एमाले महाधिवेशनमा जाने भए प्रचण्ड

काठमाण्डु टुडे २०७८ मंसिर १० गते ७:४२ मा प्रकाशित

काठमाण्डु, १० मंसिर– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड एमालेको चितवनमा आज हुने एमाले १०औं महाधिवेशन उदघाटन समारोहमा सहभागी हुने भएका छन् ।

मध्यान्ह १२ बजे भरतपुरस्थित नारायणी नदी किनार मैदानमा एमाले अध्यक्ष केपी ओलीले महाधिवेशन उद्घाटन गर्ने कार्यक्रम छ । एमालेले महाधिवेशनको उदघाटनशत्रमा शुभकामनाका लागि प्रचण्डलाई निम्ता पठाएको थियो । उनको सचिवालयका एक सदस्यका अनुसार जाने कि नजाने भन्ने दोधारबीच प्रचण्डले एमाले महाधिवेशनमा जाने निधो गरेका हुन् ।

अदालतको आदेशमा तत्कालीन नेकपा विभाजित भएर एमाले–माओवादी केन्द्र ब्युँतिएपछि ओली र प्रचण्डबीच आज पहिलोपटक भेटघाट हुने भएको छ । त्यसयता दुई नेताले एकअर्काप्रति कटु कटाक्षा गर्दै आएका छन् । चितवनमा महाधिवेशन आयोजना गरेको विषयमा समेत दुई नेताबीच दोहोरी चल्दै आएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us