राजनीति

भारतमा नरेन्द्र मोदीले गरे प्रचण्डको प्रशंसै–प्रशंसा

२०७५ भदौ २८ गते १३:५०

काठमाण्डु, २८ भदौ – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारत भ्रमणको विषयमा पार्टीलाई जानकारी दिएका छन् । बुधबार बसेको नेकपा केन्द्रीय सचिवालय बैठकमा भारत भ्रमणबारे ब्रिफिङ गर्दै अध्यक्ष प्रचण्डले भारतीय प्रधानमन्त्री मोदीसँग भएको भेटघाटका विषयमा पार्टीलाई जानकारी गराएका हुन् । प्रचण्डले...

प्रचण्डसँग अफगानी शान्ति टोलीले साेध्याे: जनमुक्ति सेनासँग भएको हतियार कहाँ छ ?

२०७५ भदौ २८ गते १३:३५

काठमाण्डु, २८ भदौ – नेपाली शान्ति प्रकियाको मोडल अध्ययन गर्न राजधानी आइपुगेको अफगानी टोलीले आज बिहान नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेको छ । अध्यक्ष प्रचण्डसँग शान्ति प्रक्रियामा नेपालले अवलम्बन गरेको नीतिका बारेमा छलफल गरेको थियो । अध्यक्ष...

रामचन्द्र पौडेललाई हराएका सांसदले गरे लोकप्रिय काम !

२०७५ भदौ २८ गते १०:२०

तनहुँ, २८ भदौ– तनहुँ निर्वाचन क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य कृष्णकुमार श्रेष्ठले आफ्नो पछिल्लो महिनाको तलब ५० हजार छाब्दी वाराही विकास कोषलाई हस्तान्तरण गरेका छन् । चुनावमा आफूले विजय हासिल गरेपछि जिल्लाकै सामाजिक सङ्घसंस्थालाई तलब उपलब्ध गराउने घोषणा गरेबमोजिम उनले व्यास नगरपालिका–१४ स्थित...

चिनियाँ राष्ट्रपति सीलाई केपी ओलीको साथ, कसरी ?

२०७५ भदौ २७ गते २१:२३

काठमाण्डु, २७ भदौ– प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको विकास एजेण्डा र समृद्धिको लक्ष्य हासिल गर्न ‘बेल्ट एण्ड रोड इनिसिएटिभ’ (बिआरआई) आवश्यक रहेको बताएका छन् । त्रिविको अन्तर्राष्ट्रिय सम्बन्ध र कूटनीतिक विभागले ‘बिआरआइका अवसर र नेपालमा यसको प्रभाव’का विषयमा अयोजित कार्यक्रममा उनले नेपालमा राजनीतिक क्रान्ति...

शान्ति प्रक्रिया सिक्न नेपाल आयो अफगानिस्तान

२०७५ भदौ २७ गते २१:०२

 काठमाण्डु, २७ असोज– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनसँग अफगानिस्तानका उच्च शान्ति परिषद्का प्रतिनिधिमण्डलले बुधबार मन्त्रालयमा भेटवार्ता गरेको छ । नेपालको शान्ति प्रकियाको ढाँचा अध्ययन गर्न सो प्रतिनिधिमण्डल यहाँ आएको हो । अफगानस्तानको उच्च शान्ति परिषद्की उपप्रमुख हबिबा साराबी नेतृत्वको टोलीले तत्कालीन जनमुक्ति सेनाका...

साल्ट ट्रेडिङ सुधार्न मातृका कस्सिए

२०७५ भदौ २७ गते १७:०७

काठमाण्डु, २७ भदौ – साल्ट ट्रेडिङ कर्पोरेशनले नेपाल वनस्पति घ्यू उद्योगबाट तोरीको तेल उत्पादन गर्ने भएको छ । बन्द अवस्थाको सो उद्योगलाई नियमित गरी कर्पोरेशनले छिट्टै तोरीको तेल उत्पादन गर्न लागेको हो । विराटनगरस्थित मोरङ सुगर मिल्स लिमिटेडमा कृषि औजारहरु खरीद गरी उखुखेतीलगायत अन्य...

नेकपाको बैठक बालुवाटारमा सुरु

२०७५ भदौ २७ गते १६:४७

काठमाण्डु, २७ भदौ – सत्तारुढ नेकपा केन्द्रीय सचिवालयको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ । दिउसो ३ बजे सुरु हुने भनिएको बैठक अलिक ढिलो गरी केही समयअघि सुरु भएको हो । आजको बैठकमा तल्लो तहमा पार्टी एकतालाई छिटो टुङ्ग्याउने विषयमा छलफल गरिएको छ...

आवास सुनिश्चित गर्ने विधेयकप्रति एक मत

२०७५ भदौ २७ गते १६:०७

काठमाण्डु, २७ भदौ – प्रतिनिधिसभा, विकास तथा प्रविधि समितिले प्रत्येक नागरिकलाई उपयुक्त र सुरक्षित आवासको व्यवस्था गर्नेसम्बन्धी उपसमितिले पेश गरेको प्रतिवेदन परिमार्जनसहित आज पारित गरेको छ । समितिको बैठकले सङ्घीय, प्रादेशिक र स्थानीय तहले पारस्परिक समन्वयमा उपलब्ध स्रोत साधनका आधारमा बासविहीन व्यक्ति तथा परिवारलाई...

गृहमन्त्री र आईजीपीले यसो भनेपछि वीरेन्द्र केसी ‘ब्याक’

२०७५ भदौ २७ गते १४:०४

काठमाण्डु, २७ भदौ – दुई दिनअघि आफूलाई ज्यानको डर भएको भन्दै सुरक्षा माग गरेर राजीनामा दिएका उपसचिव वीरेन्द्र केसी निर्मला पन्तको बलात्कारपछि भएको हत्या छानबिन समितिमा फर्किएका छन् । बुधबार गृह मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै प्रदेश सातका आन्तरिक मामिला मन्त्रालयका उपसचिव केसीले गृह मन्त्रालयको...

चीन भ्रमण फलदायी: सभामुख महरा

२०७५ भदौ २७ गते १३:५१

काठमाण्डु, २७ भदौ – सभामुख कृष्णबहादुर महराले आफ्नो पाँच दिने चीन भ्रमण उपलब्धिमूलक र फलदायी भएको बताएका छन् । स्वदेश फर्किएपछि उनले आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै भ्रमणले नेपाल र चीनबीचको आपसी हित एवं मैत्रीपूर्ण सम्बन्ध थप प्रगाढ बनाएको उल्लेख गरे ।...

प्रधानमन्त्री भन्छन्ः नेपाललाई चीनसँगको सहमति ठूलो अवसर

२०७५ भदौ २७ गते १३:१०

काठमाण्डु, २७ भदौ – प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल भूपरिवेष्टित राष्ट्रका रुपमा मात्रै नरहेको बताएका छन् । बेल्ट एण्ड रोड इनिसियटिभले राजधानीमा गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले चीनका बिभिन्न बन्दरगाहमार्फत नेपालले तेस्रो मुलुकसम्म वस्तु आयात–निर्यात गर्न पाउने गरी सहमति भइसकेको उल्लेख गर्दै नेपाल जस्तो भूपरिवेष्टित...

ठेकदारविरुद्ध एक्सनमा उत्रिने तयारीमा प्रधानमन्त्री

२०७५ भदौ २७ गते १२:५६

काठमाण्डु, २७ भदौ – प्रधानमन्त्री केपी शर्मा ओलीले विकास योजना तोकिएकै समयमा पूरा नभए कडा कारवाही गर्ने चेतावनी दिएका छन् । सिंहदरवारस्थित राष्ट्रिय योजना आयोगको सभाकक्षमा प्रधानमन्त्री ओलीको अध्यक्षतामा मंगलबार अबेर बसेको राष्ट्रिय विकास समस्या समाधान समितिको ४३ औं बैठकमा ओलीले १५–२० वटा योजनाको...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us