संसद्को कार्यकाल नयाँ संसद्को पहिलो बैठकसम्म

काठमाण्डु टुडे २०७९ भदौ १९ गते ७:३९ मा प्रकाशित

काठमाण्डु, १९ भदौ– सरकारले प्रतिनिधि सभाको कार्यकालसम्बन्धी कानुन संशोधन प्रस्ताव गरेको छ ।

कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयका तर्फबाट विधेयक प्रतिनिधिसभा सचिवालयमा दर्ता भएको छ । चालू अधिवेशनमै विधेयक पारित गर्ने सरकारको तयारी छ । प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन संशोधन गर्दै उक्त व्यवस्था प्रस्ताव गरिएको हो ।

विधेयकले प्रतिनिधिसभा निर्वाचन भएर आएको सभाको पहिलो बैठक बसेको दिनबाट अघिल्लोको कार्यकाल समाप्त हुने व्यवस्था प्रस्ताव गरेको छ । विधेयकमा भनिएको छ, ‘प्रतिनिधिसभाको नयाँ निर्वाचन भई त्यस्तो सभाको पहिलो बैठक बसेको दिनबाट अघिल्लो प्रतिनिधिसभाको कार्यकाल स्वतःः समाप्त भएको मानिनेछ ।’

प्रदेशसभाको हकमा पनि सोहीअनुसार कार्यकाल निर्धारण हुने प्रस्तावित विधेयकमा उल्लेख छ । निर्वाचन आयोगले भने आचारसंहितामार्फत मनोनयनका लागि राजीनामा अनिवार्य गरेको छ । मनोनयनपछि स्वतः पद रिक्त हुनेछ । मनोनयनबाहेकका भने कार्यकाल नयाँ सांसदको बैठक नबस्दासम्म हुनेछ । केही नेपाल ऐन संशोधनमार्फत सरकारले १९ वटा ऐन एकैपटक संशोधन गर्न प्रस्ताव गरेको हो । गोरखापत्र दैनिकबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us