चितवन, १८ भदौ – नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गाल खाडीको प्रयास (बिम्स्टेक) सम्मेलन सफलतापूर्वक सम्पन्न भएको बताएका छन् । नेपाल प्रेस युनियन चितवन शाखाले आज यहाँ आयोजना गरेको पत्रकार भेटघाटमा उनले भर्खरै नेपालमा सम्पन्न उक्त सम्मेलनलाई सफलरूपमा...
विराटनगर, १८ भदौ – यातायात तथा भौतिक पूर्वाधार मन्त्री रघुवीर महासेठले ठेक्काको पेश्की लिएर समयमै काम नगर्ने ठेकेदार सांसद् भए पनि सरकारले नछाडने दृढता व्यक्त गरेका छन् । विराटनगर विमानस्थलमा सोमबार स्थानीय सञ्चारकर्मीसंग कुरा गर्दै मन्त्री महासेठले कानूनभन्दा माथि कोही पनि नहुने र समयमै...
काठमाण्डु, १८ भदौ – सत्तारुढ दलका सांसदले सरकारलाई चौतर्फी घेराबन्दी गर्ने काम भइरहेको भन्दै त्यसतर्फ गम्भीर हुन सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधिसभाको सोमबारको बैठकको शून्य समयमा बोल्दै नेकपाका सांसद खगराज अधिकारीले शान्ति सुरक्षा र अमन चैनका लागि सरकारले हरसंभव प्रयास गरिरहेका बेला सरकारमाथि...
चितवन, १८ भदौ – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उपचार सेवा नै ठप्प पार्दै आएका चिकित्सकहरुको आन्दोलनमा आफ्नो पार्टीको समर्थन रहेको बताएका छन् । चितवनको भरतपुरमा नेपाल प्रेस युनियनले सोमबार विहान गरेको पत्रकार सम्मेलनमा सभापति देउवाले उनीहरुका जायज माग सम्वोधन हुनुपर्ने बताए । तपाईं...
काठमाण्डु, १८ भदौ – बालाजु सबस्टेसनमा रहेको ट्रान्सर्फमरमा प्राविधिक समस्या आउँदा त्यस क्षेत्रमा विद्युत आपूर्ति अनियमित बनेको छ । स्थानीय क्षत्रेबाट गुनासो आएपछि सबस्टेसनमा भएको समस्या बुझ्न आइतबार राति प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ फिल्डमा पुगे । सबस्टेसनमा रहेका २ वटा २२.५ एमभीएको ट्रान्सर्फमरमध्ये...
काठमाण्डु, १८ भदौ – नयाँ मुलुकी ऐनको विरोध गर्दै आन्दोलनमा उत्रिएका चिकित्सकहरूलाई सरकारले वार्तामा बोलाएको छ । स्वास्थ्य राज्यमन्त्री डाक्टर सुरेन्द्रकुमार यादवले वार्ताका लागि बिहान ११ बजे चिकित्सकलाई मन्त्रालयमा बोलाएका हुन् । नेपाल चिकित्सक संघका अध्यक्ष मुक्तिराम श्रेष्ठले राज्यमन्त्रीले वार्तामा बोलाएको बताए । संघको आयोजनामा...
काठमाण्डु, १८ भदौ – प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालका विभिन्न साँस्कृतिक पर्वहरुले नेपालीहरुलाई एकताबद्ध गराउने काम गरेको बताएका छन् । गौरापर्वको अवसरमा आज एक शुभकामना सन्देश दिँदै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् । प्रधानमन्त्री ओलीले नेपालको जातीय र साँस्कृतिक विविधतालाई आपसी द्वन्द्वमा रुपान्तरण...
काठमाण्डु,१७ भदौ– सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटा विश्व हुलाक सङ्घको अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन आइतबार साँझ इथियोपिया प्रस्थान गरे । सङ्घद्वारा इथियोपियाको अद्दिस अबाबामा आयोजना हुने अन्तर्राष्ट्रिय हुलाकसम्बन्धी सम्मेलन सोमबारदेखि शुक्रबारसम्म चल्ने छ । उक्त सम्मेलनमा सङ्घको सदस्य राष्ट्रका रुपमा नेपालको मन्त्रिस्तरीय प्रतिनिधित्व...
नुवाकोट, १७ भदौ– नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ लाई आइतबार जिल्ला अदालतले तीन दिन हिरासतमा राख्न म्याद थप गरेको छ । स्काभेटर जलाएको आरोपमा काठमाण्डुमा भदौ ७ गते पक्राउ गरी भदौ ८ गते नुवाकोट ल्याइएको प्रवक्ता विश्वकर्मालाई आइतबार चौथोपटक...
काठमाण्डु, १७ भदौ–उद्योग, बाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले कालिमाटी तरकारी बजारको बेथिती र लुट अन्त्यका लागि बजार अनुगमन गरेपछि आफ्नो कार्यक्षेत्रमा हस्तक्षेप गरेको भन्दै असन्तुष्ट कृषि तथा पशुपंक्षीमन्त्री चक्रपाणि खनालले बजारको एकाधिकार एक साताभित्रै तोड्ने दाबी गरेका छन् । मन्त्री खनालले कालीमाटी तरकारी तथा...
काठमाण्डु, १७ भदौ– सरकारी वा निजी क्षेत्रका जलविद्युत उत्पादन गर्ने कम्पनीसँग विद्युत खरिद सम्झौता (पिपिए) गर्ने सहमति लिन अब २० लाख रुपैयाँसम्म तिर्नुपर्ने भएको छ । सरकारले हालै सार्वजनिक गरेको विद्युत नियमन आयोग नियमावली, २०७५ मा यस्तो व्यवस्था गरिएको छ । मन्त्रीपरिषदले स्वीकृत गरेको...
काठमाण्डु, १७ भदौ – श्रीलङ्काली राष्ट्रपति मैत्रीपाला सिरिसेना स्वयम्भूस्थित आनन्दकुटी विहारमा गई आज अस्थि धातुको दर्शन गरे । राष्ट्रपति सिरिसेनाले स्वदेश फिर्ता हुनुअघि श्रीलङ्का सरकारको रु २१ करोडको सहयोगमा पुनःनिर्माण गर्न लागिएको उक्त विहारको निरीक्षण गरेका थिए । सङ्घनायक भिक्षु अश्वघोष महास्थवीर, विहारका प्रमुख...