राजनीति

राष्ट्रपति भण्डारी आज साँझ स्वदेश फर्कदै

२०७५ कार्तिक १५ गते १२:२५

कतार, १५, कार्तिक – राष्ट्रपति विद्यादेवी भण्डारी कतारको चार दिने औपचारिक भ्रमण पूरा गरी आज साँझ स्वदेश फर्कदै छिन् । मित्र राष्ट्र कतारका अमिर शेख हमाद बीन खालिदा अल थानीको मैत्रीपूर्ण निमन्त्रणामा एक प्रतिनिधिमण्डलको नेतृत्व गर्दै राष्ट्रपति भण्डारी सोमबार कतार भ्रमणमा आएकी हुन् ।...

मुख्यमन्त्रीलाई मुख छाडेपछि मन्त्री केशव स्थापितलाई हटाउने तयारी

२०७५ कार्तिक १५ गते १२:१५

काठमाण्डु, १५ कात्तिक – प्रदेश ३ का भौतिक पूर्वाधार तथा विकास मन्त्री केशव स्थापितलाई सरकारबाट हटाउने तयारी भएको छ । मुख्यमन्त्री डोरमणी पौडेलमाथि अभद्र व्यवहार गरेकाले मन्त्री स्थापितलाई सरकारबाट हटाउने तयारी भएको स्रोतले बतायो ।  दुई जना महिला पत्रकारले मन्त्री स्थापितमाथि यौन दुव्र्यवहारको आरोप...

अस्पतालबाट प्रधानमन्त्रीलाई डिस्चार्ज दिने तयारी

२०७५ कार्तिक १५ गते १०:५८

काठमाण्डु, १५ कात्तिक – प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा पूर्ण सुधार आइसकेको दाबी अस्पतालले गरेको छ । स्वास्थ्य अवस्था सुधार आएपछि प्रधानमन्त्रीको डिस्चार्जबारे परामर्श भइरहेको अस्पतालले जनाएको हो । मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरका कार्यकारी निर्देशक प्रा.डा. उत्तम कृष्ण श्रेष्ठले प्रधानमन्त्रीको स्वास्थ्य अवस्था...

जब कतारमा रहेका नेपालीलाई राष्ट्रपति भण्डारीले यसो भनिन…

२०७५ कार्तिक १५ गते १०:१५

कतार, १५, कार्तिक – राष्ट्रपति विद्यादेवी भण्डारीले कतारस्थित नेपालीहरूको साझा मञ्चलाई सम्बोधन गरेकी छन् । कतारको औपचारिक भ्रमणको सिलसिलामा गैरआवासीय नेपाली कतार शाखा, कतार–नेपाल मैत्री संघ लगायत संस्थाका प्रतिनिधि र विभिन्न उद्योगी व्यवसायीको उपस्थिति रहेको सो कार्यक्रममा राष्ट्रपति भण्डारीले अब नेपालीले तन, मन र...

कमल थापाले लगाए ओली सरकारमाथि यस्तो आरोप

२०७५ कार्तिक १४ गते २१:२५

लहान, १४ कात्तिक– राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले छिट्टै पार्टी एकता हुने बताएका छन् । सिरहाको मिर्चैयामा बुधबार आयोजित जिल्लास्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष थापाले फुटका कारण पार्टी कमजोर भएको भन्दै सबैलाई एकजुट बनाएर छिट्टै बलियो एकीकृत पार्टी निर्माण हुने बताए ।...

केपी ओली सरकार लोकप्रिय !

२०७५ कार्तिक १४ गते २१:१८

विराटनगर, १४ कात्तिक– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले वर्तमान सरकारको लोकप्रियता नघटेको बताएका छन । विमानस्थलमा बुधबार सञ्चारकर्मीसँग सङ्क्षिप्त कुराकानी गर्दै उनले जनताले दिएको जनादेशअनुसार सरकारले काम गरिरहेकाले यसको लोकप्रियतामा कुनै कमी नआएको प्रस्ट पारे । सरकारले चिनीको बिक्री मूल्य ७० तोकेको हुनाले...

कार्यवाहक राष्ट्रपति भन्छन्ः राष्ट्रिय भाषामा अतिक्रमण भयो

२०७५ कार्तिक १४ गते १७:३५

काठमाण्डु, १४ कात्तिक – कार्यवाहक राष्ट्रपति नन्दबहादुर पुनले नेपाली राष्ट्रिय भाषामाथि अतिक्रमण भइरहेको उल्लेख गर्र्दै यस सम्बन्धमा बेलैमा सरकारको ध्यान जानुपर्ने बताएका छन् । नेपाली शिक्षा परिषद्का अध्यक्ष राष्ट्रकवि माधवप्रसाद घिमिरे शताब्दी वर्ष प्रवेश गरेका अवसरमा आयोजित अभिनन्दन समारोहमा उनले राष्ट्रिय शिक्षा प्रणालीमा विदेशी...

राष्ट्रपति भण्डारी र कतार फाउण्डेसनका अध्यक्षबीच भेटवार्ता

२०७५ कार्तिक १४ गते १७:२६

कतार, १४, कार्तिक – राष्ट्रपति विद्यादेवी भण्डारी कतारको चार दिने औपचारिक भ्रमणको तेस्रो दिन आज दोहास्थित कतार फाउण्डेसनले आयोजना गरेको कार्यक्रमा सरिक भएकी छन् । राष्ट्रपति भण्डारीलाई त्यस फाउण्डेसनकी कार्यकारी अधिकृत शेख हिन्द बिन्द खालिफा अल थानीले स्वागत गरेकी थिइन् । उक्त फाउण्डेसन अन्तर्गत...

पद्मरत्न तुलाधर भेट्न सभामुख पुगे नर्भिक

२०७५ कार्तिक १४ गते १६:२७

काठमाण्डु, १४ कार्तिक – सभामुख कृष्णबहादुर महराले नर्भिक अस्पतालमा उपचाररत मानवअधिकारकर्मी पद्मरत्न तुलाधरको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिएका छन् ।  बुधबार बिहान नर्भिक अस्पताल पुगी सभामुख महराले तुलाधरको स्वास्थ्यस्थितिका बारेमा जानकारी लिएका हुन् । अस्पताल पुगेका सभामुख महरालाई तुलाधरको स्वास्थ्य अवस्थाका बारेमा डाक्टरहरुले जानकारी...

नयाँ शक्तिको विश्लेषणः ओली फुर्के र गफाडी !

२०७५ कार्तिक १४ गते १५:३८

काठमाण्डु, १४ कात्तिक – डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीले आफ्नो राजनीतिक प्रतिवेदनमै प्रधानमन्त्री केपी शर्मा ओलीलाई फुर्के, गफाडी र दम्भी भन्दै आलोचना गरेको छ । बुधबारदेखि राजधानीमा सुरु भएको संघीय वैठकमा संयोजक भट्टराईले पेश गरेको राजनीतिक प्रतिवेदनमा सरकारको मात्र होइन, प्रधानमन्त्री ओलीको...

सरकारको निर्णयमाथि सर्वोच्चले ‘ब्रेक’ लगायाे

२०७५ कार्तिक १४ गते १५:१०

काठमाण्डु, १४ कात्तिक – सर्वोच्च अदालतले गोरखापत्र संस्थानका महाप्रबन्धकबाट बसन्त प्रकास उपाध्यायलार्इ हटाउने सरकारको निर्णय कार्यान्वयन नगर्न आदेश दिएको छ । न्यायधीश इस्वर खतिवडाको एकल इजलासले उपाध्यायलाई हटाउन गत आइतबार सम्पन्न मन्त्रिपरिषद् बैठकले गरेको निर्णय कार्यान्वयन नगर्न आदेश दिएको हो । सरकारको उक्त निर्णयलाई...

जम्मु–काश्मिर समस्या समाधान जनमतसङ्ग्रहबाट हुनुपर्छः पाकिस्तानी राजदूत

२०७५ कार्तिक १४ गते १४:५९

काठमाण्डु, १४ कात्तिक – नेपालका लागि पाकिस्तानका राजदूत मजहर जावेदले कठिन समयमा नेपालबाट प्राप्त साथ र समर्थनप्रति पाकिस्तानी सरकार एवम् जनता आभारी भएको बताएका छन् । पाकिस्तानी राजदूतावासमा आज ‘जम्मु–काश्मिर विवाद र मानवअधिकार उल्लङ्नका घटनामा वृद्धि’ विषयमा आयोजित प्रवचन कार्यक्रममा उनले सरकारीस्तरमा मात्र नभई...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us