काठमाण्डु, ९ असोज – कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछि हत्या घटनाको छानबिन गर्न गठिन उच्चस्तरीय समितिले प्रतिवेदन बुझाएको छ । सहसचिव हरि कुमार मैनाली संयोजकत्वको समितिले मंगलबार गृहमन्त्री रामबहादुर थापा ‘बादल’लाई प्रतिवेदन बुझाएको हो । प्रतिवेदन बुझाउँदै संयोजक मैनालीले सो घटनामा प्रहरीबाट भएको कमजोरीबारे...
अत्तरिया, ९ अजोज – प्रदेश नं ७ का कूल ८८ स्थानीय तहमध्ये ६६ स्थानीय तहका जनप्रतिनिधिले अझै आफ्नो सम्पत्ति विवरण बुझाएका छैनन् । कैलाली र कञ्चनपुर जिल्ला समन्वय समितिसहित २२ नगर तथा गाउँपालिकाका जनप्रतिनिधिले मात्रै कार्यालयमा सम्पत्ति विवरण बुझाएको पाइएको छ । पहाडी जिल्लाका...
सिन्धुपलाञ्चोक, ९ असोज – नेपाली काङ्ग्रेसका नेता एवं पूर्वमन्त्री मोहनबहादुर बस्नेतले अब सबै राजनीतिक दल मुलुकको आर्थिक समृद्धिका लागि अग्रसर हुनुपर्ने बताएका छन् । ‘समुदाय र विपद् उद्धार समूह’ (सिडिआरटी) नामक गैरनाफामूलक अन्तर्राष्ट्रिय संस्थाको सहयोगमा बाह्रबिसे नगरपालिका–४ अङ्गेरीपाखामा निर्मित सामुदायिक स्वास्थ्य केन्द्रको सोमबार उद्घाटन...
हेटौँडा, ९ असोज – प्रदेश नं. ३ का मुख्यमन्त्री डौरमणि पौडेलले हेटौँडाबाट प्रदेशको राजधानी मकवानपुरको हेटौँडामै उपयुक्त भएपनि राजधानी सार्न चलखेल र षड्यन्त्र भइरहेको बताएका छन् । न्यू क्लब हेटौँडाको उद्घाटन गर्दै उनले आर्थिक, प्रशासनिक, औधोगिक रुपमा विकासको वातावरण भएको हेटौँडामा राजधानी अत्यन्त उपयुक्त...
न्यूयोर्क, ९ असोज – प्रधानमन्त्री केपी शर्मा ओली र क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोबीच आज संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा भेटवार्ता सम्पन्न भएको छ । भेटवार्ताका क्रममा प्रधानमन्त्री ओली र क्यानडाका समकक्षी ट्रुडोले दुई मुलुकबीच दुईपक्षीय परामर्श संयन्त्र स्थापना गर्नेबारे समझदारीपत्रमा हस्ताक्षर गरेका छन् । उक्त समझदारीपत्रबाट...
काठमाण्डु, ९ असोज – नेपाल टेलिभिजनका पूर्वअध्यक्ष महेश दाहाल नेपाली काँग्रेस छाडेर आज नेपाल कम्युनिष्ट पार्टीमा प्रवेश गरेका छन् । अाज पार्टीको केन्द्रीय कार्यालय धुम्बाराहीमा आयोजित पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, महासचिव विष्णु पौडेललगायतका नेताले प्रवेश गराएका हुन् । अध्यक्ष प्रचण्डले नवप्रवेशी...
काठमाण्डु, ८ असोज– जनमोर्चा अध्यक्ष चित्रबहादुर केसीले नेपाल छिट्टै भारतमा विलय हुने खतरा बढेको दाबी गरेका छन् । अंगीकृत नागरिकता लिएकाका सन्तान सहजै वंशजका आधारमा नागरिकता दिइनाले नेपाल भारतमा विलय हुने दिशामा अघि बढेको जिकिर उनको थियो । उनले अंगीकृत नागरिकता लिनेमा अधिकांश भारतीय...
काठमाण्डु, ८ असोज – कार्यबाहक प्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले अब पनि हिंसा र आतङ्कको कुरा गर्नु मुलुक र जनताको हितमा नहुने बताएका छन् । मकवानपुरको भीमफेदीस्थित महेन्द्र माविको हीरक महोत्सवका अबसरमा उनले मुलुकलाई जातीय विभाजन र विखण्डन गराउने प्रवृत्ति देखा परेकाले आर्थिक विकास...
काठमाण्डु, ८ असोज – नेपाली काङ्ग्रेसका नेता अर्जुननरसिंह केसीले पार्टीभित्र देखिएका समस्या समाधानमा केन्द्रित हुन नेताहरुलाई आह्वान गरेका छन् । रिपोर्टर्स क्लब नेपालद्वारा यहाँ आज आयोजित साक्षात्कारमा नेता केसीले पार्टीभित्र देखिएका विविध समस्या समाधानका लागि संशोधन गर्नुपर्नेमा जोड दिए । ‘सरकार वा अन्य पार्टीबाट...
काठमाण्डु, ८ असोज – नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रदेश ७ इन्चार्ज भीम रावलले जिल्ला एकीकृत पार्टीको जिल्ला संरचनाको चाँडै टुंगो लाग्ने बताएका छन् । केन्द्रीय परिपत्रअनुसार केही सामान्य हेरफेर मात्रै गर्न बाँकी रहेको उनले बताए । उनले भने, ‘सम्पूर्ण गृहकार्य भई सकेको छ ।’...
इलाम, ८ असोज – पूर्व उपप्रधानमन्त्री गोपालमान श्रेष्ठले पछिल्लो समयमा मुलुकमा अशान्ति र महँगी बढेको बताएका छन् । प्रेस युनियन इलामको आठौँ अधिवेशनका लागि यहाँ आइपुग्नुभएका श्रेष्ठले वर्तमान सरकारले प्रेसलाई घेराबन्दी गर्न खोजेको आरोप लगाए । काङ्ग्रेस नेता भीष्मराज आङ्देम्बेले काङ्ग्रेस सच्चिनका लागि भातृसङ्गठन...
काठमाण्डु, ८ असोज – सरकार प्रदेश र स्थानीयस्तरमा पनि युवा परिषद् गठनको तयारीमा लागेको छ । राष्ट्रिय युवा परिषद् ऐन संशोधन गरेर नै सरकार ती दुई परिषद्का लागि तयारीमा लागेको हो । परिषद् ऐनमा नै प्रदेश र स्थानीय तहमा युवा परिषद् गठन गर्ने प्रस्तावसँगै...