काठमाण्डु, १६ कात्तिक – प्रधानमन्त्री केपी शर्मा ओलीको उपचार खर्च बाहिरिएको छ । सोमबारदेखि टिचिङ अस्पतालमा भर्ना भएका प्रधानमन्त्री ओलीको उपचारमा अहिलेसम्म ५० हजार खर्च भएको हो । मनमोहन कार्डियोथोरासी भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर महाराजगन्ज टीचिङमा उपचाररत प्रधानमन्त्री ओलीको आज शुक्रबार सम्मको उपचार खर्च...
विराटनगर, १६ कात्तिक – कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले संविधानसँग बाझिने गरी प्रदेशले बनाएको कानून स्वतः खारेज हुने बताएका छन् । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उनले सङ्घले संविधानअनुसार कानून निर्माण गर्ने हुनाले यस सम्बन्धमा प्रदेश सरकार अलमलिनुु हँुदैन भने ।...
अछाम, १६ कात्तिक – नेकपा स्थायी समिति सदस्य तथा पूर्वउपप्रधानमन्त्री भीमबहादुुर रावलले स्थानीय तहमा पार्टीको समायोजनको काम चाँडो सम्पन्न हुने बताएका छन् । नेता रावलले सदरमुकाम मङ्गलसेनमा अगुवा कार्यकर्ता भेलालाई आज सम्बोधन गर्दै पार्टी समायोजनको काम चाँडो सम्पन्न गर्ने गरी काम गर्न सबै नेता...
काठमाण्डु, १६ कात्तिक – प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले विजया दशमी, दिपावली, नेपाल संवत्, छठलगायत पर्वका अवसरमा आयोजित चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम पार्टी मुख्यालय सानेपामा शुरु भएको छ । चियापानमा सहभागी अतिथिलाई पार्टी सभापति शेरबहादुर देउवा, वष्ठि नेता रामचन्द्र पौडेल, महामन्त्री डा शशांक...
हेटौँडा, १६ कात्तिक – प्रदेश नं ३ का भौतिक पूर्वाधार तथा विकासमन्त्री केशव स्थापितले अहिलेको राजनीतिक परिस्थितिमा सबै मिलेर जानाको विकल्प नभएको बताएका छन् । उनले प्रदेश सरकारका मुख्यमन्त्री डोरमणी पौडेलसंँग आफ्नो सम्बन्ध राम्रो भएको र सरकार सञ्चालन सम्बन्धमा आवश्यक छलफल भइरहने गरेको स्पष्ट...
विराटनगर, १६ कात्तिक – अर्थमन्त्री डाक्टर युवराज खतिवडाले प्रदेश र स्थानीय तहको विकास खर्च निराशाजनक हुँदैमा त्यसले राष्ट्रिय अर्थतन्त्रमा असर नपर्ने दाबी गरेका छन् । उनले प्रदेश र स्थानीय तहले खर्च गर्न नसके पनि आर्थिक तरलता उत्पन्न हुन नदिने गरी व्यवस्था गर्न लागिएको जानकारी...
काठमाण्डु, १६ कात्तिक – त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालको मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा उपचाररत प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न नेपाल कम्युनिस्ट पार्टी (ने क पा) का अध्यक्ष पुष्पकमलप दाहाल ‘प्रचण्ड’ अस्पताल पुगेका छन् । स्वास्थ्य अवस्था सामान्य हुँदै गइरहेको र डिस्चार्जको तयारी भइरहेका...
काठमाण्डु, १६ कात्तिक – प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले विजयादशमी, दीपावली, नेपाल संवत्, छठलगायत पर्वका अवसरमा आज शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम आयोजना गर्दैछ । हरेक वर्ष विजयादशमीको अन्तिम दिन कोजाग्रत पूर्णिमामा आयोजना गर्दै आएको चियापान कार्यक्रम यस वर्ष पार्टीका नेता एवं पूर्वमन्त्री चक्रप्रसाद...
काठमाण्डु, १६ कात्तिक – छातीको संक्रमणपछि उपचारका लागि अस्पताल भर्ना भएका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य पूर्ण सुधारोन्मुख रहेको चिकित्सकले बताएका छन् । प्रधानमन्त्रीकी निजी चिकित्सक डाक्टर दिव्या सिंहका अनुसार आज साँझ वा भोलि शनिबार बिहानसम्म प्रधानमन्त्रीलाई डिस्चार्ज गर्ने तयारी छ । ‘प्रधानमन्त्रीको स्वास्थ्य...
काठमाण्डु, १६ कात्तिक – नयाँ शक्ति पार्टीको महिला संगठन महिला शक्ति महासंघले कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार र हत्यामा संलग्नको शीघ्र पहिचान गरी कानूनी कारवाहीको लागि दवाव दिन आज प्रदर्शन गर्ने भएको छ । आज दिउँसो ३ बजे माइतीघर मण्डलमा महिला शक्ति...
पोखरा, १६ कात्तिक – गण्डकी प्रदेशका भौतिक पूर्वाधार तथा विकासमन्त्री रामशरण बस्नेतले स्वस्थ जनता नै समृद्धिको आधार भएको बताएका छन् । कास्की जिल्लाको रुपा गाउँपालिका–१ बाह्रपिर्केमा नवनिर्मित थुम्की स्वास्थ्यचौकी भवन तथा स्वास्थ्य जाँच प्रयोगशाला बिहीबार उद्घाटन गर्दै उनले आधारभूत स्वस्थ्य सेवा प्रदान गर्नु सरकारको...
काठमाण्डु, १५ कात्तिक– सरकार नेतृत्वकर्ता नेकपाले नेपाली महिलालाई पनि ब्रिटिस सेनामा भर्ती गर्ने त्यहाँका रक्षामन्त्रीको भनाइ गलत भएको भन्दै द्विपक्षीय सहमति बिना उक्त कुरा असम्भव रहेको बताएको छ । ब्रिटिस गोर्खा सैनिकले आफ्नो अधिकारका लागि उठाउँदै आएको माग सम्बोधन हुनै बााकी रहेको अवस्थामा थप...