उपेन्द्र यादवको अस्थिर चुनावी यात्रा

काठमाण्डु टुडे २०७९ भदौ १८ गते ८:०० मा प्रकाशित

काठमाण्डु, १८ भदौ– उपेन्द्र यादवको चुनावी यात्रा हेर्दा स्थिर देखिंदैन ।

उनले निर्वाचन क्षेत्र बदल्दै आएको पाइन्छ । २०६४ सालको पहिलो संविधानसभा चुनावमा मोर– ५ र सुनसरी– ५ बाट चुनाव लडेका उपेन्द्रले दुवै क्षेत्रबाट जिते । २०७० सालको दोस्रो संविधानसभा चुनावमा उनी फेरि तिनै दुई जिल्लाबाट उम्मेदवार भए । त्यो चुनावमा उनले मोरङमा हारे, सुनसरीमा जिते । २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा उनी सप्तरी–२ बाट निर्वाचित भए ।

२०७४ सालको चुनावअघि भएको भारतीय नाकाबन्दीसहितको तेस्रो मधेस आन्दोलन–२०७२ मा सप्तरी तातेको थियो । नयाँ संविधानमा मधेसको अधिकार काटिएको भन्दै भएको आन्दोलनमा सप्तरी भारदहका राजीव राउत मारिए । एमालेको चुनावी अभियानका क्रममा सप्तरीको मलेठमा पाँचजना मारिए ।

जसका कारण मधेसीको मन र मत दुवै उपेन्द्रतर्फ पोखिएको स्थानीय बताउँछन् नागरिक दैनिकबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us