयोग गर्न तयार रहेको बताएका छन् । सुनसरीको बर्जु गाउँपालिकाको बजेट नीति तथा कार्यक्रम सार्वजनिक गर्न आयोजित कार्यक्रममा नेता गच्छदारले काँग्रेस नेतृत्वको सरकारले...

अध्यादेशअनुसारकै विधेयक ल्याउन उपनेता गच्छदारको आग्रह

२०७५ असार ३१ गते १७:५५

विराटनगर, ३१ असार – नेपाली काँग्रेस संसदीय दलका उपनेता विजयकुमार गच्छदारले डा गोविन्द केसीको माग सम्बोधन गरी जीवनरक्षा गर्नुपर्ने बताएका छन् । विराटनगरमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उनले विगतमा आफैँ संलग्न रहेको सरकारले डा केसीसँग गरेको सहमति कार्यान्वयन गराउन अध्यादेशअनुसारकै विधेयक ल्याउन आग्रह गरे...

हिमवत् खण्ड सम्मिलनको १५ बुँदे चन्द्रगिरि घोषणापत्र

२०७५ असार ३१ गते १७:४४

काठमाण्डु, ३१ असार – हिमवत् खण्डको बहुसांस्कृतिक पक्ष झल्किने गरी सांस्कृतिक संग्रहालय स्थापना र यस क्षेत्रको कला साहित्य अध्ययन मञ्च निर्माण गरी विश्वव्यापी सम्पर्क सञ्जाल गठन गर्ने प्रतिबद्धतासहित १५ बुँदे चन्द्रागिरि घोषणापत्र जारी भएको छ । मदन भण्डारी कला साहित्य प्रतिष्ठानले २०५औँ भानु जयन्तीका...

उपरथीमा पदोन्नति शाहलाई दज्र्यानी चिह्न

२०७५ असार ३१ गते १७:३४

काठमाण्डु, ३१ असार – प्रधानसेनापति राजेन्द्र क्षत्रीले उपरथीमा पदोन्नति भएका सुवर्णबहादुर शाहलाई दज्र्यानी चिह्न प्रदान गरेका छन् । जंगी अड्डामा आज आयोजित विशेष कार्यक्रममा प्रधानसेनापति क्षत्रीले उपरथी शाहलाई दज्र्यानी चिह्न प्रदान गरेको नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । सहायक रथी शाह...

प्रचण्डले भनेः शहीदको सपना खेर जान दिन्न

२०७५ असार ३१ गते १७:०७

काठमाण्डु, ३१ असार – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीलाई अझै एकताबद्ध बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरेका छन् । अध्यक्ष दाहालले पार्टीभित्र केही त्रुटि भए सच्याउँदै लैजाने संकल्प लिइएको पनि बताए । उनले पार्टीलाई कमजोर बनाउन केही...

सुन तस्कर गोरेका भाइ दुबईमा पक्राउ, नेपाल ल्याउने तयारी

२०७५ असार ३१ गते १६:५८

काठमाण्डु, ३१ असार – तीन हजार ८ सय किलो सुन तस्करी र सनम शाक्य हत्याकाण्डका अभियुक्त रमेश उप्रेती दुबईमा पक्राउ परेका छन् ।  इन्टरपोलको रेड नोटिसमा रहेका रमेशलाई केही दिनअघि दुबई प्रहरीले पक्राउ गरेको हो । सुन प्रकरणका मुख्य आरोपी चुडामणि उप्रेती गोरेका भाई...

मन्त्रीकै अगाडि जंगिए गगन, कारण यस्तो

२०७५ असार ३१ गते १६:४९

काठमाण्डु, ३१ असार – प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसद गगन थापाले सत्तापक्षले संसदीय शक्तिको दुरुपयोग गर्न खोजेमा कांग्रेस चुप लागेर नबस्ने बताएका छन् । कांग्रेसले दर्ता गरेको विरोधको सूचना बेवास्ता गरेर चिकित्सा शिक्षा विधेयक अघि बढाउन खोजेमा चुप लागेर नबस्ने उनले बताए ।...

जब प्रधानमन्त्रीले चन्द्रागिरिमा समृद्धिका स्वर सुने…

२०७५ असार ३१ गते १६:४२

काठमाण्डु, ३१ असार – ‘सिङ्गो विश्व अटाउने प्रकृतिको होला तथागत् कहाँ ? देख्दैछौ किन जिन्दगी भन युवा के छैन नेपालमा ?’ प्रदेश नं १ का कवि टीका आत्रेयले कविता वाचन गर्न थाल्नुअघि नै चन्द्रागिरिको भालेश्वरको काँखमा रहेको सभाहल काव्यिक गुञ्जन सिञ्चन भइसकेको थियो ।...

सरकारमाथि खनिदैँ कस्ले के–के भने ?

२०७५ असार ३१ गते १६:२१

काठमाण्डु, ३१ असार – राष्ट्रिय प्रजातान्त्रिक गठबन्धनका संयोजक किशोरी महतोले संविधान पुर्नलेखन सभाको माग गरेका छन् । रिपोर्टर्स क्लब नेपालमा राष्ट्रिय प्रजातान्त्रिक गठबन्धनले आईतबार आयोजना गरेको पत्रकार सम्मेलनमा बाल्दै संयोजक महतोले यस्तो माग गरेका गरेका हुन । उनले भने,‘स्वर्गीय गिरिजाप्रसाद कोईरालाले विपीको विचारलाई त्यागेर...

जनप्रतिनिधिको फैसला सबैले मान्नुपर्छः उपप्रधानमन्त्री पोखरेल

२०७५ असार ३१ गते १६:११

काठमाण्डु, ३१ असार – उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले लोकतान्त्रिक मूल्य, मान्यता र विधिको शासनको प्रक्रियाबाट आएका जनप्रतिनिधिको फैसला सबैले मान्नुपर्ने बताएका छन् । काठमाण्डु जिल्लाको दोस्रो जिल्ला सभाको उद्घाटन समारोहमा आज उनले जनताबाट निर्वाचित जनप्रतिनिधिको फैसला सबैले मान्नुपर्नेमा जोड दिँदै विरोधका लागि मुद्दा...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us