राजनीति

पोष्टबहादुरलाई सम्झँदै प्रचण्डले भने–नेकपामा ओली र मलाई मिलाउने नेता भएनन्

२०७५ भदौ ३० गते १२:०८

काठमाण्डु, ३० भदौ– नेकपाका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पोष्टबहादुर बोगटी कम्युनिष्ट आन्दोलनको एकताको पक्षमा रहेको भन्दै उनको स्मरण गरेका छन् । यदि उनी जीवित भएको भए पार्टी एकतामा सबैभन्दा खुशी हुने थिए भन्ने प्रचण्डको भनाइ छ । पोष्टबादुर बोगटी स्मृति प्रतिष्ठानले शनिबार...

केपी ओलीद्वारा गम्भीर खुलासाः ओली र प्रचण्डबीच कसले फाटो पार्न खोजेको रहेछ ?

२०७५ भदौ ३० गते ११:५९

काठमाण्डु, ३० भदौ– प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी नेकपा अध्यक्ष केपी ओलीले पार्टी एकतालाई सृदृढ ढङ्गले सम्पन्न गराएर छाड्ने बताएका छन् । पोष्टबहादुर बोगटी स्मृति प्रतिष्ठानद्वारा शनिबार पार्टी मुख्यालय धुम्बाराहीमा बोगटीको चौथौं स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्रीले अहिले पार्टीमा अन्तरविरोध खडा गर्ने, भाँजो...

कर्मचारी अभावमा काम गर्न समस्या भएको मन्त्री पुनको गुनासो

२०७५ भदौ ३० गते ९:५६

म्याग्दी, ३० भदौ– गण्डकी प्रदेशको सामाजिक विकासमन्त्री नरदेवी पुनले प्रदेश सरकारसँग कर्मचारी नहुँदा काम गर्न समस्या भएको बताइन् । बेनीमा शुक्रबार जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रको कार्यालय उद्घाटन गर्दै मन्त्री पुनले प्रदेश सरकारमातहत कर्मचारी नभएको र भएका कर्मचारीले असहयोग गर्दा काम गर्न अप्ठ्यारो परेको बताइन्...

प्रचण्ड आज चीन जाँदै

२०७५ भदौ ३० गते ९:२४

काठमाण्डु, ३० भदौ– नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड साताव्यापी चीन भ्रमणका सिलसलामा आज बेइजिङ प्रस्थान गर्दैछन् । दक्षिण छिमेकी भारत भ्रमणबाट फर्केको एक सातापछि उनको उत्तर छिमेकी चीन भ्रमण हुन लागेको हो । प्रचण्ड मध्याह्न १२ बजेर पाँच मिनेटमा बेइजिङ उड्ने कार्यक्रम रहेको उनको...

म असन्तुष्ट छुः गृहमन्त्री

२०७५ भदौ २९ गते २२:२१

काठमाण्डु, २९ भदौ– गृहमन्त्री रामबहादुर थापाले कञ्चनपुरकी निर्मला पन्तको हत्याका दोषी पत्ता नलाग्दा सबैभन्दा बढी असन्तुष्ट आफू रहेको बताएका छन् । निर्मलाका आमा र बुबासहितको प्रतिनिधिमण्डललाई शुक्रबार गृहमन्त्रालयमा भेट्दै उनले भने, ‘दोषीलाई कठघरामा ल्याउन नसक्दा जति पीडा गृहमन्त्रीलाई हुन्छ, त्यति अरुलाई हुँदैन होला ।’...

प्रचण्डले भने– नेतृत्वले जोखिम मोल्नुपर्ने भएको छ

२०७५ भदौ २९ गते २२:१४

काठमाण्डु, २९ भदौ– नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले आर्थिक विकास र समृद्धिको एजेण्डामा राजनीतिक दलबीच समान विचार र धारणा रहेकाले आर्थिक विकासले नयाँ गति लिने विश्वास व्यक्त गरेका छन् । कारोबार दैनिकले शुक्रबार आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले राजनीतिक दलबीच समान...

३३ केजी सुन तस्करीः के एसएसपी लोहनी निर्दोष साबित भएर थुनामुक्त भएका हुन् ?

२०७५ भदौ २९ गते २१:५४

काठमाण्डु, २९ भदौ– तस्करीको ३३ केजी सुन र सनम शाक्य हत्या प्रकरणमा संलग्नताको आरोपमा मुछिएका नेपाल प्रहरीका एसएसपी दिवेश लोहनी थुनामुक्त भएका छन् । उच्च अदालत विराटनगरका न्यायाधीशद्वय नागेन्द्रलाभ कर्ण र सारङ्गा सुवेदीको संयुक्त इजलासले एसएसपी लोहनी शुक्रबार साधारण तारेखमा थुनामुक्त गर्न आदेश दिएको...

राष्ट्रियसभामा सात विधेयक टेबुल

२०७५ भदौ २९ गते १७:४९

काठमाण्डु, २९ भदौ – राष्ट्रियसभाको आजको दोस्रो बैठकमा मौलिक हकसम्बन्धी सात विधेयक टेबुल भएको छ । ‘सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार विधेयक, २०७५’, ‘जनस्वास्थ्य विधेयक, २०७५’, ‘रोजगारीको हकसम्बन्धी विधेयक, २०७५’, ‘उपभोक्ता संरक्षण विधेयक, २०७५’, ‘खाद्य अधिकारसम्बन्धी विधेयक, २०७५’, ‘आवासको अधिकारसम्बन्धी विधेयक, २०७५’ र...

विदेशी लगानीकर्ताहरुका लागि प्रधानमन्त्रीले गरे यस्तो ‘अफर’

२०७५ भदौ २९ गते १७:२६

काठमाण्डु, २९ भदौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले समयको पूर्ण सदुपयोग गरेर नेपालमा विकासको लहर ल्याइने बताएका छन् । कारोवार आर्थिक दैनिकले आयोजना गरेको आर्थिक सम्मेलन –२०१८ को आज यहाँ उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले लामो राजनीतिक सङ्क्रमणपछि आर्थिक विकासको समृद्धिको बाटोमा नेपाल अघि बढेको...

निजगढमा २ लाख रुख काटेर भारतको जस्तो ‘एयरपोर्ट’

२०७५ भदौ २९ गते १७:०३

काठमाण्डु, २९ भदौ – सरकारले वातावरणीय रुपमा कम क्षति गरेर निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्ने भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विकल्पका रुपमा निर्माण गर्न लागिएको सो विमानस्थलको प्रक्रिया अगाडि बढेपछि वातावरण विनाश हुने भन्दै हल्ला चलाइएपछि सरकारले वातावरणीय रुपमा कम क्षति हुने गरी...

वन मन्त्रालयको हरित उद्यमशीलता कार्यक्रमलाई अष्ट्रेलियाले सघाउने

२०७५ भदौ २९ गते १६:४१

काठमाण्डु, २९ भदौ – वन तथा वातावरण मन्त्रालयले आफ्नो वार्षिक कार्ययोजनामा समेटेको हरित उद्यमशीलतामार्फत जिविकोपार्जन कार्यक्रमका लागि सहयोग गर्ने भएको छ । अष्ट्रेलियाले मन्त्रालयको वनमा आधारित हरित उद्यमशीलता कार्यक्रममा सहयोग गर्न चाहेको हो । नेपालका लागि अष्ट्रेलियाली राजदूत पिटर बडले शुक्रबार सिंहदरबारमा वन तथा वातावरणमन्त्री...

खाद्य अधिकार तथा खाद्य सम्प्रभुतासम्बन्धी विधेयक पारित

२०७५ भदौ २९ गते १६:१५

काठमाण्डु, २९ भदौ – प्रतिनिधिसभाको आजको बैठकमा ‘खाद्य अधिकार तथा खाद्य सम्प्रभुतासम्बन्धी विधेयक, २०७५’ सर्वसम्मतिले पारित भएको छ । कृषि तथा पशुपन्छी विकासमन्त्री चक्रपाणि खनालले सोसम्बन्धी प्रस्ताव पेश गरेका थिए । यसअघि मन्त्री खनालले ‘कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको प्रतिवेदनसहितको खाद्य अधिकारसम्बन्धी विधेयक,...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us