काठमाण्डु, २० भदौ – ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुन ‘अन्नत’ बंगलादेश भ्रमणमा गएका छन् । उनी बुधबार मध्याह्न पाँच सदस्यीय प्रतिनिधि मण्डलको नेतृत्व गर्दै बंगलादेशको ढाका प्रस्थान गरेका हुन् । बंगलादेश सरकारले आयोजना गर्न लागेको ‘पावर एण्ड इनर्जी वीक’ कार्यक्रममा सहभागी हुन...
काठमाण्डु, २० भदौ – नेपाल र चीनबीच व्यापार तथा पारवहन सम्झौताको प्रोटोकललाई अन्तिमरुप दिन छलफल सुरु भएको छ । काठमाण्डुको होटल सोल्टीमा सुरु भएको छलफल भोलीसम्म चल्ने छ। नेपालको तर्फबाट उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव रविशंकर सैंजुले नेतृत्व गरेका छन् । यस अघि...
काठमाण्डु, २० भदौ – मानव बेचबिखन तथा ओसारपसारविरुद्धको १२औँ राष्ट्रिय दिवसको अवसरमा आज प्रभातफेरी गरिएको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको आयोजनामा गरिएको उक्त कार्यक्रममा नेपाल प्रहरी, विभिन्न सङ्घ संस्थाका प्रतिनिधि, अधिकारकर्मीलगायतको सहभागिता थियो । सो अवसरमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक...
काठमाण्डु, १९ भदौ – उत्पादन अनुमति लिएर काम नगर्ने ३६ वटा जलविद्युत् आयोजनालाई आफ्नो प्रगति विवरण पेश गर्न भन्दै विद्युत् विकास विभागले पत्र काटेको छ । उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुनको निर्देशनमा ३० साउन २०७३ भन्दा अघि उत्पादन अनुमतिपत्र पाएका तर भौतिक प्रगति...
काठमाण्डु, १९ भदौ – नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मन्त्रीहरुका विषयमा कडा कदम चाल्ने तयारी भइरहेको बताएका छन् । मंगलबार आफ्नै निवासमा सञ्चारकर्मीहरुसँग छलफल गर्दै अध्यक्ष प्रचण्डले अहिलेको क्याबिनेटमा रहेका मन्त्रीहरुका विषयमा समीक्षा भइरहेको बताए । पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले सरकारका...
काठमाण्डु, १९ भदौ – प्रतिनिधिसभाको आजको बैठकमा गृहमन्त्री रामबहादुर थापाले संसद् बैठक समक्ष पेश गरेको ‘वैयक्तिक गोपनीयता सम्बन्धी विधेयक, २०७५ लाई सम्बन्धित समितिमा पठाइयोस्’ भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको छ । त्यसैगरी भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले ‘खाद्य अधिकार सम्बन्धी विधेयक, २०७५ लाई...
विराटनगर, १९ भदौ – प्रदेश नं १ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले करलाई जनताको सेवासँग जोड्न आग्रह गरेका छन् । प्रदेश नं १ को प्रदेशसभामा कर तथा गैरकर लगाउने सम्बन्धमा प्रस्तावित विधेयकमा प्रदेशसभाका सदस्यले उठाएको प्रश्नको जवाफमा आज उनले सो कुरा बताएका...
काठमाण्डु, १९ भदौ – नेपाल चिकित्सक संघले भदौ १ गतेदेखि लागू भएको मुलुकी अपराध ९संहिता० ऐन २०७५ एक साताभित्र संशोधन अघि बढाउन अल्टिमेटम दिएको छ । सोमबार स्वास्थ्य राज्यमन्त्री डा सुरेन्द्र यादवसँग सोमबार भएको वार्ता अनुसार यही भदौ २५ गतेभित्रमा संसदमा संशोधन प्रस्ताव दर्ता...
काठमाण्डु, १९ भदौ – राष्ट्रपति विद्यादेवी भण्डारीले समाजका विभिन्न क्षेत्रमा उत्कृष्ट योगदान पु¥याएका विभिन्न व्यक्तित्वलाई आज विभिन्न विभूषण एवं मानपदवीबाट विभूषित गरेकी छन् । गत वर्ष २०७४ को गणतन्त्र दिवसका दिन घोषणा भएका विभिन्न दश प्रकारका मानपदवी ३४५ जनालाई आज प्रदान गरिएको हो ।...
काठमाण्डु, १९ भदौ – प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको काम स्वस्थानी ब्रतकथाको जादु जस्तो नभएको बताएका छन् । मंगलबार प्रतिनिधिसभा बैठकमा संसदले गरेका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले विकास जादुको छडी नभएको बताएका हुन् । सरकारले प्रक्रिया पुर्याएर काम गरिरहेको भन्दै ओलीले स्वस्थानी ब्रतकथाको...
काठमाण्डु, १९ भदौ – नेपाली कांग्रेसका संस्थापक नेता तथा पहिलो निर्वाचित प्रधानमन्त्री बीपी कोइरालालाई नेपाल रत्न पदक दिइएको छ । मंगलबार शितल निवासमा आयोजित विशेष कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालकै सर्वोच्च नागरिक पदक नेपाल रत्न बीपीका नाति सिद्धार्थ कोइरालालाई प्रदान गरिन् । गत वर्ष...
काठमाण्डु, १९ भदौ – राष्ट्रिय जनता पार्टीका अध्यक्षमण्डलका सदस्य महेन्द्र राय यादवले भारतको रेल पहिला आउँछ कि चीनको भनेर प्रधानमन्त्रीलाई प्रश्न गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदलाई सम्बोधन गर्दै बिमस्टेक सम्मेलन सफलतापूर्वक सम्पन्न भएको जानकारी गराएका थिए । प्रश्न उत्तर कार्यक्रममा राजपाका...