प्रहरीमा थपियो तीन पद

काठमाण्डु टुडे २०७८ मंसिर १५ गते ६:५२ मा प्रकाशित

काठमाण्डु, १५ मंसिर– सरकारले तल्लो दर्जाका प्रहरी कर्मचारीको वृत्तिविकास तथा मनोबल उच्च राख्न वरिष्ठ नायब निरीक्षक (बसई), वरिष्ठ हबल्दार (बह) र सहायक हबल्दार (सह) गरी तीन पद थप गर्ने निर्णय गरेको छ । सोमबार  बसेको  मन्त्रिपरिषद्को  बैठकले  सो  निर्णय  गरेको  हो  ।

प्रहरी  नियमावली  २०७१  संशोधनसहित  तीन  पद थप्ने निर्णय भएको छ । सो निर्णयसँगै प्रहरीमा वरिष्ठ सई, सई र असई गरी तीन पद रहने छन् । हाल सई र असई गरी दुई पद  रहेका  छन्  ।

त्यस्तै  हबल्दार  पदमा  पनि वरिष्ठ हबल्दार, हबल्दार र सहायक हबल्दार दर्जाको व्यवस्था गरिएको छ । प्रहरी  प्रवक्ता  वसन्तबहादुर  कुँवरका  अनुसार नयाँ थप गरिएका वरिष्ठ सईहरूको सेवा सुविधा प्रहरी निरीक्षकसरह हुनेछ । सई  पदमा  करिब  चार  हजार  पाँच  सय  जनशक्ति रहेको छ । गोरखापत्र दैनिकमा यो समचार छ । गोरखापत्रबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us