राजनीति

मापदण्ड बनाएर मात्रै कर्मचारीको सरुवा गर्न मन्त्री पुनको निर्देशन

२०७५ साउन ३ गते १७:२०

काठमाण्डु, ३ साउन – ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले कर्मचारी सरुवा र खटनपटनका लागि मापदण्ड बनाएर मात्र प्रक्रिया अघि बढाउन मातहतका निकायलाई निर्देशन दिएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले मन्त्रालयका सचिव र मातहतका विभागका प्रमुखलाई सरुवाको मापदण्ड बनाउन र मनलाग्दी...

जनहितका थुप्रै काम गरियोः मन्त्री घिमिरे

२०७५ साउन ३ गते १७:१७

विराटनगर, ३ साउन – प्रदेश नं १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले सामाजिक विकास मन्त्रालय स्थापना भएदेखि असार मसान्तसम्म मन्त्रालयबाट भएका प्रगति विवरण आज यहाँ पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेका छन् । गएको फागुनमा स्थापना भएको मन्त्रालयले छोटै समयमा जनहितका थुप्रै काम गरेको र यसबाट...

मुख्यमन्त्री शाहीले भनेः सिसिटिभी फुटेज हेरेर कारबाही गर्छु

२०७५ साउन ३ गते १७:११

सुर्खेत, ३ साउन – कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले जुम्लामा अनसन बसेका डाक्टर गोविन्द केसीलाई काठमाण्डु लैजाने क्रममा अराजक कार्य गर्नेलाई कारबाही गर्ने बताएका छन् । डाक्टर केसीसँगै हेलिकप्टरमा सुर्खेत आएका मुख्यमन्त्री शाहीले विमानस्थलमा पत्रकारसँग कुरा गर्दै सिसिटिभी फुटेज हेरेर अराजक कार्य गर्नेलाई कारबाही गरिने...

जब गण्डकीमा प्रधानमन्त्रीले ३ वर्षे जेल जीवन सम्झिए…

२०७५ साउन ३ गते १६:१९

पोखरा, ३ साउन – प्रधानमन्त्री केपी शर्मा ओलीले गण्डकी प्रदेशको प्रदेशसभाको बैठकमा गण्डकी जेल जीवनको सम्झना गरेका छन् । प्रधानमन्त्री ओलीले प्रदेशसभामा सम्बोधनका क्रममा आफू गण्डकी प्रदेशका जेलमा चार वर्ष बसेको भन्दै जेल जीवनको स्मरण गरे । ‘गण्डकीमा म चार वर्ष जेलमा बसें ।...

केसीको जीवन रक्षाका लागि प्रर्दशनमा उत्रन देउवाको आह्वान

२०७५ साउन ३ गते १६:०२

काठमाण्डु, ३ साउन – प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले वरिष्ठ चिकित्सक गोविन्द केसीको जीवन रक्षाका लागि एकतावद्ध भएर प्रर्दशनमा उत्रन सबैलाई आह्वान गरेका छन् । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले वरिष्ठ चिकित्सक केसीले जायज माग राखेर आमरण अनसन बसेको दावी गर्दै उनको जीवन रक्षाका...

गोविन्द केसीलाई प्रधानमन्त्रीले यस्तो प्रश्न सोधेपछि…

२०७५ साउन ३ गते १५:१३

पोखरा, ३ साउन – प्रधानमन्त्री केपी शर्मा ओलीले जुम्लामा अनशनरत डा. गोविन्द केसीको अनशनमाथि प्रश्न उठाएका छन् । प्रधानमन्त्रीले केसीलाई आफ्नो खुसीले की कसैको दबाबमा अनशन बस्न भएको भन्दै प्रश्न तेर्साएका हुन् । आज पोखरा विश्वविद्यालयको १९ औं सदनलाई सम्बोधन गर्दै ओलीले सोधेका छन्,...

संसद बैठक ८ दिन स्थगित

२०७५ साउन ३ गते १४:१२

काठमाण्डु, ३ साउन – राष्ट्रिय चिकित्सा शिक्षा विधेयकमा सहमति जुटन नसकेपछि प्रतिनिधिसभाको बैठक सूचनामार्फत् साउन ११ गतेसम्मका लागि स्थगित भएको छ । बिहीवार दिउँसो १ बजेका लागि बोलाइएको बैठक विशेष कारण देखाउँदै साउन ११ गते शुक्रवारसम्मका लागि स्थगित भएको हो । बिहीवारको बैठकमा विधेयक...

सञ्चारमन्त्री र जापानी राजदूतबीच भेट, यस्ता विषयमा छलफल

२०७५ साउन ३ गते १३:१२

काठमाण्डु, ३ साउन – सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटा र नेपालका लागि जापानी राजदूत मासामिची साइगोबीच आज सिंहदरबारमा भेट वार्ता भएको छ । सो अवसरमा मन्त्री बाँस्कोटाले दुई देशको आपसी र सुमधुर सम्बन्ध सन्तोषजनक रहेको बताउँदै संघीय नेपालको केन्द्र, प्रदेश र स्थानीय तहमा...

निर्माणधिन विमानस्थलमा पुगेर प्रधानमन्त्रीको निर्देशनः सरकारसँग समन्वय गरेर काम गर्नुहोस्

२०७५ साउन ३ गते ११:४७

पोखरा, ३ साउन – प्रधानमन्त्री केपी शर्मा ओलीले आज बिहान पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निरीक्षण गरेका छन् । पोखरा लेखनाथ महानगरपालिका– १४ स्थित अन्तर्राष्ट्रिय विमानस्थल निरीक्षण गर्दै प्रधानमन्त्रीले परियोजनाबारे जानकारी लिए । उनले अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको कामलाई तीब्रता दिन पनि निर्देशन दिए । ‘सरकारले के...

रामचन्द्रको आक्रोशः ओली सरकार कमाउ धन्दामा लाग्यो

२०७५ साउन ३ गते ११:२१

काठमाण्डु, ३ साउन – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेकपाका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार कमाउ धन्दामा लागेको आरोप लगाएका छन् । ‘सरकारले व्यापारीलाई पोस्ने खालको चिकित्सा शिक्षा विधेयक ल्याउने गरी चलखेल गर्‍यो’, मकवानपुरको हेटौंडामा बिहीबार आयोजित कार्यक्रममा नेता पौडेलले भने, ‘कम्युनिष्ट...

गोविन्द केसीले सरकारको यो सर्त मान्नैपर्ने, नत्र…

२०७५ साउन ३ गते १०:५६

काठमाण्डु, ३ साउन – शिक्षामन्त्री गिरिराजमणि पोखरेलले राष्ट्रिय चिकित्सा शिक्षा विधेयक कुनै पनि हालतमा फिर्ता नहुने बताएका छन् । शिक्षा मन्त्रालयमा आज पत्रकार सम्मेलनको आयोजना गरी मन्त्री पोखरेलले विधेयकका केही बुँदा संशोधन गर्न सकिए पनि फिर्ता लिन नसकिने बताए । ‘विधेयकमा चित्त नबुझेका कुरा...

प्रधानमन्त्रीले गण्डकी प्रदेशसभालाई सम्बोधन गर्ने, यस्ता छन् अन्य कार्यक्रम

२०७५ साउन ३ गते १०:२८

पोखरा, ३ साउन – प्रधानमन्त्री केपी शर्मा ओलीले आज गण्डकी प्रदेशसभामा विशेष सम्बोधन गर्ने भएका छन् । गण्डकी प्रदेशको राजधानी पोखराको नदीपुरस्थित प्रदेशसभा सचिवालयको प्रदेशसभा कक्षमा अपराह्न १२ः४० बजे प्रधानमन्त्रीको विशेष सम्बोधन हुने कार्यक्रम तय भएको प्रदेशसभा सचिवालयका सचिव शम्भु खड्काले जानकारी दिए ।...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us