काठमाण्डु, २० भदौ– मनाङ र हुम्लाबाहेक ७५ जिल्लामा डेगु सङ्क्रमण पुष्टि भएको छ । यससँगै डेङ्गु महामारीकै कारण स्वास्थ्य सङ्कटकाल घोषणा गर्ने कि नगर्ने भन्ने अध्ययनमा स्वास्थ्य अधिकारी लागेका छन् । काठमाण्डु उपत्यकाका दुई जिल्ला ललितपुर र काठमाण्डुमा सबैभन्दा बढी डेङ्गु सङ्क्रमित पुष्टि भएको...
काठमाण्डु, २० भदौ– पर्यटक भिसामा विदेश जान सरकारले कडाइ गरेको छ । पछिल्लो समय पर्यटक भिसामा विदेश जाने तर स्वदेश फिर्ता नहुने प्रवृत्ति बढेर गएको भन्दै सरकारले पर्यटक भिसामा विदेश प्रस्थान अनुमति व्यवस्थापनसम्बन्धी कार्यविधि २०७९ु स्वीकृत गर्दै कडाइ गरेको हो । कार्यविधिले १६ प्रकृतिको...
काठमाण्डु, २० भदौ– चीनले कोभिडको कारण देखाउँदै एकतर्फी रूपमा प्रमुख दुई व्यापारिक नाका बन्द गरेपछि नेपाल आउन लागेका करिब पाँच सय कन्टेनर उतै रोकिएका छन् । चिनियाँ पक्षले पूर्वजानकारी नदिई रसुवागढी र तातोपानी नाका बन्द गर्दा नेपाल आउन लागेका मालवाहक कन्टेनर चीनतर्फ रोकिएको हिमालय...
काठमाण्डु, १९ भदौ– सरकारले प्रतिनिधि सभाको कार्यकालसम्बन्धी कानुन संशोधन प्रस्ताव गरेको छ । कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयका तर्फबाट विधेयक प्रतिनिधिसभा सचिवालयमा दर्ता भएको छ । चालू अधिवेशनमै विधेयक पारित गर्ने सरकारको तयारी छ । प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन संशोधन गर्दै उक्त व्यवस्था...
काठमाण्डु, १९ भदौ– प्रधानमन्त्री शेरबहादुर देउवालगायत सरकारका प्रायः मन्त्रीहरुले आफ्नो र परिवारको नाममा रहेको सम्पत्ति विवरण लुकाउने प्रयास गरेका छन् । सरकार बनेको एक वर्ष बितिसक्दा समेत प्रधानमन्त्रीलगायत सरकारका २५ जना मन्त्रीको सम्पत्ति विवरण गोप्य राखिएको हो । विगतका सबै सरकारका प्रधानमन्त्री र मन्त्रीहरुले...
काठमाण्डु, १८ भदौ– उपेन्द्र यादवको चुनावी यात्रा हेर्दा स्थिर देखिंदैन । उनले निर्वाचन क्षेत्र बदल्दै आएको पाइन्छ । २०६४ सालको पहिलो संविधानसभा चुनावमा मोर– ५ र सुनसरी– ५ बाट चुनाव लडेका उपेन्द्रले दुवै क्षेत्रबाट जिते । २०७० सालको दोस्रो संविधानसभा चुनावमा उनी फेरि तिनै...
काठमाण्डु, १७ भदौ– सरकार जलवायु संकटकाल घोषणा गर्ने गृहकार्यमा लागेको छ । वन तथा वातावरणमन्त्री प्रदीपकुमार यादवले बढ्दो जलवायुजन्य विपदको सामनाका लागि संकटकाल घोषणाको गृहकार्य भइरहेको जानकारी दिएका हुन् । ‘जलवायु संकट बढ्दो छ। त्यसैले जलवायु संकटकाल घोषणा गर्ने ढिला गर्नुहुँदैन’, मन्त्रालयद्वारा ललितपुरमा आयोजित...
काठमाण्डु, १७ भदौ– तपाईंले आफ्नो मोटरसाइकलमा मोबाइल अड्याउने ‘स्ट्यान्ड’ राख्नुभएको छ ? त्यसो हो भने ‘होसियार’ रहनुस् है ! ट्राफिक प्रहरीको कारबाहीमा जुनसुकैबेला पर्न परिन सक्छ । उपत्यका ट्राफिक प्रहरी कार्यालयले मोटरसाइकलमा ‘मोबाइल स्ट्यान्ड’ राख्नेमाथि कारबाही अभियान थाल्ने तयारी गरेको हो । पछिल्लो समय...
काठमाण्डु, १६ भदौ– उच्च अदालत पाटनले मतपेटिका खरिदसम्बन्धी कामलाई यथास्थितिमा राख्न बुधबार निर्वाचन आयोगका नाममा अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश महेन्द्रनाथ उपाध्यायको इजलासले निर्वाचन आयोग र रिट निवेदक दुवै पक्षलाई छलफलमा बोलाउँदै तत्काल मतपेटिका खरिदको काम अघि नबढाउन अल्पकालीन अन्तरिम आदेश...
काठमाण्डु, १६ भदौ– आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा वर्तमान सत्ता गठबन्धनबीच तालमेल गरेर जाने सहमति भएसँगै सिट बाँडफाँटको विषयमा व्यापक छलफल भइरहेको छ । सिट संख्या वितरणको मापदण्डका विषयमा दलहरूबीच टुंगो लागिनसके पनि पार्टीका शीर्ष नेताहरूचुनाव लड्ने पक्काजस्तै छ। सत्ता...
काठमाण्डु, १६ भदौ– निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले आफूमाथि लागेका आरोपको प्रतिवाद गर्दै प्रस्तावकदेखि सहकर्मीसम्मलाई चौतर्फी प्रतिप्रश्न गरेका छन् । महाभियोग सिफारिस समितिमा बयानका लागि उपस्थित भएका जबराले महाभियोग राजनीतिक उद्देश्य पूर्तिका लागि मात्र भएको जिकिर गरे । आफूमाथि लागेका आरोपभन्दा बढी आफूमाथि प्रश्न गर्नेलाई...
काठमाण्डु, १५ भदौ– सार्वजनिक यातायातको सिन्डिकेट हटाइएको पाँच वर्ष नबित्दै पुनः ब्यूँतिन थालेको छ । त्यसको थालनी गत वर्षदेखि नै ट्रक तथा टिप्पर सङ्घको दर्ताबाट सुरु भइसकेको छ । बस व्यवसायीको पनि चाँडै पूर्ववत् समिति दर्ता हुने दाबी व्यवसायीको छ । सिन्डिकेट हटाउन सर्वोच्च...