राजनीति

कैदीलाई भेटेर कानूनमन्त्रीले दिए यस्तो आश्वासन

२०७५ भदौ २९ गते ११:०२

सुर्खेत, २९ भदौ – कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले सुर्खेत कारागार अवलोकन गरेका छन् । बिहीबार अपरान्ह् ४ः०० बजे कारागार पुगेर उनले भौतिक संरचना, कैदीबन्दीको निरीक्षण, सीपमूलक तालीम अवलोकन गर्नुका साथै त्यहाँ रहेका कैदीबन्दीको गुनासासमेत सुनेका थिए । मन्त्री भण्डारीले...

वीरगञ्जका मेयरले दिए पार्टीबाट राजीनामा

२०७५ भदौ २९ गते १०:५०

वीरगञ्ज, २९ भदौ – वीरगञ्ज उपमहानगरपालिकाका मेयर विजय सरावगीले संघीय समाजवादी फोरमबाट राजीनामा दिएका छन् । महानगरपालिकाको काममा अनावशव्यक दबाब आएको भन्दै उनले राजीनामा दिएका हुन् । व्यापारिक पृष्ठभूमिका सरावगी संघीय समाजवादी फोरमबाट वीरगञ्जको मेयर निर्वाचित भएका थिए । तर, पार्टीले अनावश्यक दबाव दिएको...

सर्वोच्च फर्केका दीपकराज जोशीले दिए गोविन्द केसीलाई झट्का लाग्ने फैसला

२०७५ भदौ २८ गते २२:१०

काठमाण्डु, २८ भदौ– सर्वोच्च अदाततले स्वास्थ्य सेवा बन्द हड्तालजस्ता कार्य नगर्न नेपाल चिकित्सक सङ्घको नाममा आदेश जारी गरेको छ । न्यायाधीश दीपकराज जोशीको एकल इजलासले आज स्वास्थ्य सेवाजस्तो आधारभूत क्षेत्रमा बन्द हडताल नगर्ने सङ्घको नाममा आदेश जारी गरेको हो । आदेशमा भनिएको छ, ‘सङ्घको...

केपी ओली र प्रचण्डले पाए यस्तो कामको जिम्मा

२०७५ भदौ २८ गते २२:०४

काठमाण्डु, २८ भदौ– नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठकले साङ्गठिनक एकीकरणको प्रस्ताव तयार गर्ने जिम्मेवारी अध्यक्षद्वयलाई दिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बसेको बैठकले नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले साङ्गठनिक एकीकरणसम्बन्धी प्रस्ताव अब बस्ने सचिवालय बैठकमा पेश गर्ने निर्णय...

केपी ओलीले भने– भारतसँग झगडा होइन, मिल्नुपर्छ

२०७५ भदौ २८ गते २१:४९

काठमाण्डु, २८ भदौ– प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल–भारतका बीच सिमानामा विवाद हुन नहुने बताएका छन् । नेपाल–भारत अन्तर्राष्ट्रिय सीमासम्बन्धी बैठकलाई बिहीबार सिंहदरबारमा सम्बोधन गर्दै उनले सिमानामा देखिएका विवाद समाधान हुनै नसक्ने प्रकारका नभएकाले विवाद गर्न नपर्ने बताए ।  ‘कहीँ कतै समस्या देखियो भने दुई...

प्रधानमन्त्रीलाई विश्वप्रकाशको सुझावः कांग्रेसको हारबाट केही सिक्नुस्

२०७५ भदौ २८ गते १८:००

काठमाण्डु, २८ भदौ – प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले संघीय लोकतान्त्रिक गणतन्त्रलाई सफल बनाउन सत्तापक्ष र प्रतिपक्षबीच मिलेर अघि बढ्नुको विकल्प नरहेको बताएका छन् । प्रवक्ता शर्माले प्रधानमन्त्री केपी ओलीलाई कांग्रेसको हारबाट पाठ सिकेर अघि बढन पनि आग्रह गरे । उनले...

कानून आयोगले बुझायो वार्षिक प्रतिवेदन

२०७५ भदौ २८ गते १७:५४

काठमाण्डु, २८ भदौ – नेपाल कानून आयोगले आर्थिक वर्ष २०७४÷७५ को वार्षिक प्रतिवेदन आज कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकाललाई बुझाएको छ । आयोगका अध्यक्ष माधव पौडेलसहितको टोलीले आज मन्त्री ढकाललाई वार्षिक प्रतिवेदन बुझाएको हो । संविधानअनुसार आयोगको गरेको वार्षिक काम कारवाहीका बारेमा...

विदेशमा उपचार गर्न जानेलाई सरकारले पैसा नदिने

२०७५ भदौ २८ गते १७:०८

काठमाण्डु, २८ भदौ – सरकारले कुनै पनि व्यक्तिको विदेशमा उपचारका लागि लाग्ने खर्च नव्यहोर्ने भएको छ । जनस्वास्थ्यसम्बन्धी विधेयकमा संशोधनमार्फत् विदेशमा हुने उपचारको खर्च सरकारले नव्यहोर्ने व्यवस्था गरिएको हो । नेता तथा उच्च तहका सरकारी अधिकारीहरूले राज्यकोषबाट रकम लिएर विदेशमा उपचार गराउँदै आएका छन्...

भरतपुर महानगरमा रेणु दाहालले गरिन् लोकप्रिय काम

२०७५ भदौ २८ गते १६:३८

चितवन, २८ भदौ – भरतपुर महानगरपालिकाको फोहर व्यवस्थापन गुरुयोजना निर्माणका लागि कोरियाली संस्थासँग आज यहाँ सम्झौता सम्पन्न भएको छ । कोरियाली सरकारको मातहतमाको सुडोनोन ल्याण्डफिल साइट म्यानेजमेन्ट कर्पोरेशनसँग सम्झौता भएको हो । सम्झौतापत्रमा महानगरका तर्फबाट प्रमुख रेणु दाहाल र कर्पोरेशनका तर्फबाट अध्यक्ष सियो जु...

छोरीको हत्याबारे निर्मलाका बाबुले गरे सनसनीपूर्ण खुलासा

२०७५ भदौ २८ गते १६:०२

काठमाण्डु, २८ भदौ –कञ्चनपुरमा बलात्कार पछि हत्या गरिएकी बालिका निर्मला पन्तको न्यायका लागि काठमाण्डु आएका आफन्तले प्रमाण नष्ट गर्न भूमिका खेलेका प्रहरी अधिकारीहरुलाई तत्काल गिरफ्तार गर्न माग गरेका छन् । रिपोर्टस क्लबमा बिहीबार पत्रकार सम्मेलन गरेर उनीहरुले अपराध लुकाउन खोज्ने प्रहरीहरु खुलेआम हिंडिरहेको भन्दै...

फेरी प्रकाण्डलाई काठमाण्डु ल्याइयो

२०७५ भदौ २८ गते १५:४९

लमही, २८ भदौ – नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डलाई दाङबाट आज काठमाण्डु ल्याइएको छ । आज बिहान दाङबाट काठमाण्डु लगिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी उपरीक्षक कृष्णहरि शर्माले जानकारी दिए । शुक्रबार भोजपुरबाट दाङ ल्याइएका विकलाई सर्वोच्च अदालतले काठमाण्डु...

प्रतिनिधिसभा बैठकः थप दुई प्रतिवेदन पेश

२०७५ भदौ २८ गते १४:५०

काठमाण्डु, २८ भदौ – प्रतिनिधिसभाको आजको तेस्रो बैठकमा मौलिक हक सम्बन्धमा व्यवस्था गर्न बनेको थप दुई विधेयकसम्बन्धी सम्बन्धित समितिको प्रतिवेदन पेश भएका छन् । कृषि, सहकारी तथा प्राकृतिक स्रोत तथा समितिका ज्येष्ठ सदस्य सत्यनारायण शर्मा खनालले ‘खाद्य अधिकारसम्बन्धी विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०७५’ र ‘भूमि...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us