राजनीति

मनमोहन मेडिकल कलेजले पूरा गर्यो यस्ता मापदण्ड

२०७५ साउन २ गते ११:१०

काठमाण्डु, २ साउन – प्रस्तावित मनमोहन मेमोरियल मेडिकल कलेज एण्ड टिचिङ हस्पिटलले आफ्नो संस्था पूर्व प्रधानमन्त्री स्व मनमोहन अधिकारीको योगदानलाई चिरस्थायी गर्ने उद्देश्यले स्थापना गर्न खोजिएको सेवामूलक संस्था भएको जनाएको छ । मंगलबार आयोजित पत्रकार सम्मेलनमा अस्पतालका उपाध्यक्ष डा वंशीधर मिश्रले कुनै पनि देशमा...

जनप्रतिनिधीलाई पनि ‘ड्रेस कोड’

२०७५ साउन २ गते १०:३७

खोटाङ, २ साउन – जिल्लाका दशवटै स्थानीय तहका जनप्रतिनिधिले आफ्नो पहिचानको लागि पोशाक र प्रतिक चिह्न (लोगो) लागू गरिएको छ । पुरुष जनप्रतिनिधिको हकमा दौरा, सुरुवाल, कोट र नेपाली टोपी तथा महिला जनप्रतिनिधिको हकमा सारी, चौबन्दीचोली र कोटसँगै दुई हातले उठाएको खोटाङको नक्सा र...

कर्मचारीलाई उर्जामन्त्रीले भनेः पहिला आफुमा सुधार, अनि मात्र निजि क्षेत्रमाथी अंकुश

२०७५ साउन १ गते १७:५४

काठमाण्डु, १ साउन – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले विद्युत विकासमा संलग्न सरकारी कम्पनी तथा संघ संस्था‘रोल मोडल’ बनेर देखाउनुपर्ने बताएका छन् । विद्युत विकास विभागको रजत जयन्ति समारोहमा बोल्दै मन्त्री पुनले उक्त कुरा बताएका हुन् । सरकारी कम्पनी तथा संस्था सक्षम र...

कांग्रेसलाई ठिक पार्न प्रधानमन्त्रीले दिए यस्ता निर्देशन

२०७५ साउन १ गते १७:४५

काठमाण्डु, १ साउन – नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारविरुद्ध विरोधीहरुले अफवाह फैलाएको भन्दै नेता तथा कार्यकर्ताहरुलाई त्यसको प्रतिवाद गर्न निर्देशन दिएका छन् । आज पार्टी कार्यालय धुम्वाराहीमा पार्टीका नेता तथा कार्यकर्ता भेटघाट कार्यक्रममा ओलीले सरकारलाई सफल हुन नदिन विरोधीहरुले...

२०२२ को विश्वकपमा नेपाली सुरक्षाकर्मी परिचालन !

२०७५ साउन १ गते १७:१७

काठमाण्डु, १ साउन – चार वर्षपछि कतारमा हुने विश्वकप फुटबल प्रतियोगिताको सुरक्षाका लागि नेपाली सुरक्षाकर्मी परिचालन गर्न कतार सरकार तयार भएको छ । सोमवार गृहमन्त्री रामबहादुर थापासँगको भेटमा नेपालका लागि कतारका राजदूत युसुफ बिन मोहम्मदले सुरक्षा गार्डका रुपमा धेरै सङ्ख्यामा नेपाली लैजान कतार इच्छुक...

प्रधानमन्त्रीलाई देउवाको चेतावनीः अब कांग्रेसको सामना गर्न तयार हुनुस्

२०७५ साउन १ गते १६:५५

काठमाण्डु, १ साउन – प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच छलफल भएको छ । भेटमा अनशनरत डा. गोविन्द केसीको मागप्रति सरकारलाई गम्भीर बन्न सभापति देउवाले सुझाएका थिए । केसीको स्वास्थ्यस्थिति थप गम्भीर बन्दै गएको भन्दै देउवाले उनको माग पूरा गर्न...

महाधिवेशनमा भाग लिन ओली र प्रचण्ड अध्यक्ष हुनैपर्ने !

२०७५ साउन १ गते १६:३०

काठमाण्डु, १ साउन – नेपाल कम्युनिष्ट पार्टीले सबै कमिटीका पदाधिकारी र सदस्यले महाधिवेशन÷अधिवेशनमा प्रतिनिधिका रुपमा भाग लिन अनिवार्य रुपमा निर्वाचित हुनुपर्ने वैधानिक व्यवस्था गरेको छ । एकतापछि गठित नेकपाको विधानमा गरिएको यस्तो व्यवस्थाले अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पनि आगामी...

सडकबाटै प्रधानमन्त्रीको राजीनामा मागियो

२०७५ साउन १ गते १६:२४

काठमाण्डु, १ साउन – डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी, नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गरेको छ । नयाँ शक्ति पार्टी, नेपालले मंगलबार माइतीघर मण्डलामा प्रधानमन्त्री ओलीको राजीनामा माग गर्दै प्रर्दशन गरेको हो । सरकारले संविधान विपरित, जनविरोधि गतिविधि गरेपछि आफूहरु...

अब हवाई दुर्घटना बीमा रकममा विभेद नहुने

२०७५ साउन १ गते १६:१७

रत्ननगर, चितवन, १ साउन – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीले हवाई दुर्घटनापछि नेपाली र विदेशीलाई दिइने बीमा रकममा अब विभेद नहुने बताएका छन् । चितवनको सौराहाबाट पोखराका लागि उच्चस्तरको पर्यटकीय एसी डिलक्स बससेवाको आज शुभारम्भ गर्दै उनले नेपाली र विदेशी हवाई यात्रुले...

साउन १५ बाट देशव्यापी आन्दोलन चर्काउने कांग्रेसको घोषणा

२०७५ साउन १ गते १६:१५

काठमाण्डु, १ साउन – नेपाली कांग्रेसले सरकारविरुद्ध देशब्यापी सडक आन्दोलन घोषणा गरेको छ । केन्द्र सरकार र प्रदेश सरकारहरुले जनविरोधी क्रियाकलाप र अधिनायकवादी चरित्र देखाएको भन्दै कांग्रेसले साउन १५ गते सबै जिल्ला सदरमुकाममा विरोध प्रदर्शन गर्न पार्टीका सबै तहका समितिहरुलाई निर्देशन दिएको छ ।...

जब रामचन्द्रले प्रधानमन्त्री ओलीलाई संविधानको धारा २४५ पढाए…

२०७५ साउन १ गते १६:०६

काठमाण्डु, १ साउन – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारले भारतका लागि राजदूत नियुक्तिका लागि गरेको सिफारिस र राजदूतले प्रधानमन्त्रीबाट शपथ लिनुपर्ने व्यवस्थाप्रति चासो व्यक्त गरेका छन् । पौडेलले यो विषयमा आफ्नो फेसबुक पेजमा संविधानले भविश्यमा हुने सरकारी नियुक्तिका कारण संवैधानिक अंगका पदाधिकारीहरुको...

रोम विधान अनुमोदन गर्न प्रमको ध्यानाकर्षण

२०७५ साउन १ गते १४:५५

विराटनगर, १ साउन – जिल्लास्थित अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) र मानव अधिकार सञ्जालले आज संयुक्त रुपमा अन्तर्राष्ट्रिय फौजदारी अदालत (रोम विधान) अनुमोदन गरी अन्तर्राष्ट्रिय कानूनको सम्मान प्रकट गर्न सरकारको ध्यानाकर्षण गराएको छ । इन्सेकका पूर्वाञ्चल संयोजक सोमराज थापाले प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यमार्फत...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us