पत्रपत्रिकाबाट

प्रहरीमा थपियो तीन पद

२०७८ मंसिर १५ गते ६:५२

काठमाण्डु, १५ मंसिर– सरकारले तल्लो दर्जाका प्रहरी कर्मचारीको वृत्तिविकास तथा मनोबल उच्च राख्न वरिष्ठ नायब निरीक्षक (बसई), वरिष्ठ हबल्दार (बह) र सहायक हबल्दार (सह) गरी तीन पद थप गर्ने निर्णय गरेको छ । सोमबार  बसेको  मन्त्रिपरिषद्को  बैठकले  सो  निर्णय  गरेको  हो  । प्रहरी  नियमावली...

जापान र अस्ट्रेलिया जान बन्द

२०७८ मंसिर १५ गते ६:४७

काठमाण्डु, १५ मंसिर–  अस्ट्रेलिया र जापान सरकारले विदेशी विद्यार्थीलाई आवतजावतमा रोक लगाएको छ । ओमिक्रोन भाइरसको सङ्क्रमण फैलन सक्ने जोखिम बढेको भन्दै दुवै मुलुकले विद्यार्थी तथा अन्य प्रयोजनका लागि जान चाहने विदेशीलाई प्रवेशमा रोक लगाएको हो । दुवै मुलुकको निर्णयबाट नेपाली विद्यार्थी पनि प्रभावित...

एमालेमा बन्यो ओलीको हार्डलाइनर टिम

२०७८ मंसिर १५ गते ६:४५

काठमाण्डु, १५ मंसिर– चितवनमा मंगलबार सम्पन्न एमालेको दसौं महाधिवेशनबाट अध्यक्ष केपी ओलीले चाहेकै जस्तो कठोर (हार्डलाइनर) टिम बनेको छ । वरिष्ठ उपाध्यक्षदेखि महासचिवसम्मको कार्यकारी टिमलाई हेर्ने हो भने समन्वयकारी धार छायामा परेको छ । यसले ओलीलाई पार्टीभित्र शक्तिशाली बनाएको छ । उनीसँगै वरिष्ठ उपाध्यक्ष...

राप्रपामा कमलभन्दा लिङदेन बलियो

२०७८ मंसिर १४ गते ७:२८

काठमाण्डु, १४ मंसिर–राष्ट्रिय प्रजातन्त्र पार्टीको नयाँ नेतृत्व चयनका लागि भोलि बुधबारबाट काठमाडौंमा महाधिवेशन सुरु हुँदै छ । ‘एकता महाधिवेशन’ भनिएको यो महाधिवेशनमा पार्टीको नेतृत्वका लागि हालका अध्यक्ष कमल थापा र नेता राजेन्द्र लिङ्देन मैदानमा उत्रिएका छन् । थापाले सोमबार राजधानीको भृकुटीमण्डपमा विशेष कार्यक्रम आयोजना...

काँग्रेस सहमहामन्त्रीमा दुई दर्जन आकांक्षी

२०७८ मंसिर १४ गते ७:२२

काठमाण्डु, १४ मंसिर–  नेपाली काँग्रेसको १४औं महाधिवेशन मिति नजिकिएसँगै नेताहरूले विभिन्न पदमा उम्मेदवारी घोषणा गर्न थालेका छन् । पार्टी सभापतिमा आधा दर्जनभन्दा बढी नेताले दाबी प्रस्तुत गरिरहेका छन् भने आठ सहमहामन्त्रीमा झन्डै दुई दर्जन आकांक्षी देखिएका छन्  यसअघि एक मात्र सहमहामन्त्री पद रहेको कांग्रेसमा...

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घट्यो

२०७८ मंसिर १३ गते ७:५७

काठमाण्डु, १३ मंसिर– अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घट्न थालेको छ । प्रतिब्यारेल १० डलर घटेको छ । नेपाल आयल  निगमका  अनुसार  करिब  एक  हप्ताअघि  प्रतिब्यारेल  ८२  डलर रहेको कच्चा तेलको मूल्य ७२ डलरमा झरेको छ । कोरोनाको   नयाँ   भेरियन्ट   ओमिक्रोनको...

प्रधानमन्त्री देउवा बंकरसहितको अत्याधुनिक भवनमा सर्दै

२०७८ मंसिर १३ गते ७:५४

काठमाण्डु, १३ मंसिर– प्रधानमन्त्री शेरबहादुर देउवा आवासका लागि बंकरसहितको अत्याधुनिक सरकारी भवनमा सर्दैछन् । उक्त भवन प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार परिसरभित्र छ । दुई वर्षअघि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्रीको आवास प्रयोजनका लागि उक्त भवन शिलान्यास गरेका थिए । विशेष भवन निर्माण आयोजनाका...

एमाले महाधिवेशनमा जाने भए प्रचण्ड

२०७८ मंसिर १० गते ७:४२

काठमाण्डु, १० मंसिर– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड एमालेको चितवनमा आज हुने एमाले १०औं महाधिवेशन उदघाटन समारोहमा सहभागी हुने भएका छन् । मध्यान्ह १२ बजे भरतपुरस्थित नारायणी नदी किनार मैदानमा एमाले अध्यक्ष केपी ओलीले महाधिवेशन उद्घाटन गर्ने कार्यक्रम छ । एमालेले महाधिवेशनको...

नेपाल विकासशील मुलुकमा स्तरोन्नति

२०७८ मंसिर १० गते ७:३३

काठमाण्डु, १० मंसिर– संयुक्त राष्ट्रसङ्घको महासभाले नेपाललाई विकासशील मुलुकमा स्तरोन्नति गर्न गरिएको प्रस्ताव पारित गरेको छ । बुधबार बसेको महासभाको ४० औँ पूर्ण बैठकले सन् २०२६ सम्ममा विकासशील मुलुकमा स्तरोन्नति गर्ने ऐतिहासिक प्रस्ताव सर्वसम्मत पारित गरेको अमेरिकास्थित नेपालको संयुक्त राष्ट्रसङ्घीय मिसनको कार्यालयले जनाएको छ...

एमाले विभाजित, तर केपी ओली शक्तिमान

२०७८ मंसिर १० गते ७:२८

काठमाण्डु, १० मंसिर– नेकपा विभाजन भयो । एमाले र माओवादी बने। एमाले फुट्यो । नयाँ दल नेकपा (समाजवादी) थपियो । झट्ट हेर्दा टुक्रिइँदै गएको कम्युनिस्ट शक्तिको प्रमुख दल एमालेको नेतृत्व गरेका केपी शर्मा ओली भने झन् ‘शक्तिशाली’ हुँदै गएका छन् । त्यही भएर हुन...

यसरी हुँदैछ आज एमाले महाधिवेशन उद्घाटन

२०७८ मंसिर १० गते ७:२५

काठमाण्डु, १० मंसिर– नेकपा एमालेको १०औं राष्ट्रिय महाधिवेशन आज चितवनमा सुरु हुँदैछ । महाधिवेशनका लागि पार्टी अध्यक्ष केपी शर्मा ओली शर्मासहित शीर्ष नेताकार्यकर्ता बिहीबार यहाँ आएका छन् । तुल, ब्यानर, झन्डाले चितवन एमालेमय बनेको छ । महाधिवेशन उद्घाटन स्थल सिँगारिएको छ । ध्वजापताका टाँगिएका...

एमालेमा सर्वसम्मत असम्भव, ओलीको समूहमा पर्न नेताहरूको लबिङ

२०७८ मंसिर १० गते ७:२२

काठमाण्डु, १० मंसिर– दसौँ महाधिवेशन स्थल चितवन आइपुगेका एमाले प्रतिनिधिहरूले केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गर्न थालेका छन् । आकांक्षीहरूले प्रदेश–प्रदेशका प्रतिनिधिमाझ केन्द्रीय सदस्यका लागि लबिङ गरिरहेका छन् । पदाधिकारीमा सर्वसम्मत गराउन प्रयास भइरहे पनि केन्द्रीय सदस्यमा भने त्यो प्रयास सफल नहुने देखिएको छ। महाधिवेशनले...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us